अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

Friday, November 30, 2018

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी पर्नु भएको थियो । 
त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उहाँको भूमिका महत्वपूर्ण छ ।
उहाँका  छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बन्नुभएको थियो ।
अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुनुहुन्छ । यसअघि जोन आडम्स र उहाँका छोरा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । 
पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भन्नु भएको छ, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ । जर्ज हर्बर्ट वाकर बुशलाई गुमाउँदा हाम्रो मन आज निकै भारी भएको छ ।’ 
अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

ICC panel discussing steps to end Nepal cricket stalemate

Friday, November 30, 2018

Kathmandu, November 30
A meeting of the monitoring committee constituted by the International Cricket Council to find a solution to a dispute seen in the Cricket Association of Nepal (CAN) is taking place on December 8.
According to suspended CAN chair Chatur Bahadur Chand, ICC representatives, and representatives from the National Sports Council (NSC) and CAN will be participating in the meeting, which will also see formal discussions about the CAN’s district elections.
The first meeting held in mid-July in Kathmandu had agreed to study documents regarding district elections and give authenticity to the elections completing the due processes.
The same meeting had urged the bodies concerned to take back the case registered in the court and dissolve the CAN ad-hoc committees.
But the stand of the suspended CAN is that the case could not be pulled back from the court until a road map was created for the resolution of problems.
It may be noted that the October 27 meeting of the executive committee of suspended CAN had agreed in principle to take back the writ registered some two years ago, naming the NSC as defendant.
ICC panel discussing steps to end Nepal cricket stalemate ICC panel discussing steps to end Nepal cricket stalemate Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला

Friday, November 30, 2018

१५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा श्रृंखला खतिवडा उत्कृष्ट २० मा परेकी छन् । नेपालकी सुन्दरी श्रृंखला आफ्नो समूहबाट पहिलो हुँदै टप ट्वान्टीमा पर्न सफल भएकी हुन् । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन् ।
१२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।
श्रृंखला मल्टिमिडिया अवार्डको बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा उनका लागि फाइनलमा पुग्ने ढोका खुल्छ ।
मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति छ । यी तीनमध्ये कुनै एकमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट फाइनलमा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।
श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।
विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला।

Friday, November 30, 2018

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।
उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए । 
जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।
२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सपाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । 
आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’ 
परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।
दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठीन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ । दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।
‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्‍यो । त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।
सजिलो थिएन यहाँसम्मको यात्रा
सानो छँदा पहाडमा उकाली–ओराली गर्न उहाँलाई सहज थिएन । आमा बुवाले नै काँधमा बोकेर विद्यालय पुर्‍याउने, ल्याउने काम गर्नुभयो । बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ उच्च शिक्षा हासिल गर्न कैलाली झर्नुभयो । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उहाँलाई सहज भयो । तर शारीरिक अवस्थाले अध्ययनमा कठीनाइ त छँदै थियो । धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उहाँले कठिनाइ झेल्नु पर्‍यो । अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगत अहिले पनि उहाँको स्मरणमा ताजा छ ।
मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला। मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस।

Friday, November 30, 2018

काठमाडौं । चिकित्सकहरूका अनुसार शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर मानिन्छ । विश्वमा नै क्यान्सर प्रकोपका रूपमा फैलँदो छ ।
क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्छ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन ।
शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ ।
हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए । आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।
शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।
स्तन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज हुन सक्छ ।
उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ । लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।
दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।
अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ । विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ ।
क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस्

Friday, November 30, 2018

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ ।
त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भन्ने गरिन्छ । यो अवधिका शिशु संक्रमण अत्याधिक जोखिममा हुन्छन् । त्यसैले शिशुको उचित स्याहार नभएमा ठूलो दुर्घटना पनि निम्तन सक्छ ।
यस अवधिमा गरिने शिशुको स्याहारले पुरै जीवनलाई नै प्रत्यक्ष प्रभाव राख्छ । त्यसैले यस्तो समसयमा देखिने खतराका संकेतप्रति अति नै सम्बेदनशील हुनुपर्छ । बच्चाको सबैभन्दा बढी जानकार आमा भएकाले यस विषयमा आमाले अझ बढी ध्यान दिनुपर्छ ।  यी हुन् शिशुमा देखिने खतराका संकेत :
श्वास बढ्नु
शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ । यस अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुने गर्छ । यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो । यसरी स्वासदर बढेको अवस्थामा शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गरेको हुन्छ ।
नाभीको संक्रमण
नवजात शिशुलाई नाभीको संक्रमण हुने अत्यािधक सम्भावना हुन्छ । नाभी पाक्ने, नाभीबाट पीप बग्ने जस्ता समस्या भपएमो त्यो शिशुको लागि पछिसम्म खतरा हुन सक्छ ।
किनकी यसमा हुने समस्याले शरिरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ । त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहन जरुरी हुन्छ ।
सितांग हुन
बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ । बच्चा आमाको पेटको तापबाट वाहिर निस्कीसकेपछि उसले नयाँ तापक्रममा प्रवेश गर्छ । र, उ त्यही बाहिरी तापक्रममा एडजस्ट हुनुपर्छ ।
यद्यपी आमाको पेटको भन्दा वाहिरी तापक्रम कम हुन्छ । त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नु अतिआवश्यक हुन्छ । किनभने नवजात शिशुलाई कम चिसोले पनि समात्न सक्छ वा विरामी पार्न सक्छ ।
त्यसैले नवजात शिशु निमोनियाकोसमेत उच्च जोखिममा हुन्छन् । यस्ता बच्चाको शरिरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भएमा त्यसलाई सितांग भएको मानिन्छ । जुन नवजात शिशुको लागि खतराको संकेत हो ।
दुध चुस्न नसक्नु
खासगरि जन्मनेवित्तिकै नवजात शिशुले दुई काम-रुन र दुध चुस्न सक्छ । यदि नवजात शिशुले दुध चुस्न सकेन भने त्यो पनि अर्को खतराको संकेत हो ।
नसा सम्बन्धी समस्याको कारण शिशुले आमाको दुध चुस्न नसक्ने समस्या हुन्छ । यद्यपी कहिलेकाँही स्वासप्रश्वासमा बाधा उत्पन्न हुँद पनि शिशुले दुध चुस्न सक्दैन । यस्तो समस्याले बच्चालाई कमजोर त बनाउँछ नै विभिन्न संक्रमणले पनि सजिलै आक्रमण गर्छन् ।
अन्य संकेत
– काम्नु वा शरिरमा कम्पन आउनु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो ।
– त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि आउन सक्छ । यसलाई पनि खतराको संकेतको रुपमा लिइन्छ ।
– त्यसैले यसबारे आमा वा बच्चाको संरक्षक यसबारे जानकार हुन जरुरी हुन्छ । र, शिशुलाई यस्तो खतराबाट बचाउनको लागि सचेतता अपनाउनु पर्छ । यस्ता संकेत देखिएको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ ।
लेखक उपक्षेत्रीय अस्पताल, डडेल्धुराकी स्टाफ नर्स हुन्

नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस।

Friday, November 30, 2018

१४ मंसिर, मोरङ । जनता नमुना स्कुल विराटनगरको विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावकलाई हातपात गरेकी छन् । व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावक प्रतिनिधिमाथि हातपात गरेकी हुन् ।
स्कुलमा गत असार ३२ गते विद्यालय व्यवस्थापन समिति गठन भए पनि बैठक बस्न सकेको थिएन । शुक्रबार बिहान ८ बजेदेखि बसेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद हुदा शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरेकी हुन् ममताको हातमा चोट लागेको छ ।
विराटनगर महानगरपालिका– २ का वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको छलफलमा बैठकको निर्णय लेख्ने बिषयमा विवाद भएको थियो । विवादपछि निर्णय पुस्तिका खोस्ने क्रममा नेपालीले कर्णमाथि हातपात गरेकी हुन् । विवादपछि निर्णय पुस्तिका (माइन्युट) प्राध्यानाध्यापक बिजय रौनियारले दराजमा राखेका थिए । बैठकमा विवाद भएपछि नेपालीले दराजको चाबी बोकेर हिँडेकी थिइन् ।
समितिमा दुई जना सदस्य मनोनीत गर्ने विषयमा विवाद भएको थियो । ४ जना अभिभावक प्रतिनिधि र वडा अध्यक्षसहित पाच जनाले सदस्य मनोनित गर्ने निर्णय लेख्नुपर्छ भनेपछि नेपालीले माइन्युट राखेको दराजको चाबी लिएर हिडेकी थिइन् ।
बैठकमा आफूमाथि कुटपिट भएको ममताले गुनासो गरिन् । ‘असारदेखि मिटिङ बसेको थिएन् ’ ममताले भनिन् ‘माइन्यूट गर्नुपर्छ भन्दा शिला नेपालीले दराजको चाबी लिएर जान खोजिन रोक्न खोज्दा हातपात गरिन् ।’
शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधिबीच विवाद हुँदा वडाअध्यक्ष कुमार पोखरेल साक्षी थिए । ‘विद्यालय सुधार गरौं भनेर निर्वाचित भएदेखि नै लागि परेको छु’ पोखरेलले भने ‘सबै सहयोग गर्छु भन्दा पनि मान्दैनन् ।’
विद्यालयका प्राध्यानाध्यापक विजय रौनियार भने सामान्य विवाद भएको बताउछन् । माइन्यूट लेख्ने बिषयमा सामान्य विवाद भएको बताउदै उनले आफूले मिलाउने प्रयत्न गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस। विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।

Friday, November 30, 2018

मंसिर १४,आज सुदुर का सान रबि ओड ले सर्बधिक 
मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
अझै नेपाल आइडलको यात्रा अघाडी बढदै जाओस।
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ अन्तर्गत आज (शुक्रबार) पवन गिरी बाहिरिएका छन् । उनी दर्शकले दिएको भोटका आधारमा आइडलबाट बाहिरिएका हुन् । 


यो सँगै नेपाल आइडलको ‘टप फाइभ’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी ‘टप फाइभ’ मा पुग्न सफल भएका छन् ।आज सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा बाँकी रहेका रविले सर्वाधिक भोट प्राप्त गरे । 
सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ। सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग

Friday, November 30, 2018

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ ।
पार्टीको विधान मस्यौदा समितिले पेश गरेकोे विधान संशोधन मस्यौदामाथि दोस्रो दिन शुक्रबार पनि छलफल भइरहेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरु बालकृष्ण खाँड, चन्द्र भण्डारी, रामकृष्ण यादव, कमला पन्तलगायतका आठजना नेताहरुले विधानको मस्यौदामाथिको छलफलमा भाग लिनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
विधान जस्तो गम्भीर विषय टुंगो लगाउनु पर्ने भएकाले यो बैठक एक सातासम्म चल्ने पनि उहाँले जानकारी दिनुभयो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ ।
बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।
प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्ति, एक पद’को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म आठवटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको चुनावमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा तीन जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताउनुभयो । विधानअनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ ।
सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ । प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रीय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

जसले जे सोचे पनि म देखाइरहन्छु : सुमी मोक्तान

Friday, November 30, 2018

काठमाडौं । सुमी मोक्तानको एउटा बिकिनी तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ । समुद्री किनारमा उनले पियर्सिङ गरेको शरिरसहितको बिकीनी तस्बिर इन्स्टामा राखेकी थिइन् ।
२ रुपैंया फिल्मको एउटा आइटम गीतमा उनको नृत्य चलेको थियो । उनी प्राय विदेश भ्रमणमा रहने गरेकी छन् । उनी कहिलेकाहीँ तस्बिरसँगै केही प्रतिक्रिया लेख्छिन् ।
‘जसले जे सोचे पनि म देखाइरहन्छु’ भन्दै ठाडो उत्तरसहित उनले तस्बिर पोस्ट गरेकी थिइन् । उनले यसलाई कला पनि भनेकी छन्, मिहेनत गरेर शरिर बनाएको पनि दाबी गरेकी छन् ।
जसले जे सोचे पनि म देखाइरहन्छु : सुमी मोक्तान जसले जे सोचे पनि म देखाइरहन्छु : सुमी मोक्तान Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

ईपीएलका लागि चितवनको खेलाडी कोटा पूरा, इंग्ल्यान्डका जर्ज स्कट अनुबन्धित

Friday, November 30, 2018

१४, मंसिर, चितवन । मंसिर २२ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि चितवन टाइगर्सले इंग्ल्यान्डका अलराउण्डर जर्ज स्कटलाई अनुबन्धित गरेको छ ।
इंग्ल्यान्डमा मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलिरहेका २३ वर्षीय स्कटलाई चितवन टाइगर्सले अन्तिम विदेशी खेलाडीको रुपमा आफ्नो टिममा भित्र्याएको हो । उनी दायाँ हाते व्याट्सम्यान र दायाँ हाते तीब्र गतिका बलर हुन् । जर्ज स्कटसँग पाँच वटा फर्स्ट क्लास, दुई लिस्ट ‘ए’ र १५ टी–ट्वान्टी क्रिकेट खेलेको अनुभव छ ।
अन्तिम विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्धन गरिएसँगै आफ्नो टिम मजबुत र सन्तुलित भएको चितवनका मालिक किशोर भट्टराईले बताएका छन् । युवा खेलाडीहरुले भरिएको चितवनले यस पटकको ईपीएलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
चितवनले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा आयरल्यान्डका अलराउण्डर पाउल स्टर्लिङ र इंग्ल्याडका अलराउण्डर जोहन सिम्पसनलाई आबद्ध गरिसकेको छ ।
टिममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसँगै पृथु बास्कोटा, दिलीप नाथ, सन्दीप सुनार, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आदिल खान, इसान पाण्डे र सागर ढकाल रहेका छन् ।
मंसिर २२ देखि पुष ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ६ टिमको सहभागिता रहेको छ ।
ट्यालेन्ट हन्टबाट पाँच खेलाडी छनोट
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको टिम चितवनले ट्यालेन्ट हन्टबाट पाँच जना खेलाडी छनोट गरेको छ ।
यसरी छनोट हुने खेलाडीमा आकाश थापा, गौतम केसी, अभिनास बस्याल, प्रशान्त महत र संघर्ष पौडेल रहेका छन् । छनौट भएका पाँचै जना खेलाडीलाई क्लोज क्याम्पमा राखी अन्तिम नाम प्रकाशन गरिने चितवनले बताएको छ ।
नारायणगढस्थित क्याम्पा चौरमा बुधबार चितवन क्रिकेट संघको सहकार्यमा भएको ट्यालेण्ट हण्टमा ४६ जना युवा खेलाडीको सहभागिता रहेको थियो । ट्यालेण्ट हण्टमा जिल्लाका विभिन्न ठाउँबाट १३ वर्षदेखि माथिका खेलाडीलाई सहभागिता गराएको थियो ।
ईपीएलका लागि चितवनको खेलाडी कोटा पूरा, इंग्ल्यान्डका जर्ज स्कट अनुबन्धित ईपीएलका लागि चितवनको खेलाडी कोटा पूरा, इंग्ल्यान्डका जर्ज स्कट अनुबन्धित Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल

Friday, November 30, 2018

सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । 
जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत फैसला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । 
दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक-पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते बाह्रबिसे ‘ङ’ ले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय प्रतिवादी बाह्रबिसे ‘घ’ विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो । 
श्रेस्तदार पौडेलका अनुसार साउनदेखि यता सम्बन्ध विच्छेद र बलात्कार तथा बलात्कार प्रयास मुद्दामा वद्धि भएको छ ।
छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष जेल Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

भाडामा गर्लफ्रेन्ड, के–के गर्न पाइन्छ ?

Thursday, November 29, 2018

आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । तर गर्लफ्रेण्ड भएका तन्नेरीहरुको पनि आफ्नै पीडा हुन्छ । प्रेमिकाको नखरा तथा माग पूरा गर्न नसकेर हैरान भएका दुखेसो सुन्न पाइन्छ उनीहरुबाट । सायद युवकहरुको यहीँ अवस्थालार्ई मध्यनजर गर्दै अहिले भाडामै गर्लफ्रेण्ड उपलब्ध गराउने सेवा सुरु भएको छ ।
हो, छिमेकी मुलुक चीनमा झण्डै २० रुपैयाँ खर्चमा एक सुन्दर गर्लफ्रेण्ड भाडामा पाइन्छ ।
चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।
यसरी भाडामा लिएका गर्लफ्रेण्डबाट के–के सुविधा पाइन्छ त ? धेरै आशा नगरे हुने रहेछ । ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।
भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।
भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ ।
रोचक त के भने त्यहाँ गर्लफ्रेण्ड मात्र होइन, ब्वायफ्रेण्ड पनि भाडामा पाउन सकिन्छ ।
भाडामा गर्लफ्रेन्ड, के–के गर्न पाइन्छ ? भाडामा गर्लफ्रेन्ड, के–के गर्न पाइन्छ ? Reviewed by khagendra joshi on Thursday, November 29, 2018 Rating: 5

सन्दीपकाे टिमले अाज बंगाल टाइगर्ससँग खेल्दै, प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने

Thursday, November 29, 2018

यूएईमा जारी टी–१० क्रिकेट लिग 
अन्तर्गत सुपर लिगमा शुक्रबार सन्दीप लामिछानेको केरला नाइट्सले बंगाल टाइगर्ससँग खेल्दैछ । 
सारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सुपर लिगमा ५ खेलमा तीनमा हार ब्यहोरेको सन्दीपको टिम केरलाले प्लेअफमा पुग्न बाँकि दुई खेल जित्नै पर्नेछ भने अरु टिमको नजितामा पनि भर पर्नुपर्ने हुन्छ ।
प्रतियोगितामा बिहीबार भएको वारियर्स विरुद्धको खेलमा सन्दीपको टिमले आठ विकेटका हार ब्यहोरेको थियो । जसमा सन्दीप निकै महंगो बलर बनेका थिए ।
उनले दुई ओभरमा ४७ रन दिएका थिए । जसमा ७ छक्का खाएका थिए । प्रतियोगितामा ६ विकेट लिएका सन्दीपको टिम केरालाको ५ खेलबाट मात्र तीन अंक रहेको छ ।
सन्दीपकाे टिमले अाज बंगाल टाइगर्ससँग खेल्दै, प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने सन्दीपकाे टिमले अाज बंगाल टाइगर्ससँग खेल्दै, प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने Reviewed by khagendra joshi on Thursday, November 29, 2018 Rating: 5

डिएसपीलाई फोनमा मै हुँ हत्या गर्ने भनेपछि…

Thursday, November 29, 2018

दोलखा, १४ मंसिर । जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो ।
डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? नागरिक दैनिकले समाचार छापेको छ ।
उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठूलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान् हुँ ।
तपाईका पुलिस मेरोपछि लागेका छन् रे । पछि नलाग्नु भन्नुस् । मेरो साथमा दुई मिटर नाईलनको डोरी पनि छ ।
तपाईका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ । आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु । नभए रुखमा झुन्डिएर आत्महत्या गर्छु ।
फोनमा कुरा गर्दा गर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरूलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन सँकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन् ।
डिएसपीलाई फोनमा मै हुँ हत्या गर्ने भनेपछि… डिएसपीलाई फोनमा मै हुँ हत्या गर्ने भनेपछि… Reviewed by khagendra joshi on Thursday, November 29, 2018 Rating: 5

शृङ्खलाले आसु झार्दै भनिन आज अन्तिमदिन सेयर गर्दिनु पिल्ज !

Wednesday, November 28, 2018

यो पोस्ट सबै नेपाली समक्ष सेयर गरेर पुराइदिनुहोला (share share ) #Important_Notice #Share_onGroup
हिजो सम्म ४०.०१ % भोटिङ भएको मा आहिले घटेर ३६.६१% मा झरेको छ । र नेपालको भोट घट्ने क्रममा छ !
अन्य प्रतिस्पर्धाीको बढ्दै गएको छ । नेपाललाई अझै धेरै भन्दा धेरै भोट को आवश्यकता हुन्छ !
धेरै जनालाई भोट गर्ने तरिका अझै थाहा नभएको हुनाले
तल भोट गर्ने तरिका हेर्नुहोला !!
यो पोस्ट चारैतिर सेयर गर्नुहोला । जति सक्नुहुन्छ सेयर गर्नुहोला! ( vote & Share &Boost)
Miss world 2018
#shrinkhala ????????????♥️
#missworld2018Nepal ???????? ???????? ????????
#goodLuckNepal
???? Shrinkhala Khatiwada
vote गर्ने तरिका
तलका चार तरिका बाट भोट गर्नुपर्छ!
1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)
3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)
4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!
शृङ्खलाले आसु झार्दै भनिन आज अन्तिमदिन सेयर गर्दिनु पिल्ज ! शृङ्खलाले आसु झार्दै भनिन आज अन्तिमदिन सेयर गर्दिनु पिल्ज ! Reviewed by khagendra joshi on Wednesday, November 28, 2018 Rating: 5

एक शिक्षक एक ल्यापटप’ अभियानमा मुक्तिनाथ विकास बैंकको साथ

Wednesday, November 28, 2018

काठमाडौँ, १३ मंसिर । नेपालका सरकारी, सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गन अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमिटेड र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपालका तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरे ।
यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा नीजि विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ ।
यो कर्जा मुक्तिनाथ विकास बैंकको नेपालभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ । यसबाट विद्यालय, शिक्षक र विद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।
शिक्षण सिकाई कार्यमा सुधार ल्याएर प्रविधियुक्त विद्यालय बनाई श्रृब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ ।
एक शिक्षक एक ल्यापटप’ अभियानमा मुक्तिनाथ विकास बैंकको साथ एक शिक्षक एक ल्यापटप’ अभियानमा मुक्तिनाथ विकास बैंकको साथ Reviewed by khagendra joshi on Wednesday, November 28, 2018 Rating: 5

भारतको रेकर्डलाई तोड्दै नेपाली चेली वन्दनाले राखिन नयाँ विश्व रेकर्ड (पढ्नुहोस)

Wednesday, November 28, 2018

धनकुटाकी वन्दना नेपालले निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । गिनिज बुकमा नाम लेखाउनका लागि काठमाडौँ आएकी उनले लगातार १ सय २६ घण्टा नाचेर वल्र्ड रेर्कड कायम गरेकि हुन्।
गिनिज बुकमा नाम लेखाउने उद्देश्यले उनी मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा नृत्य गरिरहेकी थिइन्।
गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ। भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएकी थिइन्।
चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यु समेत हुने जोखिम हुन्छ । तर, बन्धनाले लगातार १ सय १६ घण्टा बढी नाचेर नेपालको नाम राखेकी हुन्।
भारतको रेकर्डलाई तोड्दै नेपाली चेली वन्दनाले राखिन नयाँ विश्व रेकर्ड (पढ्नुहोस) भारतको रेकर्डलाई तोड्दै नेपाली चेली वन्दनाले राखिन नयाँ विश्व रेकर्ड (पढ्नुहोस) Reviewed by khagendra joshi on Wednesday, November 28, 2018 Rating: 5

आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित Share

Tuesday, November 27, 2018

वीरगञ्ज, १२ मंसिर । ठगी र जालसाजी गरेको अभियोगमा पर्सा प्रहरीले सन्तोषकुमार पाण्डेलाई पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो । धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय पाण्डेले अनुसन्धानमा जागिर लगाइदिने भन्दै सात लाख २० हजार ठगी गरेका थिए । पाण्डे वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।
ठगी गर्नका लागि पाण्डेले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरूलाई दिएका थिए ।
उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भनेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोइरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।
आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित Share आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित  Share Reviewed by khagendra joshi on Tuesday, November 27, 2018 Rating: 5

यी हुन् विप्लवलाई टक्कर दिने नेता, पार्टीभित्र काण्डैकाण्ड

Tuesday, November 27, 2018

काठमाडौं, १२ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दुई शीर्ष नेताहरूबीच ठूलो मतभेद चुलिएको छ । दुई शीर्ष नेताहरूबीच विवाद बढेपछि पार्टी विभाजनको चर्चा समेत हुन थालेको छ ।
काठमाडौंमा मंसिर ८ गते भएको जनसभामा विप्लव नआएपछि पार्टीभित्रको विवाद बाहिर आएको हो । नेकपाका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का गतिविधिबाट रुष्ट बनेका विप्लवले अन्तिम समयमा काठमाडौंको जनसभामा नआउने निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यस अगाडि नेकपाले मंसिर ८ गतेको जनसभालाई विप्लवले सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो । जनसभाको तयारी प्रकाण्ड आफैले गरेका थिए ।
विप्लवले प्रकाण्डलाई आर्थिक विभागको जिम्मेवारी दिएका छन् । प्रकाण्डले चन्दा संकलनलाई अपारदर्शी बनाएपछि विप्लव रिसाएका छन् । प्रकाण्डको आर्थिक काण्डबाट विप्लव दिक्क रहेको एक नेताले बताए । ‘प्रकाण्ड आर्थिक मामिलामा अलिक लोभ गर्नु हुन्छ’, नेकपाको उच्च स्रोतले भन्यो, ‘प्रकाण्डले संगठन सुदृढीकरणमा पनि विप्लवलाई असहयोग गरिरहनु भएको छ ।’
यसैबीच, प्रकाण्डले अधिकांश जनवर्गीय संगठनहरूमा समानान्तर कमिटी बनाएका छन् । पत्रकारहरूको संगठनबाट उत्पन्न भएको विवाद अरु संगठनमा पनि देखा परेको छ ।
नेकपाको स्वास्थ्यकर्मीहरूको संगठनमा पनि समानान्तर कमिटी बनेको छ । युवा, विद्यार्थी, पत्रकार लगायतका जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनेका छन् ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले प्रमोद योगीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा गरेको थियो । त्यसको लगत्तै प्रकाण्ड समूहले टीका कँडेलको अध्यक्षतामा अर्को समानान्तर कमिटी बनाएको छ ।
युवा संगठनमा पनि बाबुराम राईलाई संयोजक बनाएपछि प्रकाण्डले असन्तुष्टि जनाएका छन् । युवा संगठनमा पनि विवाद छ । मजदुरहरूको संगठनमा पनि विवाद भएपछि अहिले विघटित अवस्थामा रहेको छ ।
प्रकाण्डले आफ्ना छोरालाई विद्यार्थी संगठनमा कोषाध्यक्ष बनाएका छन् । यो कुरा विप्लवलाई मन परेको छैन ।
प्रकाण्डले प्रहरीको हिरासतबाट बाहिर आएपछि विप्लवलाई असहयोग गर्दै आएका छन् । त्यस्तै भयो भने विप्लव र प्रकाण्ड अलग अलग बाटोमा जानेसम्मको तयारी भएको स्रोतको दाबी छ ।
साउन २२ गते प्रकाण्ड राजधानीबाट पक्राउ परेपछि प्रकाण्ड र विप्लवबीच विवाद भएको भनेर समाचार आएका थिए । विप्लवकै सूचनाका आधारमा प्रकाण्ड पक्राउ परेको चर्चा समेत भएको थियो । प्रकाण्ड कात्तिक ९ गते रिहा भएपछि विप्लवसँग झन् दुरी बढेको चर्चा छ । पछिल्लो समय विप्लवले प्रकाण्डलाई शुरुवाती दिनमा जस्तो विश्वास गर्दैनन् ।
महासचिव विप्लवले प्रकाण्डलाई मकवानपुरबाट काठमाडौं नजान दवाव दिएका थिए । तर, अटेर गरेर काठमाडौं आउँदै गर्दा प्रकाण्ड दक्षिणकालीबाट पक्राउ परेको स्रोतले जनाएको छ ।
यी हुन् विप्लवलाई टक्कर दिने नेता, पार्टीभित्र काण्डैकाण्ड यी हुन् विप्लवलाई टक्कर दिने नेता, पार्टीभित्र काण्डैकाण्ड Reviewed by khagendra joshi on Tuesday, November 27, 2018 Rating: 5

हिरोइन भेट्न नपाउँदा कांग्रेसका दुई नेताबीच कुटाकुट !

Tuesday, November 27, 2018

काठमाडौं । एक जना अभिनेत्रीलाई भेट्न नपाएको झोंकमा भारतीय कांग्रेसका दुई नेताबीच कुटाकुट भएको छ ।
अभिनेत्री नगमालाई भेट्न नपाउँदा भारतको मध्य प्रदेश विधानसभाको कार्यक्रममा यस्तो भएको हो । नगमा कांग्रेसको चुनाव प्रचारमा सक्रिय छिन् ।
नगमाले जब उनीहरुलाई रोक्ने प्रयास गरिन् तब कार्यकर्तासँग पनि उनको बहस भयो । विवाद भएपछि उनीहरुको हातबाट माइक खोसेर उनले सभालाई सम्बोधन गरिन् ।
नगमाले समयमा आउन नसेकेको भन्दै जनतासँग माफि मागिन् र यसको कारण प्रदेशको मुखिया शिवराज सिंह चौहानलाई दोष लगाइन् । चौहानले सडक राम्रो नबनाएका कारण समयमा पुग्न असफल भएको उनको भनाइ थियो ।
नन्दिता अरविन्द मोराराजी नगमाको खास नाम हो । उनले हिन्दी तेलगु, तामिल, भोजपुरी, मलायम,कन्नड फिल्म खेलेकी छिन् ।
हिरोइन भेट्न नपाउँदा कांग्रेसका दुई नेताबीच कुटाकुट ! हिरोइन भेट्न नपाउँदा कांग्रेसका दुई नेताबीच कुटाकुट ! Reviewed by khagendra joshi on Tuesday, November 27, 2018 Rating: 5

६६ लाख रकम हिनामिनाको आरोपमा सहकारी व्यवस्थापक पक्राउ

Monday, November 26, 2018

११ मंसिर, दाङ । प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्रेको छ ।
राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक व्यवस्थापक रमिता चौधरीलाई प्रहरीले गएराति रकम हिनामिना आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले भालुवाङ बजारबाट उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान् सन्तकुमार चौधरी फरार छन् ।
यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।
६६ लाख रकम हिनामिनाको आरोपमा सहकारी व्यवस्थापक पक्राउ ६६ लाख रकम हिनामिनाको आरोपमा सहकारी व्यवस्थापक पक्राउ Reviewed by khagendra joshi on Monday, November 26, 2018 Rating: 5

निर्मलाका बाबु यज्ञराज काठमाडौं आइपुगे, शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु पढ्नुनुहोस।

Sunday, November 25, 2018

काठमाडौैं, ९ मंसिर । निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । सेती अञ्चल अस्पतालबाट गाडीमा शनिबार राति १० बजे हिँडेका उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।
पन्तलाई अहिले शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनलाई डा तिर्थमान श्रेष्ठको टोलीले उपचार सुरु गरेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषी पत्ता लगाई कारबाहीको माग गर्दै आएका बुबा यज्ञराजलाई मानसिक समस्या देखिएको छ । धर्नामा बसिरहेका उनलाई एक्कासी रुने, हाँस्ने, बर्बराउने जस्ता समस्या देखिएको थियो ।
उनीसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी सहायक निरिक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि काठमाडौं आएको छ ।
निर्मलाका बाबु यज्ञराज काठमाडौं आइपुगे, शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु पढ्नुनुहोस। निर्मलाका बाबु यज्ञराज काठमाडौं आइपुगे, शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु पढ्नुनुहोस। Reviewed by khagendra joshi on Sunday, November 25, 2018 Rating: 5

काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेकाहरू

Sunday, November 25, 2018

काठमाडौं, ९ मंसिर । असली नाम अर्कै हो तर ठमेल आसपास र ग्राहकलाई उनले रोजीको परिचय छाडेका छन् । युवती जस्तै सुन्दर देखिने र यौन व्यावसायलाई गर्जो टार्ने उपाय बनाएका छन् । उनको काम प्राकृतिक सेक्स होइन, अप्राकृतिक सेक्सको सेवा दिनु हो ।
‘सँधै मालदार ग्राहक भेटिँदैनन्, ठमेलतिर कतिपय पैसा खर्च गर्ने विदेशी भेटिन्छन् । त्यसबेलाचाहीँ मालामाल भइन्छ’, रोजी भन्छन्,‘नेपालीले त हेयको दृष्टीले हेर्छन् । केही नेपालीका लागि मात्र सेवा दिने काम हुन्छ ।’
काठमाडौंको रात्रीबजारमा अवैधानिक यौन बजारको फरक स्वाद छ । तर त्यो भन्दा भिन्न छ रोजी जस्ताको दैनिकी र सेक्स व्यापार ।
तेस्रोलिंगी हुन् उनी । निरक्षर छन् । गाउँमा ‘हिजडा’ भनेर जिस्काउन थालेपछि काठमाडौं छिरेको १७ बर्ष भयो । काठमाडौं चिन्न उनलाई ४ बर्ष लाग्यो । मः मः पसल, होटलमा भाँडा माझ्ने काम गरे । तर त्यहाँ पनि राम्रो आम्दानी नभएपछि उनले रात्री बजार र अप्राकृतिक यौनलाई ‘सेवा अथवा पेसा’का रूपमा अँगाले । धक नमानी भन्छन्,‘अहिले हामीजस्ता हजार भन्दा बढि तेस्रोलिंगी काठमाडौंका विभिन्न चोक गल्लीमा यसै पेसाको सहारामा बाँचेका छौं ।’
समाजमा विचारको तहमा नआएको परिवर्तनका कारणले पनि तेस्रोलिंगीहरू झुक्याएर यौन व्यापार गर्ने बाध्यतामा छन् । उनीहरू सडक किनारमा उभिन्छन्, मदिराले लठ्ठ भएका ग्राहकसँग केही पैसा लिन्छन् र कुनै होटल वा आफ्नै बासस्थानमा अप्राकृतिक मैथुनमा सक्रिय हुन्छन् ।
‘ग्राहकहरूले पनि हामीलाई हेपेकै हुन्छन् । तर काठमाडौंको गर्जो टार्नु सामान्य काम होइन । यसकारण पीडा सहेरै भए पनि गुजारा चलाउने काममा सक्रिय हुन्छौं । आयस्रोतको मुख्य आधार भनेकै अप्राकृतिक मैथुन नै हो’, रोजी जोड्छन्,‘कतिपयले झुक्याएको भन्छन् तर समलिंगीको आचरण नै सुन्दर बन्नुपर्ने भएकाले हामी सजिएका हुन्छौं । मेकअपचाहीँ थोरबहुत हुन्छ ।’
रत्नपार्ककको सस्तो मोलमोलाई, ठमेलको महँगो प्रस्ताव, पव र बारमा ग्राहको पर्खाई र आम्दानीको मेलोमेसो खोज्ने काममा उनीहरूको समूह नै सक्रिय हुन्छ । ठमेल, जमल, चावहिल, गौशाला, चक्रपथमा खाजभोली ‘अप्राकृतिक मैथुन’का लागि ग्राहकको खोजीमा निस्कन्छन्, उनीहरू ।
‘हामी पनि मान्छे हौं, खानुपर्छ । खानका लागि साधारण काम गर्ने अवसर छैन । अध्ययन छैन । त्यसैले यहि पेशालाई अँगालेका हौं’, प्रितम भन्छन्,‘हाम्रो असली परिचय र अनुहार कसैले पनि जान्दैनन् । ग्राहकलाई आकर्षित गर्न राम्री देखिनुपर्छ । त्यसैले कमाएको पैसाले बाँच्नेमात्र होइन, सँधैको व्यापारका लागि मेकअपका सामान पनि किन्नुपर्छ ।’
केही संस्थाले तयार पारेको तथ्यांक नेपालमा रहेका समलिंगी वा तेस्रोलिंगीका आधिकारीक संख्या होइनन् । न पेसागत रूपमा तयार पारेका संख्या पनि आधिकारीक छन् । ‘हामीलाई कतिपय संस्थाले लगानीको भाँडो बनाएका छन् । उनीहरूले भन्ने गरेको अध्ययनलगायतका तथ्यांकमा सत्यता हुँदैन, काठमाडौंमा प्रायः समलिंगीले यौन व्यावसाय नै अपनाउन परेको छ । कुनै प्रतिष्ठान र कम्पनीमा काम पाइँदैन ।’
सरकारले, कानुनले समान अधिकार दिएको सुनेका उनीहरू अहिले पनि पेशाबाट विमुख नहुनुको कारण निरक्षरता पनि हो । अध्ययन र प्रमाणपत्र नभएका कारणले मनग्य पैसा आउने पेशा अपनाउनुपर्दा अप्राकृतिक मैथुन नै रहेको बताउँछन् । ‘कहिलेकाहीँ जोखिम पनि हुन्छ । तर, जीन्दगी जोखिममा नै सुख छ भने किन यो पेसा नगर्ने?’, प्रितम थप्छन्,‘हाम्रा पनि केही ग्राहक हुन्छन् बजारमा ।’
सेक्सका लागि देशका ठूला व्यापारी, प्रभावशाली व्यक्तिहरूको आचरण समेत बुझेका छन्, उनीहरूको समूहले । तर आफुजस्तालाई राज्यको मूलधारमा स्थापित गर्ने कानुनको व्यवाहारिक कार्यान्वयन नभएको देख्दा दुखी पनि छन् । उनीहरूमा यहि पेशाको विकल्प केही छैन, पैसा जम्मा पार्न सके जवानीपछिका समयमा व्यापार गर्ने रहर पनि पालेका छन् । उनीहरू भन्छन्,‘पछि सुखी हुन अहिले केही जोखिम त उठाउनै पर्छ नि !’
काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेकाहरू काठमाडौंमा ‘अप्राकृतिक मैथुन’ले बाँचेकाहरू Reviewed by khagendra joshi on Sunday, November 25, 2018 Rating: 5
Powered by Blogger.