रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह


काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् । 
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’
उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।
रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।
रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह Reviewed by khagendra joshi on Monday, January 21, 2019 Rating: 5

No comments:

Powered by Blogger.