भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ?

Friday, August 31, 2018

भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ?

काठमाडौं, १६ भदौ । महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको छ ।
महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपालबाट भारतीय माओवादीलाई हतियार आउने गरेको बताएका हुन् ।
‘भारतीय माओवादीहरूलाई नेपालबाट हतियार सप्लाइ हुने गरेको छ’, उनले भनेका छन्, ‘जम्मुकाश्मीरका पृथकतावादीहरूले पनि हतियार उपलब्ध गराउँदै आएका छन् ।’
भारतीय माओवादीका नेता तथा समर्थकहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले बताएका छन् । सिंहले नेपालका सप्लायर्सले हतियार भारतीय माओवादीलाई दिएको बताए पनि उनीहरूको नाम खोलेका छैनन् ।
यद्यपि भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।
झण्डै दुई महिनाको तयारीपछि महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा अधिकांश माओवादी नेताहरू प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए ।
उनीहरूले निर्वाचित सरकारलाई हटाएर नयाँ सरकार बनाउन खोजेको भनेर आरोप लगाइएको छ । उनीहरूका विरुद्ध देशद्रोहको अभियोगसहित अदालतमा मुद्दा दायर भएको इण्डिया टिभीले जनाएको छ ।
भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ? भारतीय माओवादीलाई नेपालबाट हतियार सप्लाई, कसले गर्छ यो धन्दा ? Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित

Friday, August 31, 2018

युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित

न्युयोर्क, १६ भदौ । युएस ओपन टेनिसको महिला एक तर्फ तेस्रो चरणको खेलमा बहिनीले दिदीलाई हराएकी छन् । अमेरिकी विलियम्स दिदीबहिनी तेस्रो चरणको खेलमा आमनेसामने भएका थिए ।
यो खेलमा बहिनी सेरेना विलियम्सले दिदी भेनस विलियम्सलाई पराजित गरेर चौथो चरणमा स्थान पक्का गरेकी छन् । न्युयोर्कमा भएको खेलमा ३६ वर्षकी सेरेनाले ३८ वर्षकी भेनसलाई ६–१ र ६–२ को सेटमा पराजित गरेकी हुन् ।
विलियम्स दिदीबहिनीबिचको यो ३० औँ प्रतिस्पर्धात्मक भेट थियो । २३ पटक ग्राण्ड सलाम उपाधि जितेकी सेरेनाले अन्तिम १६ मा इस्टोनियाकी काइए कानिपीसँग खेल्ने छिन् । ३३ वर्षकी कानिपीले पहिलो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन् ।
सेरेनाले छोरी जन्माएपछि खेलमा फर्किए यताको आफ्नो उत्कृष्ट खेल यहि रहेको बताएकी छन् । सेरेनाले गएको सेप्टेम्बरमा छोरी जन्माएकी थिइन्
युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

कञ्चनपुरमा अर्की किशोरीको सामुहिक बलात्कार

Friday, August 31, 2018

कञ्चनपुरमा अर्की किशोरीको सामुहिक बलात्कार

खवर संवाददाता, भदौ १५ 
कञ्चनपुरमा अर्की एक किशोरी सामुहिक बलात्कार भएको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ मा गए राति २ बजे ती किशोरी बलात्कृत भएकी हुन् । पिडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा जानकारी आएकाले काम अगाडी वढिरहेको वताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । अहिले कञ्चनपुर प्रहरीले अनुसन्धान गरिहेको छ
कञ्चनपुरमा अर्की किशोरीको सामुहिक बलात्कार कञ्चनपुरमा अर्की किशोरीको सामुहिक बलात्कार Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस

Friday, August 31, 2018
बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस
सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर शुक्रबार श्रम दिवस मनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैं जानुभएको थियो ।
जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले आज बाढीपीडित बस्ती छेउको खोर्के खोलामा काम गरेर श्रम दिन मनाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । जनतालाई सरकारनजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई पनि यो कामप्रति हाम्रो दायित्व छ भन्ने बनाउन सरकारले महिनामा दुई दिन श्रम दिवस मनाउँदै आएको र यो निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।
सरकारका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताउनुभयो । “समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपत्प्रति सरकार संवेदनशील छ,” उहाँले भन्नुभयो, “श्रम दिवसले यो प्रदेशका जनतालाई नै जिम्मेवार बनाउँदै लैजाने प्रयास गरेको छ ।”
यता सामाजिक विकासमन्त्री दल रावलले नगरपालिका–६ स्थित बाढीपीडित बस्तीको सरस्वती टोलका बालबालिकालाई ध्यानमा राखेर बालविकास केन्द्र स्थापनाका लागि रु पाँच लाख सहयोग गरिएको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्राकृतिक विपत्ति र विभिन्न समस्याबाट प्रभावित जनतालाई लक्षित गरी गरीबमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो
बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस  बाढीपीडित बस्तीमा कर्णाली प्रदेशको श्रम दिवस Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?

Friday, August 31, 2018

अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?

काठमाडौं । अभिनयभन्दा बढी अनुहारबाट फ्यान कमाएका अभिनेता हुन् अनमोल केसी । विशेषगरी उनका तन्नेरी फ्यान बढी छन् । बलिउडमा सलमानलाई जस्तै कलिउडमा पनि अनमोललाई नयाँ हिरोइन भित्र्याउने अभिनेताको रुपमा लिइन्छ । फिल्म ‘ड्रिम्स’मा अनमोलले साम्राज्ञीसँग रोमान्स गरे । त्यस्तै ‘जेरी’, ‘गाजलु’ र ‘कृ’मा पनि नयाँ अभिनेत्री भित्र्याए ।
सामाज्ञी अहिलेको माग बढी भएकी अभिनेत्री हुन् । ‘ड्रिम्स’बाट एकाएक चर्चामा आएकी थिइन् उनी । त्यसपछि उनको चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन । ‘तिमीसँग’ त चलेको पनि थाहा पाएनन् दर्शकले । ‘ए मेरो हजुर २’ले भने औसत व्यापार गर्‍यो ।
अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ रिलिजको तयारीमा छ । यसमा उनी एक फुटबलरको भूमिकामा हुनेछन् । फिल्ममा अनमोलले एमभी प्रियंकासँग रोमान्स गर्ने बताइएको छ । उनले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् ।
उनी अनमोलको क्यूटनेससँग फिदा भएकी छन् । हालै उनले सामाजिक सञ्जालमा अनमोलसँग एक फोटो अपलोड गरेकी थिइन् ।
अनमोललाई लाग्ने गरेको आरोपमा झन् एक ईटा थपिएको छ । नयाँ अभिनेत्री भित्र्याउन आफ्नो अभिनयमा स्तरीय नबनाउने आरोप भने अब पनि नलाग्ला भन्न सकिन्न । उनले अभिनयमा कुनै पनि निखार नल्याएको दर्शकहरुको गुनासो छ 
अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ? अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ? Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

तीन दिनसम्म देशैभर वर्षा हुने, तराई र चुरे भू–भागमा भारी वर्षाको सम्भावना

Thursday, August 30, 2018

तीन दिनसम्म देशैभर वर्षा हुने, तराई र चुरे भू–भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ भदौ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो ।
बिहीबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ । बिहीबार काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको छ
तीन दिनसम्म देशैभर वर्षा हुने, तराई र चुरे भू–भागमा भारी वर्षाको सम्भावना तीन दिनसम्म देशैभर वर्षा हुने, तराई र चुरे भू–भागमा भारी वर्षाको सम्भावना Reviewed by khagendra joshi on Thursday, August 30, 2018 Rating: 5

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा

Thursday, August 30, 2018

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा

धनगढी भदौ १४
कैलाली र कञ्चनपुरका चार शहरमा लागु भएको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत भवन, सडक र नालीको विस्तृत परियोजन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । विस्तृत परियोजना प्रतिथवेदन तयार पार्ने जिम्मा पाएको विडिए परामर्शदाता कम्पनीले काम अन्तिम चरणमा पुगेको जनाएको हो ।
दुई नगरपालिका गोदावरी र शुक्लाफाटाको भवन निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन आईतवार प्रस्तुत गर्ने तयारी भईरहेको विडिएका निर्देशक अनिल नेपालले बताए । सडक र नालीको डिपिआर पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
तर फोहोरमैला व्यवस्थापन केन्द्र र फोहर पानी व्यवस्थापन केन्द्रका लागि भने जग्गाको टुङगो नलागेकाले डिपिआर बनाउने प्रक्रिया अगाडी बढाउन नसकिएको निर्देशक नेपालले जनाए । भवनको विस्तृत परियोजना प्रतिवेदनको विषयमा छलफल भएपछि भदौमै टेण्डरमा लैजाने तयारी भईरहेको क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख रविन्द्र बोहराले बताए ।
एसियाली विकास बैंकले ऋण लगानी गर्दा फोहरमैला व्यवस्थापन केन्द्रलाई अनिवार्य भनेको छ तर फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्तीमै ढिलाई भएकाले सुरुमा नगरपालिकाको भवन निर्माणको प्रक्रिया अगाडी बढाएको उनले बताए । क्षेत्रीय सहरी विकास आयोजना धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाटा नगरपालिकामा लाग’ भएको एक बर्ष पुगिसकेको छ तर सम्वन्धीत नगरहरुले आन्तरिक तयारी पुरा गर्न नसक्दा आयोजनाको काममा ढिलाई भईरहेको आयोजना कार्यालयले जनाएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा Reviewed by khagendra joshi on Thursday, August 30, 2018 Rating: 5

एसिया कप छनोटः नेपालले लियो सुरीको महत्वपूर्ण विकेट

Wednesday, August 29, 2018

एसिया कप छनोटः नेपालले लियो सुरीको महत्वपूर्ण विकेट

Photo Credit : Asian Cricket Counci
१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईको छैटौं विकेट पतन भएको छ ।
नेपालले ३७.४ ओभरमा यूएईका ओपनर ब्याट्सम्यान चिराग सुरीको महत्वपूर्ण विकेट लिएको हो । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट फिल्डिङ गर्दै सुरीलाई ६५ रनमा रनआउट गर्न सफल भए ।
अहिले युएईको ३८ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८५ रन भएको छ ।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिएका छन् भने सोमपाल कामीले १ विकेट लिएका छन् ।
सन्दीपले शैमन अन्वारलाई ३ र युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराए । त्यस्तै, बसन्त रेग्मीले अश्फाक अहमदलाई ४५ र रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।
एकदिवसीय मान्यता प्राप्त खेलमासोमपाल कामीले मोहम्द उस्मनलाई १३ रनमा आउट गर्न सफल भए ।
आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाव छ । युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।
कृपया मन परे like र Share गरिदिनुहोला।
एसिया कप छनोटः नेपालले लियो सुरीको महत्वपूर्ण विकेट एसिया कप छनोटः नेपालले लियो सुरीको महत्वपूर्ण विकेट Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

क्यान्सर अस्पताल ४७५ शय्याको हुने

Wednesday, August 29, 2018
क्यान्सर अस्पताल ४७५ शय्याको हुने
चितवन, १४ भदौ । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो ।
हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा आचार्यले बताए ।
नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन् । अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा। आचार्यले बताए ।
टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ । हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् ।
नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।
अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर छ सय नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ थियो ।
गत वर्ष अस्पतालबाट एक लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन्
क्यान्सर अस्पताल ४७५ शय्याको हुने  क्यान्सर अस्पताल ४७५ शय्याको हुने Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

Wednesday, August 29, 2018

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु
सुर्खेत : सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु  भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको  हो ।
मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया  रामकला कामी, उनीहरुका ४ वर्षका छोरा  रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको  सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।  ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन। 
कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । 
घटनाबारे थप विवरण आउन बाँकी नै रहेको भन्दै डीएसपी शाहीले घटनास्थल सदरमुकामबाट टाढा रहेको र आफूहरु उद्धारका लागि हिँडेको जानकारी दिए । घटनास्थलमा स्थानीय सीमा खोली प्रहरीचौकी, इलाका पैहरी कार्यालय थारमारे प्ररही टोली खटिएको सल्यान प्रहरीले जानकारी दिएको छ । 
बुधबार १३, भदौ
घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत

Wednesday, August 29, 2018

एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत


१३ भदौ, काठमाडौं । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ ।
नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।
क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् ।
पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो । यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।
पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।
मंगलबार भएको चौथो चरणको खेल सकिँदा नेपाली टोली जापानपछि दोस्रो स्थानमा पुगेपछि पदक लगभग पक्का भएको थियो । स्वर्णकै सम्भावना रहेको भए पनि अन्तिम चरणको खेलमा पनि जापानभन्दा पछि रहेपछि नेपालले रजत पदक जितेको हो ।
प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।


एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत एसियन गेम्सको पाराग्लाइडिङमा नेपाललाई रजत Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

At least 21 Nepalese girls 'rescued' from Kenya strip clubs

Wednesday, August 29, 2018

At least 21 Nepalese girls 'rescued' from Kenya strip clubs

Police in Kenya rescued 21 young Nepalese women during a raid on two strip clubs in an upmarket suburb of the capital Nairobi, detectives said on Friday.
"Detectives from the Directorate of Criminal Investigations (DCI) Anti-Human Trafficking and Child Protection Unit, and the Transnational Organised Crime Unit... raided two clubs in Mogotio Road, Westlands and rescued 21 Nepalese girls who had been trafficked to Kenya for exploitation," the DCI wrote on its verified Twitter account.
Images of the operation, carried out late on Thursday, showed three young women dressed in brightly coloured blouses hiding their faces as they were escorted away.
Three local suspects were arrested on suspicion of trafficking and will be charged with related offences, the DCI added.
At least 21 Nepalese girls 'rescued' from Kenya strip clubs At least 21 Nepalese girls 'rescued' from Kenya strip clubs Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने !

Wednesday, August 29, 2018

शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने !

काठमाडौं, १३ भदौ । ‘शंकाले लङ्का जलाउँछ’ भन्ने त नेपालीमा उखान नै छ । अहिले नेपाली समाजमा विचित्रका यस्ता घटना उदाङ्गिन थालेका छन् ।
बुधबारमात्र पक्राउ गरिएका एक व्यक्तिले आफ्नी पत्नीसँग सम्बन्ध राखेको शंकाको आधारमा युवकको हत्या गरेको स्वीकार गरेका छन् ।
ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीलाई ५ भदौमा छुरा प्रहार गरी हत्या गरियो । दाङको लालमटिया, भालुबाङका सञ्जिव थापाले हत्या गरेको स्वीकार गरेका छन् । र, उनले कारण बताएका छन्– आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेको शंका ।
इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीसँगको बयानका क्रममा थापाले पत्नीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् ।
कार्कीको हत्या हुनु केही दिनअघि मात्र नेपाल आएका थापाको उद्देश्य नै हत्या हुनसक्ने प्रहरी बताउँछ । कार्कीको शरीरमा १५ ठाउँमा चोट छ । प्रहरीलाई दिएको बयान अनुसार हत्यापछि थापा ३ दिनसम्म हिँडेर दाङ पुगेका थिए । ‘सन्तोष कार्कीले मलाई वर्षैंदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरुप उसलाई दण्ड दिएको हुँ ।’
त्यसो त भदौ २ गते मात्र विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका थिए । विराटनगर महानगरपालिका– १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका थिए ।
प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका थिए ।
मृतक घिमिरेकोे अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो । उनी अर्कैसँग बिहे गरेर अस्ट्रेलिया जान लागेको भन्दै प्रेमीले हत्या गरेका थिए ।
भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका थिए ।
०७२ भूकम्पमा श्रीमान्को मृत्यु भएपछि विदुर नगरपालिका ११ साँघुकी ४५ बर्षीया प्रतिमा अमात्यसँग रसुवाको ठूलोगाउँ–६ बस्ने १९ वर्षीया रमेश तामाङ नजिकिएका थिए ।
प्रतिमा भन्दा २६ वर्ष कम उमेरका रमेशले प्रतिभालाई प्रेम गरेको बहाना बनाएर पैसा हात परेपछि हत्या गरेको ढिला गरी खुलासा भएको हो । २०७३ साल जेठ ३ गतेदेखि हराएकी आफ्नी दिदी प्रतिमाको खोजीका लागि बहिनी निरा श्रेष्ठले मंसिर १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
अनुसन्धानकै क्रममा प्रहरीले प्रतिमा कंकाल विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको फिकुरी गाविस ८ को गोगने जंगलमा फेला पारेपछि घटनाबारे थप तथ्य सार्वजनिक भएको हो ।
त्रिशूली बजारमा मजदुरी गर्दै आएका रमेशले महिलासँग धेरै रकम भएको जानकारी पाएपछि प्रेमको नाटक गरेर नजिकिएको र रकम हात पारेपछि हत्या गरेको प्रहरीले पत्ता लगाएको थियो ।
नौ महिनादेखि नजिकिएका प्रतिमा र रमेश एक महिनासम्म विदुरमा लिभिङ टुगेदरको रुपमासँगै बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको थियो ।
प्रतिमा र रमेशबीच प्रेम सम्बन्ध रहेको रमेशको बयानबाट खुलासा भएको थियो । भूकम्पमा प्रतिमाका पति र सासु बितेका थिए । उनका कुनै सन्तान छैनन् ।
रमेशले प्रतिमाको हत्या गरी फिकुरी–८ को गोगने जंगलमा लगेर गाडेको बयान दिएपछि प्रहरीले उक्त स्थानमा उत्खनन् गरेर कंकाल निकालेको थियो ।
रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।
एक बर्ष अघि काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ । वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो। फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।
साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो। यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए । तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।
उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका थिए ।
पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो। प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखिन् । यसबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक–पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।
पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिएका थिए ।
दुई वर्षअघि राजधानीमा अचम्मको घटना देखियो । धुम्बाराहीको प्रगति टोलको सडकमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।  स्थानीयबाटै प्रहरीले थाहा पायो, त्यसरी मृत्यु हुने युवती छेउको घरमा डेरा गरी बस्ने ३५ वर्षीया ज्योत्सना तामाङ थिइन् । प्रहरी उनको डेरामा पुग्यो । उनका दुईवटा कोठा थिए । एउटा कोठामा एक युवती पवित्रा लिम्बू बच्चासहित सुतिरहेकी थिइन् भने अर्काे कोठामा थिए प्रितम मानन्धर । उनीहरू निद्रामै थिए ।
प्रहरीले सडकमा ज्योत्सनाको शव भेटिएको बताएपछि उनीहरू आश्चर्यमा परे । बेलुका सँगै मदिरा पिएर सुतेको तर अरू केही कुरा थाहा नभएको उनीहरूले बताए । प्रहरीले सोधपुछका लागि दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज लगेको थियो ।
अनुसन्धानका क्रममा यौनसम्बन्धी विवादमा बाथरुममा झगडा हुँदा उनी झ्यालबाट खसेर मृत्यु भएको खुल्यो । प्रेमी प्रितम मानन्धरसँग झगडा हँुदा उनी खसेकी थिइन् ।
प्रहरीका अनुसार आफूलाई यौन सन्तुष्टि दिन नसकेको भन्दै उनले मानन्धरसँग झगडा गरेकी थिइन् । त्यही क्रममा उनी बाथरुमको झ्यालबाट खसेकी थिइन् । बरन्डामा खसेको हुनसक्ने भन्दै आफू कोठामा गएर सुतेको मानन्धरले बताएका छन् ।
प्रहरीका अनुसार दोस्रोपटक शारीरिक सम्पर्कका लागि बिहान करिब दुई बजे युवतीले नै मानन्धरलाई बाथरुममा बोलाएकी थिइन् । अर्काे केटी भएकाले आफूलाई सन्तुष्टि दिन नसकेको भन्दै झगडा गरेकै वेला उनी बाथरुमको झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।
तामाङको भाटभटेनीमा फेन्सी पसल थियो भने मानन्धरको टंगालमा रेस्टुरेन्ट । मानन्धरको रेस्टुरेन्टमा खाजा खान जाने क्रममा उनीहरू नजिकिएका थिए । त्यही क्रममा दुई महिनादेखि मानन्धर निरन्तर रूपमा उनको डेरामा जाने गर्थे ।
नेपाली समाजमा यस्ता घटना बर्षेनी बढ्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । समाजमा चेतना भन्दा पनि सामाजिक विकृतिले चाँडो जरा गाड्ने गरेका कारण यस्ता घटना हुने गरेका छन् । यसको ग्राफ घट्नुको साटो उकालो लाग्नुमा अपराधलाई सूक्ष्म हिसाबले नबुझ्नु, समाजमा आफु असुरक्षित हुनसक्ने विषयलाई हेक्का नराख्नु रहेको पनि देखिन्छ ।
आजभोली बलात्कार र हत्याका घटना बढी हुने गरेका छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याको श्रृङ्खलाको आन्दोलन चलिरहेका बेला पोखरा, सिरहा, काठमाडौंलगायतका क्षेत्रमा पनि बलात्कार र हत्याका आशंकाका घटना सार्वजनिक हुने क्रम जारी छन् । यसले प्रहरी र सुरक्षा निकायको आलोचना बढाएको छ ।
शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने ! शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने ! Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने

Wednesday, August 29, 2018

कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने

सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल-५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज अर्को वर्ष लिएर आउने घोषणा गरेका छन् । 
निर्देशक आचार्य ‘छक्का पञ्जा-२’ मा जोडिएका कारण ‘नाइँ नभन्नू ल-५’ आउन दुई वर्ष लागेको थियो । उनले अब छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । यसमा बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएपनि अन्य कलाकारको टुंगो लागेको छैन । 
निर्देशक आचार्यले यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका छन् । तर, उनी यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ । 
फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । निर्देशक आचार्य ‘नाइँ नभन्नू ल-६’ लगत्तै अन्य नामका दुई फिल्म पनि बनाउँदैछ । 
‘हजार जूनीसम्म’ र ‘नीरन्जना’ उनले निर्देशन गर्न लागेका फिल्म हुन् । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि यी दुई फिल्मको काम अगाडि बढाइने उनले बताए ।  ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’, उनले भने । 
कस्तो चल्यो ‘नाइँ नभन्नू ल-५’ ? 
शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल-५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको फिल्मको व्यापारमा तारन्तारको सार्वजनिक विदाले ठूलो सास भरेको छ । 
शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ । मंगलवारबाट कस्तो छ ?
निर्देशक विकासराज आचार्य भन्छन्, 'हाउसफुल छैन । तर, दर्शकको उपस्थिति राम्रो छ । वर्ड अफ माउथ बलियो भएका कारण दर्शकको संख्या विस्तारै बढ्दै गएको छ ।' १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ । 
बिमस्टेक सम्मेलनका कारण बुधवारदेखि राजधानी चकमन्न जस्तै छ । सवारी साधनमा जोर-विजोर प्रणाली लागू भएको छ । प्रायः विद्यालयहरु विदा भएका छन् । यो अवस्था शुक्रवारसम्म रहनेछ । 
निर्देशक विकाराज आचार्य बिमस्टेक सम्मेलनले ‘नाइँ नभन्नू ल-५’ लाई फाइदा गर्नेमा विश्वस्त सुनिन्छन् । उनी भन्छन्, 'बिहीवार र शुक्रवार चाहिँ धेरै फाइदा होला । बुधवार त अझै धेरै विद्यालय र कार्यालयहरु खुलेका छन् ।' 
कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो

Tuesday, August 28, 2018

निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो



काठमाडौँ, १२ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ । प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो ।
प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याइएको हो । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ ।
साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन् । प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक बालकको मृत्यु समेत भइसकेको छ । निर्मला काण्डको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।
निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो Reviewed by khagendra joshi on Tuesday, August 28, 2018 Rating: 5

पूर्व प्रेमिकासँग फिल्म खेल्ने अभिषेकको तयारी

Monday, August 20, 2018

पूर्व प्रेमिकासँग फिल्म खेल्ने अभिषेकको तयारी


बलिउडमा नायक-नायिकाहरुबीच अफेयर र ब्रेकअपको घटना सामान्य हुन् । कहिले कोसित अफेयर चल्छ र कहिले ब्रेकअप हुन्छ भन्न सकिँदैन ।
ब्रेकअपपछि कतिपयले सम्वन्ध पूर्णरुपमा तोडेर बस्छन् भने कतिले चाहिँ साथीको सम्वन्ध कायम राख्छन् । अभिनेत्री ऐश्वर्या रायको कुरा गर्ने हो भने उनी पूर्व प्रेमी सलमान खानसँग ब्रेकअपपछि कहिल्यै बोलेकी छैनन् । तर, सलमान र उनकी अर्की प्रेमिका कटि्रना कैफबीच भने अहिले पनि राम्रो सम्वन्ध छ ।

अभिषेक र रानीको प्रमुख भूमिका रहेको ‘बन्टी और बब्ली’ करिब १० वर्षअघि प्रदर्शनमा आएको थियो । लामो समयदेखि यसको सिक्वेल बन्ने कुरा चलिरहेको छ । अब भने यसको स्क्रिप्ट लगभग पूरा भएको बताइएको छ । फिल्मको निर्देशन भने नयाँ निर्देशकले गर्नेछन् ।

पछिल्लो समय आफ्ना पूर्वप्रेमिकाहरुसँग अभिषेकको कस्तो सम्बन्ध छ भन्ने खुल्न सकेको छैन । यद्यपि, यदि ऐश्वर्याले अवरोध गरिनन् भने उनी चाँडै आफ्नी पूर्व प्रेमिका रानी मुखर्जीसँग स्क्रिन सेयर गर्न सक्नेछन् । उनीहरुले ‘बन्टी और बब्ली’ को सिक्वेल खेल्नेबारे कुरा चलिरहेको छ ।
यता ऐश्वर्याका पति अभिषेक बच्चनको उनीभन्दा अगाडि थुप्रै युवतीहरुसँग अफेयर थियो । जसमध्ये एक थिइन् रानी मुखर्जी । रानीलाई छोडेर अभिषेक करिश्मा कपुरसँग सल्केका थिए । करिश्मा र अभिषेकबीच ईंगेजमेन्टसमेत भइसकेको थियो । तर, अन्त्यमा अभिषेकले ऐश्वर्यासँग बिहे गरे ।
यो फिल्ममा अभियन गर्न अभिषेक र रानी दुवै इच्छुक छन् । तर, यसमा अभिषेककी पत्नी ऐश्वर्याको रियाक्सन के हुन्छ भन्ने प्रष्ट भएको छैन । आफ्ना श्रीमानलाई पूर्वप्रेमिकासँग फिल्म खेल्न उनले अनुमति नदिने अनुमान पनि गरिदैछ । र, अभिषेक ऐश्वर्याको कुरा काट्न सक्ने स्थितिमा छैनन् ।
यदि सबै कुरा मिल्यो भने यो फिल्मको सुटिङ नोभेम्बरबाट सुरु हुने बताइएको छ । फिल्मका अन्य कलाकारहरुको चयन हुन बाँकी छ ।
२०७५ भदौ ५ गते
पूर्व प्रेमिकासँग फिल्म खेल्ने अभिषेकको तयारी पूर्व प्रेमिकासँग फिल्म खेल्ने अभिषेकको तयारी Reviewed by khagendra joshi on Monday, August 20, 2018 Rating: 5

माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

Saturday, August 18, 2018

माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग


माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग Reviewed by khagendra joshi on Saturday, August 18, 2018 Rating: 5

प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छः प्रधानमन्त्री

Saturday, August 18, 2018

प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छः प्रधानमन्त्री


२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ बाट भारतको कोलकत्तासम्म पानीजहज चलाउने योजना अघि सारेका छन् । प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना सुनाए ।
‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज पुर्‍याउने भनेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश २ बाटै कोलकत्तामा पनि पुग्छ ।’उनले अहिले चीन र भारतसँग अत्यन्त सुमधुर सम्बन्ध रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल दुबै देशसँग सहकार्यको वातावरण बनाउन लागेको बताए । प्रदेश २ भूमि, ज्ञान र आध्यात्मको भूमि भएको भन्दै उनले भने, ‘यहाँ असाधारण सम्भावना छ । अत्यन्त उर्बर भूमि छ । सुख्खा र र मरुभूमिकरण हुनबाट जोगाएर सिचाइको प्रवन्ध गर्ने र घट्दो पानीको सहतलाई फेरि माथि ल्याउने काममा जोड दिनुपर्छ’ उनले भने, ‘कृषिको आधुनिकीकरण गर्ने काम पनि सँगै लानुपर्छ ।’
उनले वर्षमा गंगामा बग्ने ४० प्रतिशत र हिउँदमा ७० प्रतिशत पानी नेपालको भएको भन्दै नदी नियन्त्रणको काम साझेदारी र परस्परिक हितमा आधारित भएर गर्न भारतलाई आग्रह गरेको बताए ।
सीमामा भारतले सडकका बाँध बाँध्न नपाउने भन्दै त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या हटाउनुपर्ने बताए । त्यसका लागि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको त्यसकै आधारमा समस्या समाधान गर्न काम थालिएको बताए ।
उनले प्रदेश २ भाग्यमानी रहेको पनि बताए । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताए ।
एक टोकरी फूल अमेरिका र आँप अमेरिका, रसिया, जापान, मंगोलिया लगायतका देशमा निर्यात गर्न सकिने उनले बताए । भारतमा सिमेन्टको माग बढी रहेको भन्दै उनले ढुंगाबाटै कमाइन सकिने दाबी गरे ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए सहयोग गर्न संघीय सरकार तयार रहेको बताए । ‘कतिपयले उडाउने हिसावले कुरा गरिररहेका छन् । पूर्वपश्चिम रेल किन चाहियो भन्छन् । साँझ विहान र छाक र रातका कुरा मात्रै गर्दा देश कसरी बन्छ ?’ उनले भने,’ १९ वर्षदेखि चर्चामा मात्रै रहेको हुलाकी राजमार्ग मैले बनाउन तीव्रता दिएका हुँ । पूर्वपश्चिम रेल बनाउन जोड मैले दिएको हुँ । उत्तरदक्षिण रेलमार्ग बनाउन भारतसँग कुरा भएको छ । वीरगञ्ज-काठमाडौं रेल मार्गका लागि मोदीजीसँग कुरा गरेर काम थालेका छौं । त्यो भएपछि यहाँको उत्पादन काठमाडौं पुर्‍याउन र काठमाडौंको यहाँ ल्याउन पनि सजिलो हुन्छ ।’
केरुङ काठमाडौं रेलमार्गमार्फत चीनसँग जोड्ने काम सुरु भएको भन्दै रेलमा के पठाउने भनेर चिन्ता गर्नुपर्ने बताए । ‘हाम्रो हिमाली क्षेत्रका पानी ट्यांकरका ट्यांकर पठाउन सम्भव छ । हिमालमा मिनरल नै मिनरल वाटर छ’ प्रधानमन्त्री ओलीले भने, ‘लेक लाग्दा तीब्वतमा रातो झोल खाएँ, के रहेछ यो भनेर बुझ्दा गुराँसको झोल रहेछ । हाम्रो डाँडाहरुमा ३६ प्रकारका गुराँस फुल्छन् । तर, हामी त दाउरा काटेरै सक्न लाग्यौं । अब सम्भावनालाई चिन्नुपर्छ ।’
उनले ५ वर्षभित्रै हुलाकी राजमार्ग पनि बनिसक्ने प्रदेशसभालाई जानकारी गराए ।
२०७५ भदौ २ गते
प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छः प्रधानमन्त्री प्रदेश २ बाटै कोलकातासम्म पानीजहाज पुग्छः प्रधानमन्त्री Reviewed by khagendra joshi on Saturday, August 18, 2018 Rating: 5

पहिरोमा परी एकको मृत्यु

Saturday, August 18, 2018
बाजु

पहिरोमा परी एकको मृत्यु

रा, २ भदौ । लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
‍यसैगरी सोही नगरपालिका–२ मुसीमा चन्द्र रावतको गाईगोरुको गोठ पहिरोले बगाएको छ । गाईगोरु गोेठ बगाउँदा दुई गाई, एक गोरु, १० बाख्रा, एक कुुकुर गरी १४ जनावरको मृत्यु भएको छ ।
त्यस्तै गरी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा निमेन्द्र शाहीको तीन तले घर अविरल वर्षाले भत्काएको कोल्टी इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
त्रिवणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदी थुनी लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नदी थुनिन लागेकाले सबैले सजग हुन प्रहरीले आग्रह गरेको छ ।
बूढीगङ्गा नगरपालिका १ र २ मा पहिरोमा परी मृत्यु भएकाको उद्धारका लागि टाटे प्रहरी चौकीबाट टोली खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको टोली र समरजीत गुल्मबाट १५ जनाकोे टोली घटनास्थलमा उद्धारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको
पहिरोमा परी एकको मृत्यु  पहिरोमा परी एकको मृत्यु Reviewed by khagendra joshi on Saturday, August 18, 2018 Rating: 5

भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ

Friday, August 17, 2018

भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ।



राजविराज १, भदौ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलमा आज एक समारोहबीच डायलायसिस सेवाको उद्घाटन गर्नुभयो ।
करीव रु १ करोडको लागतमा अस्पतालमा चार वटा डायलायसिस मेसिन जडान गरिएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले मुलुकमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध रहेकोछ भन्नुभयो ।
यो अस्पतालमा देखिएको चिकित्सकोे समस्या एक हप्ताभित्र समाधान हुने बताउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि सम्बन्धीत सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि रु ७६ करोड बजेट छुट्याइएको जानकारी दिँदै अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र सम्बन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आइपुग्ने बताउनुभयो ।
प्रदेश नं २ का भूमी व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं. २ का आठ वटै जिल्लामा पशु अस्पताल निर्माण गर्ने बताउनुभयो
भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा

Friday, August 17, 2018

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा

लभस्टोरी फिल्म बनाउन माहिर निर्देशक सुदर्शन थापाले पुनः एकपटक अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ फिल्म निर्माण गर्ने भएको छ । यसअघि उनले 'म यस्तो गीत गाउँछु' को सिक्वेलमा यो कपललाई दोहोर्‍याउने घोषणा गरेका थिए । 
 
खबरअनुसार, नयाँ प्रोजेक्ट 'म यस्तो गीत गाउँछु २' हुनेछैन । नयाँ टाइटलमा पूजा र पललाई लिएर सुदर्शनले फिल्म बनाउन लागेका हुन् । फिल्ममा पल मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन् । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै उनले सुदर्शन थापाको नयाँ फिल्म आफूले साइन गरेको खुलाए । उनका अनुसार, फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ । 
 
 
सुदर्शन र पलबीच 'म यस्तो गीत गाउँछु' रिलिजपछि सम्बन्ध ठिकठाक नभएको चर्चा थियो । पलले चाँडै सुदर्शन क्याम्पभन्दा बाहिरको नयाँ फिल्म पनि साइन गर्दैछन् । उनले केही दिनमा नयाँ फिल्मको विषयमा जानकारी दिने बताए । 
 
'शत्रु गते' रिलिजपछि मौन देखिएका पलले यस वर्ष दुई फिल्मको छायांकन सक्ने तयारीमा छन् । हरेक वर्ष  एक फिल्म लिएर आउने योजना अनुरुप उनको यस वर्ष पूजासँगको फिल्म रिलिज हुनसक्ने सम्भावना छ ।
 
'म यस्तो गीत गाउँछु' बक्सअफिसमा सुपरहिट भएपछि पुनः पल र पूजाको जोडीलाई पर्दामा हेर्ने दर्शकको चाहना अब पूरा हुने भएको छ । दोस्रो पटकको सहकार्य कति फलदायक होला ? त्यो भने हेर्न बाँकी छ । 

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

पाँच वर्षभित्र नेपालबाट गरिबी अन्त्य हुन्छ : अर्थमन्त्री

Friday, August 17, 2018

पाँच वर्षभित्र नेपालबाट गरिबी अन्त्य हुन्छ : अर्थमन्त्री


१ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गरेका छन् ।
शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे ।
उनले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तर्राष्ट्रिय लगानी भित्रयाउन लागि परेको पनि स्मरण गराए । अर्थमन्त्री खतिवडाले दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको पनि समितिलाई जानकारी गराए ।सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ ।
उनले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए ।अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी पनि गरे । त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
उनले दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्वाधार विकास गर्न निजी क्षेत्र र सहकारीसँगको सहकार्यलाई पनि सरकारले जोड दिएको उल्लेख गरे ।
बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्यांक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले अनुगमन र मूल्यांकनको माध्यामबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दिर्घकालीन योजना बनाउने काम पनि भइरहेको बताए ।
उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउने गरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणको पुर्‍याएको पनि जानकारी दिए ।
२०७५ भदौ १ गते
पाँच वर्षभित्र नेपालबाट गरिबी अन्त्य हुन्छ : अर्थमन्त्री पाँच वर्षभित्र नेपालबाट गरिबी अन्त्य हुन्छ : अर्थमन्त्री Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश

Friday, August 17, 2018


१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।

साथै, प्रकाण्डसहित तीन जनालाई थुनामा राख्न बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कार्यविधि पालना नगरिएको, धुनामा राख्न अनुमति लिँदा कुनै कारण र आधार समेत खुलाएर आदेश नभएको सर्वोच्चले रिहा गर्न आलेश दिएको हो ।तर, चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको प्रमाण पेश नभएको आदेशमा उल्लेख छ ।न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न भनेको हो । उनी चन्दा असुलीको आरोपमा पक्राउ परेका थिए ।
७ करोड भन्दा बढी चन्दा असुलेको आरोपमा पूर्वमन्त्री समेत रहेका प्रकाण्ड २२ गते पक्राउ परेका थिए । जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, छोरा नरेन्द्रबहादुरले बन्दी प्रत्यक्षीकरणको रिट हाले ।
रिटमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चले बाटोको म्याद बाहेक ४८ घन्टाभित्र हाजिर गराउन भनेपछि प्रहरीले शुक्रबार सर्वोच्चमा उपस्थित गराएको थियो ।
विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

धनगढी उप–महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्न दिने, साप्ताहिक रुपमा कर तिर्नुपर्ने

Friday, August 17, 2018

धनगढी उप–महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्न दिने, साप्ताहिक रुपमा कर तिर्नुपर्ने


खवर संवाददाता,धनगढी भदौ ०१
तिव्र शहरीकरण भईरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बन्न थालेको छ । ट्राफिक सवारी आवगमन तथा पैदल यात्रुलाई समेत सास्ती हुने गरी ढुङ्गा, गिट्टी बालुवा राख्ने प्रवृत्ति बढ्दा बजार अस्तव्यस्त बनिरहेको हो ।
बजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरुमा जथाभावी रुपमा राखिएका बालुवा, ढुङगा र गिटी लगायतका निर्माण सामाग्रीले सवारी जामको समस्या बढेको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । 
तर धनगढी उप–महानगरपालिकाले भने अव सडकमा निर्माण सामाग्री राख्ने कार्यलाई वैधानिकता दिने निर्णय गरेको छ । सडकमा निर्माण सामाग्री राख्नका लागि अव उप–महानगरवासीले उप–महानगपालिकाबाट अनुमति लिनुपर्ने भएको छ । आर्थिक बर्ष २०७५-०७६ का लागि धनगढी उप–महानगरपालिकाको स्वीकृत गरेको करका दरमा सो कुरा उल्लेख गरिएको छ । 
सडकमा निर्माण सामाग्री राख्दा उप–महानगरपालिकाबाट अनुमति लिनुपर्ने र त्यसपछि प्रति घन मिटरको साप्ताहिक रुपमा ५ रुपैयाका दरले कर तिर्नुपर्ने नियम बनाएको छ । सडकमा निर्माण सामाग्री राखेकै कारण नगर कुरुप बन्दै गएका बेला उक्त कार्यलाई वैधानिकता दिने उप–महानगरपालिकाको निर्णय उपयुक्त नभएको नगरवासीको ठहर छ । उप–महानगरपालिकाबाट अनुमति नलिई निर्माण सामाग्री राखे जफत गरिने पनि सो निर्णयमा उल्लेख गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्न दिने, साप्ताहिक रुपमा कर तिर्नुपर्ने धनगढी उप–महानगरपालिकाले सडकमा निर्माण सामाग्री राख्न दिने, साप्ताहिक रुपमा कर तिर्नुपर्ने Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

Friday, August 17, 2018

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने


१ भदौ, काठमाडौं । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो ।
गृह मन्त्रालयले समयमा काम पूरा नगर्ने ठेकेदारको सूची नै मगायो । केही जिल्लामा ठेकेदारलाई पक्राउ गरेर एक दिन हिरासतमा समेत राखियो । तर ठोस कारबाही कसैलाई भएन 
मुलुकी अपराध संहिताको दफा २५० मा लेखिएको छ ‘बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउनुहुँदैन ।’अब ठेकेदारले तोकिएको समयमा नगरेमा वा गुणस्तर र मापदण्ड फरक पारेर गरेमा १० वर्षसम्म कैद र १ लाख जरिवाना तोकिएको छ ।ठेकेदारलाई कारबाही गर्ने सरकारको चाहना थियो कि थिएन थाहा भएन, तर भदौ १ देखि लागू भएको मुलुकी अपराध (संहिता) ऐनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई १० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ ।
कुनै मालवस्तु वा सेवा आपूर्ति गर्नेले पनि तोकिएको गुणस्तर भन्दा कमसल वा थोरै परिमाणमा सामान वा सेवा आपूर्ति गरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ ।
जग्गा कब्जा गरे १ वर्ष कैद
मुलुकी अपराध संहितामा जग्गा कब्जालाई जग्गाको आपराधिक उपयोग भनी जनाइएको छ । अर्काको जग्गा बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानी नोक्शानी वा हिनामिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरीविना भाडामा लगाएमा वा बिक्री गरेमा सम्पत्तिको आपराधिक दुरुपयोग मानिने ऐनमा उल्लेख गरिएको छ । तर सधियारले भुलवश साँध मिचेमा भने आपराधिक दुरुपयोग मानिने छैन ।
यस्तो कसुरलाई दुई प्रकारमा विभाजन गरी छुट्टाछुट्टै कारबाहीको व्यवस्था गरिएको छ । मृत्यु भएको व्यक्तिको जग्गा हकवालाले नपाउँदै कब्जा गरेमा वा बालबालिका, होस ठेगानमा नभएको र ७५ वर्षमाथिको व्यक्तिको जग्गा कब्जा गरेमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ ।
यसबाहेक अन्यखालका जग्गा कब्जा गरेमा भने १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।
कुनै कर्मचारी वा प्रतिनिधिले संस्थाको सम्पत्ति बेइमानीपूर्वक आफ्नो हितमा प्रयोग गरेमा वा अरु कसैलाई दिएमा ५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था गरिएको छ । कर्मचारी वा बाहेक अन्यले कसैको सम्पत्ति बेइमानीपूर्वक आफ्नो हितमा प्रयोग वा अरु कसैलाई दिएमा ३ वर्ष कैद वा ३० हजार रुपैयाँसम्म तोकिएको छ ।
चन्दा मागे ७ वर्षसम्म कैद
चन्दा मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु अहिले थुनामा छन् । उनले करोडौं चन्दा उठाएको अभियोगमा प्रहरीले अनुसन्धान गरेको छ । प्रकाण्ड साउन महिनामै पक्राउ परेका र उनीमाथि लगाएको अभियोग पनि साउनकै भएकाले उनलाई नयाँ अपराध संहिताअनुसार कारवाही हुँदैन ।
तर, भदौ १ देखि चन्दा उठाउनेलाई भने ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । मुलुकी संहितामा चन्दालाई आपराधिक लाभ (एक्सटर्सन) भनेर नेपाली र अंग्रेजी दुबै भाषामा उल्लेख गरिएको छ ।
‘कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ’ ऐनको दफा २५३ मा भनिएको छ ।
चन्दा लिनेलाई विभिन्न तीन थरी कारबाहीको व्यवस्था गरिएको छ । ज्यान लिने, अंगभंग गर्ने, वा गम्भीर चोट पुर्‍याउने डर त्रास देखाएर चन्दा लिए ७ वर्षसम्म कैद र ७० हजार जरिवाना तोकिएको छ ।
व्यवसायमा क्षति पुर्‍याउने, चरित्रमा झूठो दोष लगाउने नियतले डर त्रास देखाएर चन्दा लिए ३ वर्षसम्म कैद र ३० हजार जरिवना तोकिएको छ । यी माथिका दुई अवस्थाबाहेक अन्य तरिकाले चन्दा लिएमा १ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।
चन्दा उठाउनेले पीडितलाई क्षतिपूर्ति पनि दिनुपर्नेछ । विगो खुलेकोमा बिगो बराबर र नखुलेमा मनासिब रकम क्षतिपूर्ति दिनुपर्ने ऐनमा उल्लेख गरिएको छ ।
२०७५ भदौ १ गते १२:३९
कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

विप्लवका कार्यकर्ताले प्रचण्डलाई आच्छुआच्छु बनाए, देखाए कालो झण्डा

Thursday, August 16, 2018

विप्लवका कार्यकर्ताले प्रचण्डलाई आच्छुआच्छु बनाए, देखाए कालो झण्डा


रामेछाप, १ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
दलबलसहित हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् । विप्लवका कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेपछि केही समय कार्यक्रम केही ढिला गरेर शुरु भएको थियो ।
दोरम्बा घटनाको १६औं स्मृति दिवस मनाउने स्थानको विषयमा सत्तारुढ नेकपा र विप्लवका कार्यकर्ताबीच भनाभन भएको थियो । दुई समूहबीच भनाभन भए पनि स्मृति दिवस मनाउने ठाउँलाई सत्तारुढ नेकपाले कब्जामा लिएको थियो ।
त्यसपछि रिसाएका विप्लवका कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाउनुका साथै नारावाजी गरेका थिए ।
प्रचण्डले जनयुद्धका शहीदका नाममा व्यापार गरेको भन्दै आफूहरूले विरोध गरेको विप्लव निकटको नेकपाका रामेछाप जिल्लाका जनपरिषद् प्रमुख विवेक लामाले जानकारी दिए ।
विप्लव निकटको नेकपाका कार्यकर्ताले शहीदको अपमान गर्न पाइँदैन, राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद, एकीकृत जनक्रान्ति — जिन्दावाद, वैज्ञानिक समाजवाद — जिन्दावाद जस्ता नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा देखाएको लामाले उल्लेख गरेका छन् ।
सत्तारुढ नेकपाले दोरम्बामा रहेको स्मारक पार्क कब्जामा लिएपछि विप्लवको नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको थियो ।
०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा नेपाली सेनाको कारबाहीमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बीमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समिर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको मृत्यु भएको थियो ।
विप्लवका कार्यकर्ताले प्रचण्डलाई आच्छुआच्छु बनाए, देखाए कालो झण्डा विप्लवका कार्यकर्ताले प्रचण्डलाई आच्छुआच्छु बनाए, देखाए कालो झण्डा Reviewed by khagendra joshi on Thursday, August 16, 2018 Rating: 5

भियतनामसँग पनि हार्‍यो नेपाल

Thursday, August 16, 2018

भियतनामसँग पनि हार्‍यो नेपाल

३१ साउन, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ ।
पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन ।इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।
खेलमा ६ प्रहार मात्रै गरेको नेपालले पोस्टको दिशामा एउटै राम्रो प्रहार गर्न सकेन । भियतनामले नेपालको पोस्टको दिशामा गरेका २० प्रहारमा ६ प्रहार उत्कृष्ट रहेको थियो ।
२०७५ साउन ३१ गते
भियतनामसँग पनि हार्‍यो नेपाल भियतनामसँग पनि हार्‍यो नेपाल Reviewed by khagendra joshi on Thursday, August 16, 2018 Rating: 5

आगलागीमा परी एक बालिकाको मृत्यु

Thursday, August 16, 2018

आगलागीमा परी एक बालिकाको मृत्यु


पाँचथर, ३१ साउन । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । बिहीबार घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो
आगलागीमा परी एक बालिकाको मृत्यु आगलागीमा परी एक बालिकाको मृत्यु Reviewed by khagendra joshi on Thursday, August 16, 2018 Rating: 5
Powered by Blogger.