Results for स्वस्थ्य

तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट

Friday, January 18, 2019

काठमाडौ । अदुवा हामी सबैको भान्सामा हुन्छ । यसलाई तरकारी पकाउदा मिलाएर खाने गरेको पाइन्छ । तर यसको खाने तरिका र नियमित सेवन गर्न सके यो जीवन बुटी समान हुनेछ । अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।
अदुवाको सेवनबाट हामीलाई पुग्ने फाइदहाहरु यस्ता छन् :

के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२ यसले हाम्रो पाचन पक्रियालाई बलियो बनाउन मद्धत गर्छ । जसले गर्दा हामीलाई खाना पचाउन मद्धत पुग्छ ।
हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ । जसले गर्दा हाम्रो मोटोपना हराउँछ र हाम्रो तौल नियन्त्रित रुपमा रहन्छ ।
अदुवाको रस पिउनाले हाम्रो रगत सधैं सफा रहने गर्छ ।
अदुवा पानि पिउने गरेमा हाम्रो शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहने गर्छ । यसले गर्दा हामीलाई मधुमेह हुने सम्भावना निकै कम हुने गर्छ ।
अदुवाको सेवनले हामीलाई फोक्शो , कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
हरेक दिन अदुवा चपाउने गरेमा हामीलाई रुघाखोकी हुने सम्भावना निकै कम हुन्छ ।
अनुहारमा आउने पिम्पल्स र दाग हटाउन चाहानु हुन्छ भने हरेक दिन अदुवा खाने गर्नुहोस यसले तपाईलाई फाइदा पुर्याउँछ ।
यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई स्वास्थ्य राख्छ र गिजामा घाउ पनि आउन दिदैन ।
तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट तपाईको घरमा रहेको अदुवा जीवनबुटी हो : सेवनले क्यान्सर, अम्लीय, सुगर चैट Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं

Thursday, January 17, 2019

एजेन्सी, यो अति जरुरी जानकारी सबैमा सेयर गरौँ । हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।
छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।
सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।
पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।
आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।
अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।
गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।
ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।
हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं हर्ट–अट्याक हुनुभन्दा १ महिनाअघिदेखि शरीरले दिन्छ यस्ता संकेत: बेवास्ता नगरौ -मृत्युबाट बचौं Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन्

Thursday, January 17, 2019








एजेन्सी । अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो । अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ । विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ । अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् । अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ । अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् । अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ । अन्डाले कस्ता(कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ । जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।कलेजो रोग : अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।
Pic

चिनिरोग (मधुमेह) : अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ । प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ । धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ । तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।

कलेजो रोग : अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ । अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ । त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।

शल्यक्रिया अघि र पछि : कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ । प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ । त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ । तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।


अन्डा खानुका अन्य फाइदा :
  • गर्भवती अवस्थामा अन्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ ।
  • अन्डामा पाइने फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ ।
  • अन्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।
  • अन्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो ।
  • अन्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ ।
  • अन्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।
  • अन्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।
अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन् Reviewed by khagendra joshi on Thursday, January 17, 2019 Rating: 5

यस्तो छ दैनिक सेक्स गर्नुका फाइदाहरू,एकपटक अवस्य पढ्नुपर्ने

Wednesday, December 12, 2018

सेक्स विषयहरूमा धेरै अध्ययनहरू छन्, तर दैनिक सेक्सका फाइदाहरू । दैनिक स्वास्थ्यको लागि राम्रो  महत्त्वपूर्ण छ भन्ने बारेमा थुप्रै अनुसन्धानहरू छन्। केवल महत्त्वपूर्ण जानकारी तपाईंको लागि हो। यी दैनिक यौन फाइदाहरू छन्

सेक्स विषयहरूमा धेरै अध्ययनहरू छन्, तर दैनिक सेक्सका फाइदाहरू । दैनिक स्वास्थ्यको लागि राम्रो  महत्त्वपूर्ण छ भन्ने बारेमा थुप्रै अनुसन्धानहरू छन्। केवल महत्त्वपूर्ण जानकारी तपाईंको लागि हो। यी दैनिक यौन फाइदाहरू छन्
माइग्रेनमा आराम हुन्छ
नेशनल सर्वे अफ सेक्सुअल एटिट्यूड्स एण्ड लाइफस्टाइल्सको एक अनुसन्धानका अनुसार नियमित रूपमा सेक्स गर्नाले माइग्रेनका रोगीहरूलाइ निकै फाइदाजनक हुन्छ र मानिसहरू महिनामा पाँच पटक भन्दा कम सेक्स गर्दछन उनीहरूलाइ माइग्रेनको रिस्क धेरै हुने गर्दछ ।
ब्लड प्रेशर कम हुन्छ
हाई बीपीका रोगीहरूका लागी सेक्स निकै फाइदाजनक छ । एनल्स अफ बिहेवियरल मेडिसिनमा प्रकाशित अनुसन्धानमा भने ‌निय‌मित रूपमा सेक्स गर्ने मानिसहरूलाइ हाई बीपीको समस्या कम हुने गर्दछ ।
प्रोस्टेट क्यान्सरबाट बचाउँछ
जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित अनुसन्धान अनुसार जो पुरुष महीनामा कम्तीमा २१ पटक सेक्स गर्दछन वा यसो भनौं कि नियमित रूपमा सेक्स गर्दछन, उनीहरूलाइ प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुने गर्दछ । महिलाहरूको ढाड कम्मर दुखाइमा कमि हुन्छ ।वेबएमडीमा प्रकाशित अनुसन्धानमा बताइए अनुसार नियमित रूपमा सेक्स गर्नाले महिलाहरूमा ब्लेडर तथा पेल्विक फ्लोर मसल्स संग जोडिएका रोगहरू हटाउनमा मद्दत पुग्दछ ।
मोटोपन टाढा भगाउँछ
मोटोपनबाट पिडित मानिसहरूका लागी नियमित सेक्स क्यालोरी बर्न गर्ने सजिलो उपाय हो । कतिपय अनुसन्धानहरूले भने सेक्स गर्नु एउटा कसरत भन्दा पनि हुने बताएका छन ।
मानसिक पीडा घटाउँछ
यूनिभर्सिटी अफ न्यू जर्सी को अनुसन्धानमा भने अर्गेज्मको स्थितिले मानिसहरूलाइ पिडा कम गर्नका लागी एउटा पेनकिलरको जस्तै काम गर्दछ ।


यस्तो छ दैनिक सेक्स गर्नुका फाइदाहरू,एकपटक अवस्य पढ्नुपर्ने यस्तो छ दैनिक सेक्स गर्नुका फाइदाहरू,एकपटक अवस्य पढ्नुपर्ने Reviewed by khagendra joshi on Wednesday, December 12, 2018 Rating: 5

क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस।

Friday, November 30, 2018

काठमाडौं । चिकित्सकहरूका अनुसार शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर मानिन्छ । विश्वमा नै क्यान्सर प्रकोपका रूपमा फैलँदो छ ।
क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्छ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन ।
शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ ।
हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए । आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।
शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।
स्तन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज हुन सक्छ ।
उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ । लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।
दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।
अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ । विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ ।
क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस्

Friday, November 30, 2018

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ ।
त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भन्ने गरिन्छ । यो अवधिका शिशु संक्रमण अत्याधिक जोखिममा हुन्छन् । त्यसैले शिशुको उचित स्याहार नभएमा ठूलो दुर्घटना पनि निम्तन सक्छ ।
यस अवधिमा गरिने शिशुको स्याहारले पुरै जीवनलाई नै प्रत्यक्ष प्रभाव राख्छ । त्यसैले यस्तो समसयमा देखिने खतराका संकेतप्रति अति नै सम्बेदनशील हुनुपर्छ । बच्चाको सबैभन्दा बढी जानकार आमा भएकाले यस विषयमा आमाले अझ बढी ध्यान दिनुपर्छ ।  यी हुन् शिशुमा देखिने खतराका संकेत :
श्वास बढ्नु
शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ । यस अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुने गर्छ । यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो । यसरी स्वासदर बढेको अवस्थामा शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गरेको हुन्छ ।
नाभीको संक्रमण
नवजात शिशुलाई नाभीको संक्रमण हुने अत्यािधक सम्भावना हुन्छ । नाभी पाक्ने, नाभीबाट पीप बग्ने जस्ता समस्या भपएमो त्यो शिशुको लागि पछिसम्म खतरा हुन सक्छ ।
किनकी यसमा हुने समस्याले शरिरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ । त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहन जरुरी हुन्छ ।
सितांग हुन
बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ । बच्चा आमाको पेटको तापबाट वाहिर निस्कीसकेपछि उसले नयाँ तापक्रममा प्रवेश गर्छ । र, उ त्यही बाहिरी तापक्रममा एडजस्ट हुनुपर्छ ।
यद्यपी आमाको पेटको भन्दा वाहिरी तापक्रम कम हुन्छ । त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नु अतिआवश्यक हुन्छ । किनभने नवजात शिशुलाई कम चिसोले पनि समात्न सक्छ वा विरामी पार्न सक्छ ।
त्यसैले नवजात शिशु निमोनियाकोसमेत उच्च जोखिममा हुन्छन् । यस्ता बच्चाको शरिरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भएमा त्यसलाई सितांग भएको मानिन्छ । जुन नवजात शिशुको लागि खतराको संकेत हो ।
दुध चुस्न नसक्नु
खासगरि जन्मनेवित्तिकै नवजात शिशुले दुई काम-रुन र दुध चुस्न सक्छ । यदि नवजात शिशुले दुध चुस्न सकेन भने त्यो पनि अर्को खतराको संकेत हो ।
नसा सम्बन्धी समस्याको कारण शिशुले आमाको दुध चुस्न नसक्ने समस्या हुन्छ । यद्यपी कहिलेकाँही स्वासप्रश्वासमा बाधा उत्पन्न हुँद पनि शिशुले दुध चुस्न सक्दैन । यस्तो समस्याले बच्चालाई कमजोर त बनाउँछ नै विभिन्न संक्रमणले पनि सजिलै आक्रमण गर्छन् ।
अन्य संकेत
– काम्नु वा शरिरमा कम्पन आउनु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो ।
– त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि आउन सक्छ । यसलाई पनि खतराको संकेतको रुपमा लिइन्छ ।
– त्यसैले यसबारे आमा वा बच्चाको संरक्षक यसबारे जानकार हुन जरुरी हुन्छ । र, शिशुलाई यस्तो खतराबाट बचाउनको लागि सचेतता अपनाउनु पर्छ । यस्ता संकेत देखिएको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ ।
लेखक उपक्षेत्रीय अस्पताल, डडेल्धुराकी स्टाफ नर्स हुन्

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

के तपाई डिप्रेशनमा हुनुहुन्छ? डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?पढ्नुहोस।

Tuesday, November 13, 2018

डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?

                      
                       
जिन्दगीमा सँधै आफूले सोचेजस्तो हुँदैन । कहिलेकाहीँ लगातार परिस्थिती आफ्नो प्रतिकुल हुन सक्छ । यस्तोमा कहिलेकाहीँ मानिसलाई निराशाले सताइदिन्छ ।
भनिन्छ हरेक व्यक्ति जीवनको कुनै न कुनै मोडमा डिप्रेशनको शिकार बन्छ । कसैमा त डिप्रेशन यति हावी हुन्छ कि मानिसलाई आफ्नो अस्तित्व शुन्य लाग्छ र उनीहरु आफैँलाई कमजोर स्विकार्दै दयाको पात्र मान्न थाल्छन् ।
                   
एक अध्ययनका अनुसार संसारका दुईतिहाई मानिसहरु कुनै न कुनै रुपले डिप्रेशनको शिकार छन् । कारण जे पनि हुन सक्छ । जस्तैः आजको प्रतिस्पर्धात्मक युगमा पछाडि पर्नु, आत्मीय मानिसको साथ छुट्नु, आर्थिक समस्या, आधुनिक जीवनशैलीको पछाडि दौडँदादौडँदै थाक्नु आदी ।
डिप्रेशनबाट कसरी जोगिने ?
१. यस्ता मानिसहरुसँग संगत नगर्नुहोस् जसले तपाईंलाई कमजोर देखाउँछन् वा उनीहरुसँगै हुँदा तपाईंमा हिनताको भावना पलाउँछ ।
                   
२. उदासी वा निराशाको भावना पैदा हुनासाथ कुनै राम्रो साथी वा छिमेकीसँग कुरा गर्नुहोस् । मनपर्ने संगीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस् वा कतै बाहिर घुम्न निस्कनुहोस् । अर्थात कसरी हुन्छ, आप\mनो मन र विचारलाई अर्कै बाटोमा लैजानुहोस् ताकि तनाव टाढा होस् ।
३. आफूलाई कुनै रचनात्मक कार्यमा व्यस्त गर्नुहोस् । कसैलाई सहयोग गर्नुहोस् । यस्तो कार्यले आत्मविश्वास बढ्छ र आत्मसन्तुष्टी मिल्छ । यस्ता भावनाहरुले तनावलाई छुमन्तर गर्छ ।
४. आफैँसँग डराएर दुखी नहुनुहोस् । यदि कुनै काम गलत भएको छ भने नपछुताउनुहोस् । त्यसलाई भुल्नुहोस् । घोडा चढ्ने मानिस नै घोडाबाट लड्छ तर, फेरि उठेर आफ्नो गन्तव्यतर्फ बढ्छ भन्ने कुरा नर्बिसनुहोस् ।
जीवनलाई एक सिँढी मान्नुहोस् । यो सिँढीमा चढ्दाचढ्दै कहिलेकाहीँ लड्नुभयो भने पनि दोस्रोपटक सम्हालिनुहोस् र पुरै तागत लगाएर फेरि चढ्नुहोस् ।
५. जिन्दगीमा चाहेको सबै कुरा मिल्दैन । मनोवैज्ञानिकहरुका अनुसार जीवनको साना-साना उपलब्धीहरुमा खुसी हुनाले अगाडि बढ्ने उत्साह मिल्छ । तपाईं आधा भरिएको गिलासलाई आधा खाली भएको रुपमा नहेर्नुहोस् ।
६. असन्तुष्टीको भावनाले केही समयसम्म घेर्नु स्वभाविक नै हो । तर जब असफलतामा बारम्बार रुने गरिन्छ, यस्तो भावना स्थायी हुन्छ । यो स्थितीबाट बच्नुहोस् ।
यसको लागि कार्यप्रणाली र विचारमा परिवर्तन ल्याउनुहोस् । नयाँ तरिका, नयाँ प्रविधि अपनाउनुहोस् । हरेक हालतमा निराशाबाट टाढा हुने बाटो खोज्नुहोस् ।
७. आफ्नो विगतका असफलता तथा दःुखद अनुभवहरुलाई मनमा आउन नदिनुहोस् । भविष्यतर्फ दृष्टि राख्नुहोस् र वर्तमानमा जमाएर कदम राख्नुहोस् । लक्ष्यसम्म पुग्ने इच्छाले नै उत्साह जगाउँछ । यस्तोमा नकारात्मक विचारहरु आउने समय र ठाउँ दुवै मिल्दैन ।
८. हरेक दिन बच्चासँग केही समय बिताउनुहोस् । टिभीमा हाँस्य कार्यक्रम हेर्नुहोस्, चुट्किला पढ्नुहोस् र बच्चालाई पनि सुनाउनुहोस् । बच्चाहरु खुसी हुँदा तपाईंको खुसी दुई गुणा बढ्छ ।
९. नियमित एक्सरसाइज गर्नुहोस् । यसले खुसी दिनेवाला सेरोटिन हार्मोन उत्पन्न हुन्छ । साथै शरीर पनि स्वस्थ रहन्छ । यसले मनमा राम्रो भावनाहरु तथा सकरात्मक सोच उब्जिन्छ । एक्सरसाइजको सट्टा बिहान ‘मर्निङ वाक’ गर्न पनि सक्नुहुन्छ ।
१०. सँधै ब्यालेन्स डाइट लिनुहोस्, जंक फुडबाट बच्नुहोस् । यसबाट मनोबल उच्च रहन्छ । धुम्रपान र मदिरापानबाट टाढै रहनुहोस् ।
११. आफ्नो खास मित्र तथा परिवारजनसँग आफ्नो तनाव वा समस्याको बारेमा छलफल गर्नुहोस् । उनीहरुबाट कुनै नयाँ बाटो निस्कन सक्छ र डिप्रेसनबाट बाहिर आउन सकिन्छ ।
१२. अनावश्यक कुराहरु सोचेर समय बर्बाद नगर्नुहोस् । अरुलाई माफ गर्न सिक्नुहोस् । नकारात्मक घटना र विचारलाई भुल्न सिक्नुहोस् ।
१३. कसैलाई हेर्ने दृष्टिकोण बदल्नुहोस्, पुराना कुरामा मात्रै सँधै नअल्भिmनुहोस् । खुसी हुनको लागि रमाइला कुराहरु गर्नुहोस्, वरिपरिको वातावरण सुधार्न थोरै समय खर्च गर्नुहोस् ।
पार्कमा समय बिताउनुहोस्, पन्छीहरुको आवाज सुन्नुहोस् र स-साना कुरामा खुसी खोज्ने गर्नुहोस् । कुनै ठूलो सफलता र खुसी मिलेन भनेर मन अमिलो नबनाउनुहोस् ।
तपाईंको आफ्नो विचार र आत्मविश्वासले नै तपाइर्ंलाई तनावबाट बचाउँछ । तनावले नै डिप्रेशन निम्त्याउन सक्ने भएकाले हरसम्भव खुसी हुने प्रयास गर्नुहोस् ।

     

MORE  POST YOU CAN READ

के तपाई डिप्रेशनमा हुनुहुन्छ? डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?पढ्नुहोस। के तपाई डिप्रेशनमा हुनुहुन्छ? डिप्रेशनबाट बच्न के गर्ने के नगर्ने ?पढ्नुहोस। Reviewed by khagendra joshi on Tuesday, November 13, 2018 Rating: 5

Stress may impair memory and thinking skills

Thursday, November 01, 2018

Stress may impair memory and thinking skills

Its impact.

Researchers gave tests for memory, abstract reasoning, visual perception and attention to 2,231 people, average age 49 and free of dementia. They recorded blood levels of cortisol and did MRI examinations to assess brain volume.
The study, in Neurology, controlled for age, sex, education, body mass index, blood pressure and many other variables, and found that compared with people with average levels of cortisol, those with the highest levels had lower scores on the cognitive tests. In women, but not in men, higher cortisol was also associated with reduced brain volume. There was no association of the lowest cortisol levels with either cognitive test scores or brain size.
The lead author, Dr Justin B Echouffo-Tcheugui, an assistant professor of medicine at Johns Hopkins, said that the study suggests that even in people without symptoms, higher cortisol levels can be significant.
Still, he said, “This is an initial study. The next step is a prospective study before we jump to the conclusion that this is really important. It’s premature now to consider intervention.”

     

MORE  POST YOU CAN READ

Stress may impair memory and thinking skills Stress may impair memory and thinking skills Reviewed by khagendra joshi on Thursday, November 01, 2018 Rating: 5

Doctors put on hold nationwide strike

Monday, September 10, 2018

Doctors put on hold nationwide strike

Sep 11, 2018-
The Nepal Medical Association (NMA) has decided to halt protest programmes at hospitals that it had planned to start on Tuesday.
NMA General Secretary Dr Lochan Karki said on Monday they decided to withdraw the protest programmes after the government authorities, including Health Minister Upendra Yadav, assured during hours-long talks that the amendment proposal had been forwarded as per the association’s demands.
“The NMA will be forced to come up with further protest programmes if the Act is not amended as per the commitment made by the Ministry of Health and Population,” said Dr Karki.
In a press statement on Monday, the NMA has urged all health workers and doctors to continue with their ongoing nationwide programmes to mount pressure on the government until the Act is amended.
On September 3, the umbrella body of doctors in the country had postponed its phase-wise protest programmes by a week after an agreement with the government on amending the provisions of the newly-enforced Criminal Code related to medical negligence and recklessness by doctors.
NMA President Dr Mukti Ram Shrestha had warned the government of halting all non-emergency medical services across the country from Tuesday if the government missed this deadline.
Doctors put on hold nationwide strike Doctors put on hold nationwide strike Reviewed by khagendra joshi on Monday, September 10, 2018 Rating: 5

चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

Monday, September 03, 2018

चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

doctor-rally-1काठमाडौं, भदौ १७ : नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
यस्तै आजै नेपाल मेडिकल काउन्सिल गइ लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखिएको छ।
संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सिललाई आ(आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरेको छ ।
संघ करिब ५ हजार लाइसेन्स काउन्सिललाई बुझाउने तयारीमा छ।
भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ। चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन् ।
यसैगरी संघले देशभरका जिल्ला शाखाहरुले समेत प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने बताएको छ।
‘काठमाडौं उपत्यकाको हकमा अपरान्ह १० बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एप्रोन सहित अनिवार्य उपस्थित भई विरोध कार्यक्रम सञ्चालन गर्नु हुन समेत सम्पूर्ण स्वाथ्यकर्मी तथा चिकित्सकहरुमा हार्दिक अनुरोध गरिन्छ’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द Reviewed by khagendra joshi on Monday, September 03, 2018 Rating: 5

क्यान्सर अस्पताल ४७५ शय्याको हुने

Wednesday, August 29, 2018
क्यान्सर अस्पताल ४७५ शय्याको हुने
चितवन, १४ भदौ । विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो ।
हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा आचार्यले बताए ।
नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन् । अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा। आचार्यले बताए ।
टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ । हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् ।
नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।
अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर छ सय नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ थियो ।
गत वर्ष अस्पतालबाट एक लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन्
क्यान्सर अस्पताल ४७५ शय्याको हुने  क्यान्सर अस्पताल ४७५ शय्याको हुने Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ

Friday, August 17, 2018

भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ।



राजविराज १, भदौ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलमा आज एक समारोहबीच डायलायसिस सेवाको उद्घाटन गर्नुभयो ।
करीव रु १ करोडको लागतमा अस्पतालमा चार वटा डायलायसिस मेसिन जडान गरिएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले मुलुकमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध रहेकोछ भन्नुभयो ।
यो अस्पतालमा देखिएको चिकित्सकोे समस्या एक हप्ताभित्र समाधान हुने बताउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि सम्बन्धीत सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि रु ७६ करोड बजेट छुट्याइएको जानकारी दिँदै अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र सम्बन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आइपुग्ने बताउनुभयो ।
प्रदेश नं २ का भूमी व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं. २ का आठ वटै जिल्लामा पशु अस्पताल निर्माण गर्ने बताउनुभयो
भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ भन्छन्–स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छ Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता

Monday, August 13, 2018

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता?



कठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको व्यवस्था अनुरुप खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान गरिएको हो। 
सोमबार सूचना प्रकाशित गरी मागिएको दरखास्त अवधि ७ दिनको हुनेछ । दरखास्त दिँदा शैक्षिक योग्यताको प्रतिलिपी, बायोडाटा, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र र उक्त पदमा नियुक्त भएमा आफूले गर्ने प्रस्तावित कार्ययोजना र प्रतिवद्धता समेत संलग्न गर्नुपर्नेछ।
बीमा ऐन अनुसार बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्न पूर्णकालीन पदाधिकारीको रूपमा कार्यकारी निर्देशक रहनेछ । जसको पदावधि चार वर्षको हुनेछ र बढीमा एक पटकको लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्था ऐनमा छ।
योग्यता कति ? 
कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि योग्यता तोकिएको छ। जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनपर्छ । उमेर ६५ वर्ष ननाघेको हुनुपर्छ ।
कसरी गरिन्छ नियुक्त  ?
कार्यकारी निर्देशकका लागि सिफारिस समितिको व्यवस्था गरिएको छ ।  लोक सेवा आयोगको अध्यक्ष वा उनले तोकेको आयोगको सदस्य संयोजक हुनेछन् । अर्थशास्त्र, व्यवस्थापन, वित्त, कानून, स्वास्थ्य अर्थशास्त्र तथा बीमा विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त व्यक्तिहरू मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना सदस्य र स्वास्थ्य मन्त्रालयको सचिव सदस्य–सचिव हुनेछन् । 
यो समितीले योग्यता पुगेको व्यक्तिमध्येबाट तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ । बमोजिम सिफारिस भएका व्यक्तिहरू मध्येबाट एक जनालाई नेपाल सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नेछ ।

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता Reviewed by khagendra joshi on Monday, August 13, 2018 Rating: 5
Powered by Blogger.