डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी

Thursday, January 24, 2019

११ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै विवेकशील नेपाली दलका नेताहरुले शुक्रबार सामूहिक गिरफ्तारी दिएका छन् । नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा लगी राखेको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
गिरफ्तारी दिनेमा  विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना रहेका छन् ।
डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी डा. केसीको पक्षमा विवेकशील नेपालीले दियो सामूहिक गिरफ्तारी Reviewed by khagendra joshi on Thursday, January 24, 2019 Rating: 5

अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र

Thursday, January 24, 2019

काठमाडौँ, १० माघ । आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् ।

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा. केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’

आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्झिएका छन् ।

यस्तो छ उनको पत्र :

माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू,
१६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु। यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु। त्यसपश्चात वितेका झण्डै ७ बर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने विचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन। यस विचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल वा कुनै संस्थाका प्रति नत कहिल्यै रुझान रह्यो न आग्रह नै। सर्बसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य मेरो सरोकारको विषय हो।

सवैखाले सत्ता, शक्ति र आरोपहरूका विचमा मैले गरेको प्रयास केवल पद्दती बसाल्नका निम्ति थियो, छ र रहनेछ। मेरो विश्वास हो, चिकित्सा शिक्षा ठिक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठिक बनाउन सक्दैनौं। आफ्नो नजिकमा गुणस्तरीय र सुलभ स्वास्थ्यको अभावका कारण छटपटिएका दुरदराजका आम नेपाली हुन वा आफ्नो योग्यता भएर पनि पैसा अभावका कारण चिकित्सा शिक्षा लिन नपाएर प्रताडित विद्यार्थीहरू हुन, तीनको मलिन अनुहारसंग पटक पटक ठोकिएका हामीहरूले एक पटक आफैलाई प्रश्न गरौं के नेपालको चिकित्सा शिक्षा ठिक नभइकन तिनीहरू स्वस्थ रहन सक्लान? अनि तिनीहरूको अनुहारमा खुशी आउन सक्ला ? सक्दैन ।

चिकित्सा शिक्षालाई ठिक बनाउने क्रममा पटक पटकको संघर्षका कारण केहि सुधारका संकेतहरू देखिन थालेका छन। आज प्रवेश परिक्षा समेत पास नभइ विदेशमा पढ्न जाने हजारौं विद्यार्थीहरू रोकिएका छन। जथाभावी रुपमा हुने सिट र शुल्क निर्धारण केहि व्यवस्थित हुन थालेको छ। मापदण्ड नपुगेका कलेजलाई जथाभावि सम्बन्धन दिने क्रममा आंशिक विराम लागेको छ। सुधारका पक्षधर हामी सवैको प्रयासले भएका यी सुधारका संकेतलाई संस्थागत गर्न यस क्षेत्रमा वलियो कानूनी प्रबन्ध आवश्यक छ। त्यसै क्रममा चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रुपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको छ। चिकित्सा शिक्षा क्षेत्रका कहलिएका विज्ञहरू सम्मिलित कार्यदलले सुझाव दिए बमोजिमको कानून निर्माण गरौं र यस क्षेत्रको वेथितिको अन्त्य गरौं भनेर हामीले २०७२ सालदेखि नै निरन्तर संघर्ष गरिरहेका छौं। आजको संघर्ष पनि त्यहि हो।

यस अघि नेपाल सरकारले नै जारी गरेको र यस सम्मानित सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा नेपाल सरकारले गरेको सम्झौता अनुरुपको विधेयक संसदमा पेश हुन्छ भन्ने मेरो आशा थियो तर त्यस अनुरुप हुन सकेन, जुन दुस्खद छ। यतिबेला मैले जनताका प्रनितिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ। मलाई आशा छ, समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधीमुलक संस्थाले निर्णय गर्ने छैन। जहाँसम्म सम्बन्धनको विषय छ, धेरै पहिला देखि नै त्रिवि र काठमाडौं विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने वताइसकेको छ।

माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँच भन्दा वढि सम्बन्धन धान्न नसक्ने सुझाव दिइसकेका छन। यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसंग समेत प्रत्यक्ष जोडिएको विषय हो त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो। जहाँसम्म काठमाडौं उपत्यका वाहिर खोल्ने विषय छ, सरकारले ५ बर्ष्भित्र प्रत्येक प्रदेशमा कम्तिमा एक मेडिकल कलेज खोल्नुपर्छ र नीजिको हकमा पनि आयोगले अध्ययन गरि विभिन्न विकल्पहरू सहित आवश्यक निर्णय गर्न सक्छ नै। म त सधै दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकै छु।

माननीयज्यूहरू,

म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो। आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा.विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फवाट गरेको सम्झौता, सम्माननीय प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षवाट मा. देव गुरुङले सम्झौता बमोजिम राखेको संसोधन प्रस्तावलाई अक्षरस सम्झिरहेको छु। १५ वटा अनसनसम्म आइपुग्दा सवैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गर्नुभएको छ। सम्झौता गरेका वा साक्षी बसेका सवैजसो दलवाट आज तपाईहरू संसदमा हुनुहुन्छ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
एउटा नागरिकको रुपमा मैले नेपाल सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका ति बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिन। झन तपाई सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला। यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहनेछैन। यतिवेला तपाईहरूको हातमा चिकित्सा शिक्षा विधेयक आएको छ जसमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएका छन।

यो वेलामा तपाईले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो। त्यसैले मेरो विश्वास छ-तपाईले निर्णय गर्दैगर्दा कम्तिमा पनि तपाईलाई मत दिएर पठाएका जनतासंग गरेको वाचा सम्झिनुहुनेछ र संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ। अन्त्यमा, नेपाल सरकारले पछिल्लो पटक १५औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभावाट पारित हुनेछ भन्ने आशा र विश्वास सहित !

प्रा.डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई लेखे यस्तो पत्र Reviewed by khagendra joshi on Thursday, January 24, 2019 Rating: 5

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

Monday, January 21, 2019

काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् । 
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’
उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।
रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।
रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह Reviewed by khagendra joshi on Monday, January 21, 2019 Rating: 5

सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ!

Sunday, January 20, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ ।
सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ! सोमबारको दिन भगवान श्री पशुपतिनाथको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ७ गते सोमबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ! Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी

Sunday, January 20, 2019

६ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सहमति कार्यान्वयन नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको आरोप लगाएका छन् ।

आइतबार त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षबाट वार्डमा सरे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै डाक्टर केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री ओलीले बेइमानी गरेको बताए ।
प्रधानमन्त्रीले आफूलाई मात्रै नभई ३ करोड नेपालीलाई धोका दिएको दाबी उनको दाबी छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
सरकारले आफुसँग गरेको सम्झौता कार्यान्वयन गरे तुरुन्तै अनसन तोड्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी प्रधानमन्त्री ओलीले बेइमानी गरे : गोविन्द केसी Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै

Sunday, January 20, 2019

काठमाडौँ, ६ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन सोमबार बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभयो ।

स्वस्थानीको महिमा

यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महीनासम्म दैनिक घुइँचो लाग्छ । मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटृै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्न् । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएको थियो ।
यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै यसवर्षको स्वस्थानी व्रतकथा सोमबारदेखि आरम्भ हुँदै Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस

Sunday, January 20, 2019
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक भएको छ ।हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बिस्तृत समयतालिका तल दिइएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक : सबैको जानकारीको लागी शेयर गर्नुहोस Reviewed by khagendra joshi on Sunday, January 20, 2019 Rating: 5

पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस्

Saturday, January 19, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।
पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस् पाथीभरा मातालाई दर्शन गरी आज माघ ०६ गते आईतबारको पूरा राशिफल हेर्नुहोस् Reviewed by khagendra joshi on Saturday, January 19, 2019 Rating: 5

दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !

Saturday, January 19, 2019

झापा । यहाँको अर्जुनधारा नगरपालिका- १० सिमलचोकमा एक ब्यक्तिले दुई महिलामाथि खुकुरी प्रहार गरी घाईते बनाएर आफैले आत्महत्या गरेका छन् ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
स्थानीय ४० वर्षीय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछि सोही खुकुरीले रेटिएर आत्महत्या गरेका हुन् ।

शनिबार बिहान ५ बजे छिमेकी जमुना ओझा र बिना भारती सुतिरहेको अवस्थामा खुकुरीसहित ओझाको घरमा पुगेका ४० वर्षीय षडानन्द पौडेलले ओझाले ढोका खोल्नासाथै अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

पौडेलले खुकुरी प्रहार गरेपछि २४ बर्षीया जमुना ओझा र उनीसँगै सुतेकी छिमेकी बिना भारती गम्भीर घाइते भएका छन् । घाईते ओझा र भारतीको चिन्ताजनक अवस्थामा झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको झापाका डि.एस.पी . महेन्द्र श्रेष्ठले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा पौडेलले आवेशमा आई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या गरेको हुन सक्ने र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या ! दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या ! Reviewed by khagendra joshi on Saturday, January 19, 2019 Rating: 5

कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी

Friday, January 18, 2019

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । सूचनामा उल्लेख गरिए अनुसार २०७५/७६ को बार्षिक कार्यतालिका अनुसार २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी हुने बिद्यार्थीले यहि माघ ३० गतेसम्म तोकिएको शुल्क सहित फारम भरेर बुझाउन अनुरोध गरिएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२



कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी कक्षा ११ र १२ को परीक्षा सम्बन्धि यस्तो जानकारी Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

अब सरकारी जनप्रतिनिधि एवं कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने

Friday, January 18, 2019

काठमाडौं ।उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारी कोषबाट तलब सुविधा लिनेका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।

के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ सरकारी सेवासुविधा लिने जनप्रतिनिधि, कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था सम्बन्धी कानुनी व्यवस्था गर्न आयोगले जोड दिएको छ ।
सार्वजनिक शिक्षा सुधार गर्न निजी विद्यालयलाई सेवामूलक संस्था बनाउने प्रस्ताव गरेको छ। नीति–निर्माताका सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरे मात्र सबैको ध्यान सार्वजनिक शिक्षामा जाने र त्यसमा सुधार आउने आयोगका सदस्यको दाबी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसकेको छ।
अब सरकारी जनप्रतिनिधि एवं कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने अब सरकारी जनप्रतिनिधि एवं कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस्

Friday, January 18, 2019

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएकाे छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मान गरेको हो ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नुभएकाे थियाे । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल हुनुभएको छ ।

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गर्नुभएको छ । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उहाँकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेको जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताउनुभयो । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा सुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउनुभयो ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।
देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस् देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस् Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने

Friday, January 18, 2019

 नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा व्यस्त छन् । सन्दीप आबद्ध सिल्हेट सिक्सर्सले ६ खेलमा २ जित मात्र निकालेको छ । शुक्रबार ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भएपछि सिल्हेटको प्ले अफ सम्भावना कमजोर बनेको छ । सन्दीपले ६ खेलमा ४ विकेट हात पार्दै बिपिएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेका छन् । सन्दीपले उत्कृष्ट डेब्यु गरे पनि बीचमा दुई खेलमा विकेट लिन सकेनन् । जसका कारण एक खेल नखेलेका उनले पछिल्ला दुई खेलमा पुनः आफ्नो ‘ट्रयाक’ पकड्न सफल भए । उनको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट वेभ पोर्टल ‘क्रिजबज’ ले सन्दीपसँग कुराकानी गरेको थियो । उनीसँगको कुराकानीको सारसंक्षेप यस्तो छ :
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
अस्ट्रेलियामा खेल्न गाह्रो – अस्ट्रेलियामा जानुअघि एसियन र इंग्लिस कन्डिसनमा क्रिकेट खेल्ने अवसर पाएँ । तर, अस्ट्रेलियाको अनुभव बिलकुलै फरक छ । विश्वको चर्चित लिग बिगबासमा खेल्ने मेरो चाहना थियो । यतिवेला मेरो सपना भनौँ वा चाहना त्यो पूरा भयो । एक क्रिकेटरको नाताले धेरै लिग पनि खेलें । अस्ट्रेलियामा चलिरहेको लिग र अन्य मुलुकमा चलिरहेका लिगमा बलिङ गर्नु धेरै फरक छ । अस्ट्रेलियन पिचमा ब्याट्सम्यानले तपार्इंको प्रत्येक बलमा छक्का प्रहार गर्न अग्रसर भइरहेका हुन्छन् । त्यहाँको पिचमा बल मुस्किलले टर्न हुन्छ । तर, एसियन कन्डिसनमा बलिङ गर्नु धेरै सजिलो छ । यहाँका पिचमा सहजै बल टर्निङ हुन्छ ।

बिपिएलसँग पहिले नै सम्झौता – बिगबासमा मेलवर्न स्टार्सबाट प्रतिस्पर्धा गर्नुअघि नै मैले बंगलादेशको बंगलादेश प्रिमियर लिगमा सम्झौता गरिसकेको थिएँ । यो १०–११ महिनाअघिको कुरा थियो । यस सम्बन्धमा मैले बिगबासलाई अगाडि नै जानकारी गराएको थिएँ । यसैकारण म बिगबास छाडी अहिले बिपिएलमा खेलिरहेको हुँ । मैले बिपिएलमा कति दिन खेल्ने भन्ने स्पष्ट पारेको छु । ढाकामा खेल्न पाउनुको पछाडि सिल्हेट सिक्सर्सका कार्यकारी प्रमुख यासिर आबैदले धेरै सहयोग गर्नुभएको छ । उनकै कारण आज म बिपिएलको एक हिस्सा बन्न पाएँ । यतिवेला मेरो दिमागमा केबल बिपिएल मात्र छ । बिगबास अहिले मेरो मनमा छैन ।

क्लार्कको पत्र देख्दा ‘सक’ – अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कसँग मेरो पहिलो भेट हङकङ टी–२० ब्लिजमा भएको थियो । हङकङमै रहेका क्लार्कले नेपालबाट आएका एक फुच्चे केटोको निकै राम्रो छ भन्ने सुनेका रहेछन् । उससँग केही पनि छैन तर निकै रामो खेल्छ भन्ने उनलाई बताइएको थियो । सम्भवतः क्लार्क टी–२० ब्लिजमा मेरो प्रदर्शनबाट प्रभावित भएको हुनुपर्छ । त्यसैकारण उनले मलाई अस्ट्रेलिया खेल्न र प्रशिक्षण गर्न बोलाउनुभयो । एक सामान्य नेपाली केटो जोसँग न त स्पोनसरसिप नै थियो न कि पैसा नै । तर, क्लार्कले अस्ट्रेलिया भ्रमणको सबै जिम्मेवारी लिनुभयो । अस्ट्रेलियामा खेल्नु मेरो सपना पनि थियो । त्यसभन्दा पनि क्लार्कले मलाई अस्ट्रेलियामा आउन पठाएको पत्र देख्दा म स्तब्ध ‘सक’ भएँ । यो सत्य कुरा हो । ‘मलाई माइकल क्लार्कले खेल्न बोलाएको रहेछ ?’ पत्र हेर्दै यो शब्द निस्किएको थियो ।

आइपिएलमा नेपालको नाम – इन्डियन प्रिमियर लिग (आइपिएल) जस्तो प्लेटफर्ममा अवसर पाउनु चानचुने होइन । यहाँ धेरैले खेल्ने सपना देखेका छन् । कमैका मात्र आइपिएल खेल्ने सपना पूरा हुन्छन् । एक नेपाली र क्रिकेटरका नाताले म आफूलाई भाग्यमानी ठान्छु । किनभने, मैले सानो उमेरमा नै आइपिएलमा खेल्ने अवसर पाएँ । आइपिएलअघि मैले कुनै पनि अन्तर्राष्ट्रिय फ्रेन्चाइज बेसमा हुने टी–२० लिग खेलेको थिइनँ । त्यो नै मेरो पहिलो अन्तर्राष्ट्रिय टी–२० लिग थियो । त्यहाँ मैले नेपालको नाम राख्न सफल भएँ । अन्तिम तीन खेलमा मौका पाएँ । त्यो मौकालाई खेर फाल्न दिइनँ । यसपटक दिल्ली क्यापिटलले राम्रो टिम बनाएको छ । पुनः एकपटक दिल्लीसँग सम्झौता गर्न पाउँदा म ज्यादै खुसी छु । आइपिएलको रमाइलो पक्ष भनेको म नियमित रूपमा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसँग ‘टच’ मा रहिरहें । फेरि म एक भोकाएको क्रिकेटर हुँ । जो बलर दैनिक केही न केही सिक्न चाहन्थेँ । मैले पूरै सिजनमा प्रशिक्षक पोन्टिङसँग विभिन्न पक्षमा सुझाब लिएँ ।

समयअनुसार खेल ढाँचा – सम्भतः रसिद खानले अहिलेको जेनेरेसनलाई प्रभाव पार्नुभएको छ । यसलाई कसैले पनि नकार्न सकिन्न । वर्तमान समयमा उहाँले स्पिन बलिङमा धेरै प्रभाव पार्नुभएको छ । तर, मेरो व्यक्तिगत धारणा मान्ने हो भने पहिला र अहिले क्रिकेट खेल्ने शैली पनि परिवर्तन भएको देख्छु । सन् २००३ र २०१९ को जेनेरेसनका क्रिकेटर नै फरक छन् । त्यसवेला थोरै ब्याट्सम्यानले मात्र स्विप सर्ट प्रहार गर्न सक्थे । त्यसैकारण त्यो जमानामा एक स्पिन बलरले बललाई चारैतिर बल फ्याक्न सके । अहिले त्यस्तो छैन । वर्तमान समयमा त सबै ब्याट्सम्यान खाली स्विप प्रहार गर्न मात्र खोज्छन् । यसैकारण सन् २०१९ को जेनेरेसनमा चाहे त्यो फास्ट वा स्पिनर नै नहोस्, उसले प्रत्येक बल फ्याँक्दा धेरै मिहिनेत गर्नुपर्छ । यी पक्ष बाबजुत रसिद खानले लेग स्पिनमा एक किसिमको परिवर्तन नै ल्याउनुभयो ।

बलिङमा भेराइटिज – सुरुका दिनमा मैले मध्यम र ढिलो बलिङ गरेको थिएँ । अहिले मेरो बलिङ शैलीमा परिवर्तन आएको छ । यदि, तपाईंले मैले दुई वर्षअघि र अहिले बलिङ गरेको भिडियो हेर्नुभयो भने त्यसमा परिवर्तन भएको देख्न सक्नुहुन्छ । मेरो बलिङको विशेषता भनेको प्रत्येक बल फरक किसिमले फ्याँक्न सक्छु । आवश्यकताअनुसार म कहिले स्पिड बल गर्छु भने कहिलेकाहीँ स्लो बल फ्क्याँक्छु । र, बलिङ गर्दा विपक्षी ब्याट्सम्यान कुन रूपमा प्रस्तुत भइरहेका छन्, त्यसअनुसार पनि बलिङ गर्नुपर्छ । ब्याट्सम्यानलाई दबाबमा राख्ने हो भने हामीले सही लाइनमा बलिङ गर्नुपर्छ । एक बलरले सही लाइनमा बल फ्याँक्दा फाइदा नै हुन्छ ।

ब्याट्सम्यानलाई आउट पार्न लेग स्पिन – सुरुका दिन मैले दाजुभाइ र साथीहरूसँगै क्रिकेट खेलेँ । त्यसवेला मध्यमगति र अफस्पिन बलिङ गरेँ । हाम्रो लक्ष्य नै जसरी पनि ब्याट्सम्यानलाई आउट पार्ने हो । जसो जसो बलिङ गर्न आउँथ्यो, त्यसो त्यसो गरी नै बलिङ गरेँ । तर, ब्याट्सम्यानलाई आउट पार्न निकै मुस्किल पथ्र्यो । यसैकारण मैले ब्याट्सम्यनलाई कसरी छिटो आउट पार्न सकिन्छ भनी सोच्न थालेँ । फलस्वरूप मैले लेग स्पिन सुरु गरेँ । लेग स्पिन बलिङ नीति अपनाए पनि सहजै ब्याट्सम्यान आउट हुन थाले । सानो छँदा घरमा टिभी थिएन । कहिलेकाहीँ रेडियो कमेन्ट्री सुन्थेँ । पछि घरमा टेलिभिजन आयो । अनि मात्र मैले अस्ट्रेलियन महान् बलर सेन वार्नको बलिङ गरेको शैली हेर्न पाएँ । बिस्तारै वार्नले बलिङ गरेको शैली पछ्याउँदै गएँ । नयाँ पत्रिकामा खबर छ ।

घरेलु क्रिकेट सुधार्नुपर्छ – यो दुर्भाग्य नै भन्नुपर्छ । मैले अन्तर्राष्ट्रिय लेबलमा क्रिकेट खेल्न थालेदेखि नै नेपालमा क्रिकेट संघ प्रतिबन्धमा छ । आइसिसीले नेपाल क्रिकेट संघलाई किन प्रतिबन्ध ग-यो त्यसवेला मलाई त्यति धेरै जानकारी छैन । जबसम्म घरेलु क्रिकेटको विकास हुन सक्दैन, नेपालको क्रिकेट पनि माथि उठ्न सक्दैन । घरेलु क्रिकेट मजबुत बनाउन संघ नै चाहिन्छ । हामीले आशा गर्नुपर्छ, नेपालमा भइरहेका समस्या अब छिट्टै समाधान हुनेछ । यसबीच नेपालमा विभिन्न टी–२० लिग हुने गरेका छन् । यसैबाट हामीको क्रिकेट धानेको छ ।
अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट

Friday, January 18, 2019

काठमाडौ । अदुवा हामी सबैको भान्सामा हुन्छ । यसलाई तरकारी पकाउदा मिलाएर खाने गरेको पाइन्छ । तर यसको खाने तरिका र नियमित सेवन गर्न सके यो जीवन बुटी समान हुनेछ । अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।
अदुवाको सेवनबाट हामीलाई पुग्ने फाइदहाहरु यस्ता छन् :

के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ यसले हाम्रो पाचन पक्रियालाई बलियो बनाउन मद्धत गर्छ । जसले गर्दा हामीलाई खाना पचाउन मद्धत पुग्छ ।
हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ । जसले गर्दा हाम्रो मोटोपना हराउँछ र हाम्रो तौल नियन्त्रित रुपमा रहन्छ ।
अदुवाको रस पिउनाले हाम्रो रगत सधैं सफा रहने गर्छ ।
अदुवा पानि पिउने गरेमा हाम्रो शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहने गर्छ । यसले गर्दा हामीलाई मधुमेह हुने सम्भावना निकै कम हुने गर्छ ।
अदुवाको सेवनले हामीलाई फोक्शो , कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
हरेक दिन अदुवा चपाउने गरेमा हामीलाई रुघाखोकी हुने सम्भावना निकै कम हुन्छ ।
अनुहारमा आउने पिम्पल्स र दाग हटाउन चाहानु हुन्छ भने हरेक दिन अदुवा खाने गर्नुहोस यसले तपाईलाई फाइदा पुर्याउँछ ।
यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई स्वास्थ्य राख्छ र गिजामा घाउ पनि आउन दिदैन ।
तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ०५ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा

Friday, January 18, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ०५ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ०५ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा

Friday, January 18, 2019







भारत - दिल्लीको शकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा एकाएक बन्दुक पड्केको आवाज आयो र भागदौड मच्चियो । 
वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेकाे बेला नचिनेका मान्छेहरुङ्काे एउटा समूहले बेहुलीमाथि गोली चलाएर त्यहाँबाट फरार भयो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।
भारतकाे मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीबार राति शकरपुरको एउटा पुरानाे शिव मन्दिर धर्मशालामा भइरहेको थियो । 
बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । 
त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिए । 
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२

दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे बताएकाे छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो ।
प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनकाे धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । 
बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

सबै प्रदेशका लागि ७५३ जना अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो

Thursday, January 17, 2019

काठमाडौँ । करार नियुक्तिका लागी ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटाका लागि आवेदन खुलाइएको हो।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
२१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिले शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन सकिने छ । आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ।

सरकारले संविधानप्रद युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालेको हो।

प्रदेश अनुसार यसरी छुट्याइएको छ कोटा :

प्रदेश १- १३० जना अधिकृत र सात जना सुब्बा

प्रदेश २- १३६ अधिकृत

प्रदेश ३- ११२ जना अधिकृत ७ जना नायब सुब्बा

गण्डकी प्रदेश- ७४ जना अधिकृत र ११ जना नायब सुब्बा

प्रदेश ५- १०९ जना अधिकृत

कर्णाली प्रदेश- ६२ जना अधिकृत र १७ जना नायव सुब्बा

सुदूरपश्‍चिम प्रदेश- ८२ जना अधिकृत र ६ जना नायव सुब्बा
सबै प्रदेशका लागि ७५३ जना अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो सबै प्रदेशका लागि ७५३ जना अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा

Thursday, January 17, 2019

काठमाडौं, माघ ४ ।  नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।
इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन्। नेपालले ५ रन अतिरिक्त दिएको थियो। ४ इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए। इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गरिन्।
३ ओभर बलिङ गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले ३ विकेट लिइन्। यस्तै सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो।
नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन्। ६२ बल खेलेकी उनले १ चौका प्रहार गरेकी थिइन्। यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरेकी थिइन्।
ओपनर काजोल श्रेष्ठले १४ रन बनाउँदा नेरी थापा ५ रना आउट भइन्। कप्तान रूविनाले २ रन बनाइन्। यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो।
यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन। सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।
यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो। समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।
यो ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।
इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै नेपाल फाइनलमा Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं

Thursday, January 17, 2019

एजेन्सी, यो अति जरुरी जानकारी सबैमा सेयर गरौँ । हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।
छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।
सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।
हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन्

Thursday, January 17, 2019








एजेन्सी । अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् । अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता(कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।कलेजो रोग : अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।
Pic

चिनिरोग (मधुमेह) : अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ । प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ । धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ । तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।

कलेजो रोग : अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।

शल्यक्रिया अघि र पछि : कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ । प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ । त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ । तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।


अन्डा खानुका अन्य फाइदा :
  • गर्भवती अवस्थामा अन्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ ।
  • अन्डामा पाइने फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ ।
  • अन्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।
  • अन्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो ।
  • अन्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ ।
  • अन्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।
  • अन्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।
अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा

Thursday, January 17, 2019

३ माघ,काठमाडौं । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामूहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।
कारबाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।
पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्वोच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसका साथै पेशी व्यवस्थामा समेत समस्या देखिएको न्यायिक निगरानी संयन्त्रले प्रधान न्यायाधीश राणासमक्ष सिफारिस गरेको स्रोतले जनाएको छ । यसअघि ललितपुर जिल्लाका एक न्यायाधीश पनि कारवाहीस्वरुप न्यायपरिषदमा तानिएका थिए ।
न्याय सम्पादन प्रक्रियामा बदनियत देखिएपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई न्यायपरिषद सचिवलायमा तानिएको थियो । न्यायाधीश आत्रेयले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अबैध असुली गरेको भन्दै सरकारले कारवाही गरेका संस्थालाई सफाइ दिएपछि उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो ।
प्रधानन्यायाधीशको कार्यभार सम्हाले लगत्तै राणाले न्यायाधीश उपर आउने गुनासा,टिका टिप्पणी सम्बन्धमा तत्काल सम्बोधन गर्ने गरि न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए ।
३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा ३३ किलो सुनकाण्डका अभियुक्तलाई छाड्ने ५ न्यायाधीश ‘कारबाही’मा Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ४ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !!

Thursday, January 17, 2019

शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ४ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !!
२०७५ माघ ४ गते शुक्रबार कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
२०७५ माघ ४ गते शुक्रबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मनमा उमङ्ग र उत्साह देखिने छ । तर प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा असमझदारी बढ्ने छ । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ४ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !! शुक्रबारको दिनमा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७५ माघ ४ गते शुक्रबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई !! Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5
Powered by Blogger.