Translate

कालिन्चोक भगवतीको दर्शन गरी माघ २८ गते सोमबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

Sunday, February 10, 2019



राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :

गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :

भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :

मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :

बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :

तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :

गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :

बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):

मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :

धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

कालिन्चोक भगवतीको दर्शन गरी माघ २८ गते सोमबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं कालिन्चोक भगवतीको दर्शन गरी माघ २८ गते सोमबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं Reviewed by khagendra joshi on Sunday, February 10, 2019 Rating: 5

डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी

Thursday, January 24, 2019

११ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै विवेकशील नेपाली दलका नेताहरुले शुक्रबार सामूहिक गिरफ्तारी दिएका छन् । नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा लगी राखेको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
गिरफ्तारी दिनेमा  विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना रहेका छन् ।
डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी Reviewed by khagendra joshi on Thursday, January 24, 2019 Rating: 5

अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र

Thursday, January 24, 2019

काठमाडौँ, १० माघ । आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा. केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’

आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्झिएका छन् ।

यस्तो छ उनको पत्र :

माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू,
१६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु। यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु। त्यसपश्चात वितेका झण्डै ७ बर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने विचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन। यस विचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल वा कुनै संस्थाका प्रति नत कहिल्यै रुझान रह्यो न आग्रह नै। सर्बसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य मेरो सरोकारको विषय हो।

सवैखाले सत्ता, शक्ति र आरोपहरूका विचमा मैले गरेको प्रयास केवल पद्दती बसाल्नका निम्ति थियो, छ र रहनेछ। मेरो विश्वास हो, चिकित्सा शिक्षा ठिक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठिक बनाउन सक्दैनौं। आफ्नो नजिकमा गुणस्तरीय र सुलभ स्वास्थ्यको अभावका कारण छटपटिएका दुरदराजका आम नेपाली हुन वा आफ्नो योग्यता भएर पनि पैसा अभावका कारण चिकित्सा शिक्षा लिन नपाएर प्रताडित विद्यार्थीहरू हुन, तीनको मलिन अनुहारसंग पटक पटक ठोकिएका हामीहरूले एक पटक आफैलाई प्रश्न गरौं के नेपालको चिकित्सा शिक्षा ठिक नभइकन तिनीहरू स्वस्थ रहन सक्लान? अनि तिनीहरूको अनुहारमा खुशी आउन सक्ला ? सक्दैन ।

चिकित्सा शिक्षालाई ठिक बनाउने क्रममा पटक पटकको संघर्षका कारण केहि सुधारका संकेतहरू देखिन थालेका छन। आज प्रवेश परिक्षा समेत पास नभइ विदेशमा पढ्न जाने हजारौं विद्यार्थीहरू रोकिएका छन। जथाभावी रुपमा हुने सिट र शुल्क निर्धारण केहि व्यवस्थित हुन थालेको छ। मापदण्ड नपुगेका कलेजलाई जथाभावि सम्बन्धन दिने क्रममा आंशिक विराम लागेको छ। सुधारका पक्षधर हामी सवैको प्रयासले भएका यी सुधारका संकेतलाई संस्थागत गर्न यस क्षेत्रमा वलियो कानूनी प्रबन्ध आवश्यक छ। त्यसै क्रममा चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रुपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको छ। चिकित्सा शिक्षा क्षेत्रका कहलिएका विज्ञहरू सम्मिलित कार्यदलले सुझाव दिए बमोजिमको कानून निर्माण गरौं र यस क्षेत्रको वेथितिको अन्त्य गरौं भनेर हामीले २०७२ सालदेखि नै निरन्तर संघर्ष गरिरहेका छौं। आजको संघर्ष पनि त्यहि हो।

यस अघि नेपाल सरकारले नै जारी गरेको र यस सम्मानित सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा नेपाल सरकारले गरेको सम्झौता अनुरुपको विधेयक संसदमा पेश हुन्छ भन्ने मेरो आशा थियो तर त्यस अनुरुप हुन सकेन, जुन दुस्खद छ। यतिबेला मैले जनताका प्रनितिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ। मलाई आशा छ, समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधीमुलक संस्थाले निर्णय गर्ने छैन। जहाँसम्म सम्बन्धनको विषय छ, धेरै पहिला देखि नै त्रिवि र काठमाडौं विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने वताइसकेको छ।

माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँच भन्दा वढि सम्बन्धन धान्न नसक्ने सुझाव दिइसकेका छन। यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसंग समेत प्रत्यक्ष जोडिएको विषय हो त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो। जहाँसम्म काठमाडौं उपत्यका वाहिर खोल्ने विषय छ, सरकारले ५ बर्ष्भित्र प्रत्येक प्रदेशमा कम्तिमा एक मेडिकल कलेज खोल्नुपर्छ र नीजिको हकमा पनि आयोगले अध्ययन गरि विभिन्न विकल्पहरू सहित आवश्यक निर्णय गर्न सक्छ नै। म त सधै दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकै छु।

माननीयज्यूहरू,

म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो। आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा.विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फवाट गरेको सम्झौता, सम्माननीय प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षवाट मा. देव गुरुङले सम्झौता बमोजिम राखेको संसोधन प्रस्तावलाई अक्षरस सम्झिरहेको छु। १५ वटा अनसनसम्म आइपुग्दा सवैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गर्नुभएको छ। सम्झौता गरेका वा साक्षी बसेका सवैजसो दलवाट आज तपाईहरू संसदमा हुनुहुन्छ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
एउटा नागरिकको रुपमा मैले नेपाल सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका ति बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिन। झन तपाई सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला। यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहनेछैन। यतिवेला तपाईहरूको हातमा चिकित्सा शिक्षा विधेयक आएको छ जसमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएका छन।

यो वेलामा तपाईले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो। त्यसैले मेरो विश्वास छ-तपाईले निर्णय गर्दैगर्दा कम्तिमा पनि तपाईलाई मत दिएर पठाएका जनतासंग गरेको वाचा सम्झिनुहुनेछ र संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ। अन्त्यमा, नेपाल सरकारले पछिल्लो पटक १५औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभावाट पारित हुनेछ भन्ने आशा र विश्वास सहित !

प्रा.डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र Reviewed by khagendra joshi on Thursday, January 24, 2019 Rating: 5

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

Monday, January 21, 2019

काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् । 
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’
उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।
रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।
रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह Reviewed by khagendra joshi on Monday, January 21, 2019 Rating: 5

सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ!

Sunday, January 20, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।
सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ! सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ! Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी

Sunday, January 20, 2019

६ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले बेइमानी गरेको बताए ।
प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिएको दाबी उनको दाबी छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गरे तुरुन्तै अनसन तोड्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै

Sunday, January 20, 2019

काठमाडौँ, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभयो ।

स्वस्थानीको महिमा

यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएको थियो ।
यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस

Sunday, January 20, 2019
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक भएको छ ।हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बिस्तृत समयतालिका तल दिइएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस्

Saturday, January 19, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।
पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस् पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस् Reviewed by khagendra joshi on Saturday, January 19, 2019 Rating: 5

दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !

Saturday, January 19, 2019

झापा । यहाँको अर्जुनधारा नगरपालिका- १० सिमलचोकमा एक ब्यक्तिले दुई महिलामाथि खुकुरी प्रहार गरी घाईते बनाएर आफैले आत्महत्या गरेका छन् ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
स्थानीय ४० वर्षीय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछि सोही खुकुरीले रेटिएर आत्महत्या गरेका हुन् ।

शनिबार बिहान ५ बजे छिमेकी जमुना ओझा र बिना भारती सुतिरहेको अवस्थामा खुकुरीसहित ओझाको घरमा पुगेका ४० वर्षीय षडानन्द पौडेलले ओझाले ढोका खोल्नासाथै अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

पौडेलले खुकुरी प्रहार गरेपछि २४ बर्षीया जमुना ओझा र उनीसँगै सुतेकी छिमेकी बिना भारती गम्भीर घाइते भएका छन् । घाईते ओझा र भारतीको चिन्ताजनक अवस्थामा झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको झापाका डि.एस.पी . महेन्द्र श्रेष्ठले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा पौडेलले आवेशमा आई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या गरेको हुन सक्ने र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या ! दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या ! Reviewed by khagendra joshi on Saturday, January 19, 2019 Rating: 5
Powered by Blogger.