कुनै दिन तपाईको निद्रा गडबड भयो । राम्ररी सुत्न सक्नुभएन । भोलिको दिन तपाई उस्तै उर्जाका साथ, फूर्तिका साथ काम गर्न सक्नुहुन्छ ?
पक्कै सन्नुहुन्न ।
अल्छी लाग्छ । शरीर बोझिलो हुन्छ । घरीघरी तन्द्रमा छु जस्तो लाग्छ । यसको अर्थ के भने, निद्रा हामीलाई त्यती नै आवश्यक छ, जति खाना, पानी र हावा ।
पर्याप्त निद्रा लिइएन वा सुतिएन भने अनेकन शारीरिक समस्या सुरु हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन आदि । भनिन्छ, जब हामी राती सुत्छौं, तब शरीरका कतिपय अंगले आफ्नो काम गर्छ । राम्ररी निद्रा नलिइएको अवस्थामा ति काम राम्ररी हुन पाउँदैन ।
अर्कोतर्फ शरीर जति अवधी सक्रिय रहन्छ उत्तिनै अवधी विश्राम पनि खोज्छ । यसकारण निद्रा अनिवार्य र महत्वपूर्ण छ ।
निद्रा कति लिने ?
स्वास्थ्य विज्ञानले भन्छ, वयस्कका लागि दैनिक सात वा आठ घण्टा । हामी सुन्छौं, कतिपय व्यक्ति पाँच, छ घण्टा निदाए पनि पर्याप्त हुन्छ । यसबाट के बुझ्नुपर्छ भने निद्रा किन अवधी लिने भन्ने कुरा भन्दा निद्रा कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो ।
निद्रा र स्वास्थ्यको साइनो
आफ्नो समग्र स्वास्थ्यको लागि तपाईंले गर्न सक्ने मध्ये एक सबैभन्दा महत्वपूर्ण चीज हो रातमा राम्रोसँग निदाउनु ।
पर्याप्त निन्द्राले शरीरलाई अघिल्लो दिनको तनाव हटाएर ताजा हुने समय र शक्ति प्रदान गर्छ ।
राम्रो निन्द्रा तपाईंलाई पुरै दिनभर सचेत र ध्यानकेन्दि्रत बनाउन सक्षम हुन्छ । यदि तपाईंलाई राम्रोसँग निदाउनको लागि कसरी सुत्ने थाहा छ तर तपाईं पुरै रात राम्रोसँग सुत्न पाउनुभएको छैन भने यस्ता धेरै चीजहरु छन् जसले तपाईंलाई रातमा शान्तिपूर्ण निन्द्रा सुनिश्चित गर्छ ।
आरामदायक निन्द्राको लागि तपाईंले निम्नअनुसारको सजिलो तरिका अपनाउनु राम्रो हुन्छ
विधि १. सुत्दा यी चीजमा ध्यान दिने
१. बेलुका तातो पानीले नुहाउनुहोस् वा शावर लिनुपर्छ
यसले आराम पुर्याउनाको साथै यसपछि शरीर चिसो हुन्छ जसले तपाईंलाई राम्रो ढंगले सुत्नमा सहायक हुन्छ ।
२. नग्न अवस्थामा सुत्ने
क्लिभल्याण्ड स्लिप क्लिनिकका स्लिप स्पेसलिस्टका अनुसार नग्नावस्थामा सुत्नु तपाईंको तापक्रम नियमित गर्नमा सहायक हुन्छ । मौसम अनुसारको सिरक वा ब्लाङ्केट र तकियाको उपयोग गरेर सुविधाजनक तापक्रम प्राप्त गर्नुहोस् । सामान्य रुपमा थोरै चिसो सहनु सबैभन्दा राम्रो हुन्छ ।
यदि तपाईंको कोठा धेरै चिसो छैन भने त सुत्दा तपाईंको टाउको र हात सिरक भन्दा बाहिर राख्न राम्रो हुन्छ ।
आफ्नो ओछ्यान नजिकै एक अतिरिक्त ब्ल्याङ्केट राख्नुहोस् ताकी चिसो लागेमा त्यसको प्रयोग गर्न सकियोस् । आफ्नो खुट्टालाई नदेखेको जस्तो नगर्नुहोस् । चिसो खुट्टाको कारणले तपाईंको निन्द्रा खुल्न सक्छ ।
नग्नअवस्थामा सुत्न मनपर्दैन भने खुकुलो कटनको पाइजामा लगाएर सुत्न सबैभन्दा राम्रो हुन्छ किनभने कटनले अन्य कुनै फेबि्रकभन्दा धेरै सजिलोसँग हावालाई वारपार जान दिन्छ ।
३. अलग अलग पोजिसनमा सुत्नुहोस्
आफ्नो सुत्ने पोजिसन परिवर्तन गर्नाले निन्द्राको गुणस्तरमा धेरै ठूलो अन्तर पैदा गर्न सकिन्छ । जब, तपाईं सुत्न जानुहुन्छ वा आधारातमा तपाईंको निन्द्रा खुल्छ भने यी दिशानिर्देशलाई बानी नबनेसम्म सचेत रुपले पालन गर्ने प्रयास गर्नुहोस् ।
आफ्नो शरीरलाई मध्य रेखा पोजिसनमा राख्नुहोस जहाँ तपाईंको टाउको र घाँटी लगभग सीधा होस् । यसले तपाईंलाई सजिलोसँग सुत्न सहयोग गर्छ ।
पेटको बलले वा घोप्टो परेर नसुत्नुहोस् । यसरी सुत्दा दुखाई र पिडा हुन सक्छ । यदि तपाईं घोप्टो परेर सुत्न चाहनुहुन्छ भने आफ्नो तकिया आफ्नो टाउकोको सट्टा आफ्नो कम्मरमा राख्नुहोस् ।
निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
Reviewed by khagendra joshi
on
Sunday, November 25, 2018
Rating:
Reviewed by khagendra joshi
on
Sunday, November 25, 2018
Rating:


No comments: