Results for फिल्मी खबर

Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible?

Friday, December 14, 2018






Latest Filmy News Nepal:
We can found the Latest Filmy Nepali News,Humor artist Deepakra Giri, Deepshri Nravula, Kedar Ghimire and Jitu Nepal have succeeded in giving blockbuster movies one day after Nepali film industry.

They have made successful movies such as VADA number 6, 6 acres 6, sixth panch series. Movie Chhaka Panda 3 was successful in most of the movie history history. It was also successful to celebrate 13 holes in the valley and out of 51 days.

While this team has been giving one more successful movie yet, the number of movies that they can bring is now a matter of waiting for many. Producers and directors of Nepali movie industry also hope to be able to cooperate with the team but they are optimistic to succeed.

Nepali movie area has been established by Bhuvan KC and Deepak-Dapa's team in collaboration with the team. Although this was just a matter of time, but it did not start getting started. Now things are coming out now.
The audience has also liked movies made by Bhawan KC. In the same movie, Pramool Bhawan's son, Pramool Prasad, is also successful. If this opportunity is to cooperate with these two successful teams, once the movie industry can be believed to be around their neighborhoods.

Bhawan KC and Deepak-Dapa are positive about this. Both sides have not been able to coordinate the story.

So in this way we provide you to Latest Filmy News Nepal.
Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible? Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भुवन केसी र  दिपक–दिपाकाे सहकार्य हाेला ?Is it possible? Reviewed by khagendra joshi on Friday, December 14, 2018 Rating: 5

अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?

Friday, August 31, 2018

अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?

काठमाडौं । अभिनयभन्दा बढी अनुहारबाट फ्यान कमाएका अभिनेता हुन् अनमोल केसी । विशेषगरी उनका तन्नेरी फ्यान बढी छन् । बलिउडमा सलमानलाई जस्तै कलिउडमा पनि अनमोललाई नयाँ हिरोइन भित्र्याउने अभिनेताको रुपमा लिइन्छ । फिल्म ‘ड्रिम्स’मा अनमोलले साम्राज्ञीसँग रोमान्स गरे । त्यस्तै ‘जेरी’, ‘गाजलु’ र ‘कृ’मा पनि नयाँ अभिनेत्री भित्र्याए ।
सामाज्ञी अहिलेको माग बढी भएकी अभिनेत्री हुन् । ‘ड्रिम्स’बाट एकाएक चर्चामा आएकी थिइन् उनी । त्यसपछि उनको चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन । ‘तिमीसँग’ त चलेको पनि थाहा पाएनन् दर्शकले । ‘ए मेरो हजुर २’ले भने औसत व्यापार गर्‍यो ।
अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ रिलिजको तयारीमा छ । यसमा उनी एक फुटबलरको भूमिकामा हुनेछन् । फिल्ममा अनमोलले एमभी प्रियंकासँग रोमान्स गर्ने बताइएको छ । उनले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् ।
उनी अनमोलको क्यूटनेससँग फिदा भएकी छन् । हालै उनले सामाजिक सञ्जालमा अनमोलसँग एक फोटो अपलोड गरेकी थिइन् ।
अनमोललाई लाग्ने गरेको आरोपमा झन् एक ईटा थपिएको छ । नयाँ अभिनेत्री भित्र्याउन आफ्नो अभिनयमा स्तरीय नबनाउने आरोप भने अब पनि नलाग्ला भन्न सकिन्न । उनले अभिनयमा कुनै पनि निखार नल्याएको दर्शकहरुको गुनासो छ 
अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ? अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ? Reviewed by khagendra joshi on Friday, August 31, 2018 Rating: 5

कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने

Wednesday, August 29, 2018

कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने

सुपरहिट सिरिज ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला पनि निर्माण हुने भएको छ । ‘नाइँ नभन्नू ल-५’ ले घरेलू बजारमा सुखद कलेक्सन गरिरहँदा निर्देशक तथा निर्माता विकासराज आचार्यले छैटौं सिरिज अर्को वर्ष लिएर आउने घोषणा गरेका छन् । 
निर्देशक आचार्य ‘छक्का पञ्जा-२’ मा जोडिएका कारण ‘नाइँ नभन्नू ल-५’ आउन दुई वर्ष लागेको थियो । उनले अब छैटौं सिरिजको स्क्रिप्ट लेखनमा लाग्ने बताए । यसमा बाल कलाकार अनुभव रेग्मी दोहोरिने कन्फर्म भएपनि अन्य कलाकारको टुंगो लागेको छैन । 
निर्देशक आचार्यले यो बाहेक अरु नाममा फिल्म बनाउन नसकेको आलोचना खेपिरहेका छन् । तर, उनी यो सिरिजलाई धेरै लम्ब्याउने सोचमा भने छैनन् । अब केही सिरिज बनाएपछि रिमेक बनाएर यो नामको फिल्म बन्द गर्ने तयारी उनको छ । 
फिल्मको रिमेकमा अनुभव हिरो हुनेछन् अर्थात् जीवन लुईटेलको भूमिका उनले निर्वाहा गर्नेछन् । यसका लागि भने अझै केही वर्ष कुर्नु पर्नेछ । निर्देशक आचार्य ‘नाइँ नभन्नू ल-६’ लगत्तै अन्य नामका दुई फिल्म पनि बनाउँदैछ । 
‘हजार जूनीसम्म’ र ‘नीरन्जना’ उनले निर्देशन गर्न लागेका फिल्म हुन् । ‘नाइँ नभन्नू ल’ को छैटौं श्रृंखला रिलिजपछि यी दुई फिल्मको काम अगाडि बढाइने उनले बताए ।  ‘म हतारमा फिल्म लिएर आउँदिनँ । हरेक वर्ष एक मात्र फिल्म लिएर आउँछु’, उनले भने । 
कस्तो चल्यो ‘नाइँ नभन्नू ल-५’ ? 
शुक्रवारबाट प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल-५’ ले अहिले घरेलू बजारमा सुखद कलेक्सन गरिरहेको छ । तीन दिने विकेन्ड कलेक्सनमा २ करोड ग्रस कलेक्सन गरेको फिल्मको व्यापारमा तारन्तारको सार्वजनिक विदाले ठूलो सास भरेको छ । 
शुक्रवार औसत रहेको फिल्मको व्यापार शनिवार दोब्बरले वृद्धि भएको थियो । आइतवार र सोमवार परेको विदामा पनि फिल्मको व्यापार आक्रामक रहेको वितरकको दाबी छ । मंगलवारबाट कस्तो छ ?
निर्देशक विकासराज आचार्य भन्छन्, 'हाउसफुल छैन । तर, दर्शकको उपस्थिति राम्रो छ । वर्ड अफ माउथ बलियो भएका कारण दर्शकको संख्या विस्तारै बढ्दै गएको छ ।' १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्म दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्न सक्ने प्रवल सम्भावना छ । 
बिमस्टेक सम्मेलनका कारण बुधवारदेखि राजधानी चकमन्न जस्तै छ । सवारी साधनमा जोर-विजोर प्रणाली लागू भएको छ । प्रायः विद्यालयहरु विदा भएका छन् । यो अवस्था शुक्रवारसम्म रहनेछ । 
निर्देशक विकाराज आचार्य बिमस्टेक सम्मेलनले ‘नाइँ नभन्नू ल-५’ लाई फाइदा गर्नेमा विश्वस्त सुनिन्छन् । उनी भन्छन्, 'बिहीवार र शुक्रवार चाहिँ धेरै फाइदा होला । बुधवार त अझै धेरै विद्यालय र कार्यालयहरु खुलेका छन् ।' 
कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने कन्फर्म : ‘नाइँ नभन्नू ल-६’ अर्को वर्ष आउने Reviewed by khagendra joshi on Wednesday, August 29, 2018 Rating: 5

निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो

Tuesday, August 28, 2018

निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो



काठमाडौँ, १२ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ । प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो ।
प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याइएको हो । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ ।
साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन् । प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक बालकको मृत्यु समेत भइसकेको छ । निर्मला काण्डको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।
निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो Reviewed by khagendra joshi on Tuesday, August 28, 2018 Rating: 5

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा

Friday, August 17, 2018

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा

लभस्टोरी फिल्म बनाउन माहिर निर्देशक सुदर्शन थापाले पुनः एकपटक अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर नयाँ फिल्म निर्माण गर्ने भएको छ । यसअघि उनले 'म यस्तो गीत गाउँछु' को सिक्वेलमा यो कपललाई दोहोर्‍याउने घोषणा गरेका थिए । 
 
खबरअनुसार, नयाँ प्रोजेक्ट 'म यस्तो गीत गाउँछु २' हुनेछैन । नयाँ टाइटलमा पूजा र पललाई लिएर सुदर्शनले फिल्म बनाउन लागेका हुन् । फिल्ममा पल मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन् । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै उनले सुदर्शन थापाको नयाँ फिल्म आफूले साइन गरेको खुलाए । उनका अनुसार, फिल्मको छायांकन दशैंपछि सुरु हुनेछ । 
 
 
सुदर्शन र पलबीच 'म यस्तो गीत गाउँछु' रिलिजपछि सम्बन्ध ठिकठाक नभएको चर्चा थियो । पलले चाँडै सुदर्शन क्याम्पभन्दा बाहिरको नयाँ फिल्म पनि साइन गर्दैछन् । उनले केही दिनमा नयाँ फिल्मको विषयमा जानकारी दिने बताए । 
 
'शत्रु गते' रिलिजपछि मौन देखिएका पलले यस वर्ष दुई फिल्मको छायांकन सक्ने तयारीमा छन् । हरेक वर्ष  एक फिल्म लिएर आउने योजना अनुरुप उनको यस वर्ष पूजासँगको फिल्म रिलिज हुनसक्ने सम्भावना छ ।
 
'म यस्तो गीत गाउँछु' बक्सअफिसमा सुपरहिट भएपछि पुनः पल र पूजाको जोडीलाई पर्दामा हेर्ने दर्शकको चाहना अब पूरा हुने भएको छ । दोस्रो पटकको सहकार्य कति फलदायक होला ? त्यो भने हेर्न बाँकी छ । 

ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा ब्रेकिङ : फेरि सुदर्शनको फिल्ममा पल र पूजा Reviewed by khagendra joshi on Friday, August 17, 2018 Rating: 5
Powered by Blogger.