झापा । यहाँको अर्जुनधारा नगरपालिका- १० सिमलचोकमा एक ब्यक्तिले दुई महिलामाथि खुकुरी प्रहार गरी घाईते बनाएर आफैले आत्महत्या गरेका छन् ।
स्थानीय ४० वर्षीय खडानन्द पौडेललले दुई महिलामाथि खुकुरी प्रहार गरेपछि सोही खुकुरीले रेटिएर आत्महत्या गरेका हुन् ।
शनिबार बिहान ५ बजे छिमेकी जमुना ओझा र बिना भारती सुतिरहेको अवस्थामा खुकुरीसहित ओझाको घरमा पुगेका ४० वर्षीय षडानन्द पौडेलले ओझाले ढोका खोल्नासाथै अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।
पौडेलले खुकुरी प्रहार गरेपछि २४ बर्षीया जमुना ओझा र उनीसँगै सुतेकी छिमेकी बिना भारती गम्भीर घाइते भएका छन् । घाईते ओझा र भारतीको चिन्ताजनक अवस्थामा झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको झापाका डि.एस.पी . महेन्द्र श्रेष्ठले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा पौडेलले आवेशमा आई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या गरेको हुन सक्ने र त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !
Reviewed by khagendra joshi
on
Saturday, January 19, 2019
Rating:

Online Casino Site | Review & Bonus | ChoeoCasino
ReplyDeleteChoeoCasino.com 카지노 provides you with the best online casino games with the 샌즈카지노 highest standard of 바카라 사이트 entertainment, casino games, and free slots for you to enjoy!