एसपी डिल्लीराज विष्टलाई चोख्याउने खेल, डीएनए परीक्षणमा गडबडी

Sunday, September 30, 2018

एसपी डिल्लीराज विष्टलाई चोख्याउने खेल, डीएनए परीक्षणमा गडबडी


काठमाडौं, १५ असोज । कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो ।
राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्‍यो भन्ने मुख्य प्रश्न अनुत्तरित छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्‍यो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो ।
प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या गर्‍यो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।
गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।
सबैको प्रश्न एउटै छ– अनुसन्धान अब कता ? प्रहरी आरोपी छ । प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।
घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो । जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।
कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन ।

     

MORE  POST YOU CAN READ

एसपी डिल्लीराज विष्टलाई चोख्याउने खेल, डीएनए परीक्षणमा गडबडी एसपी डिल्लीराज विष्टलाई चोख्याउने खेल, डीएनए परीक्षणमा गडबडी Reviewed by khagendra joshi on Sunday, September 30, 2018 Rating: 5

टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन

Sunday, September 30, 2018

टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन


१४ असोज, काठमाडौं । ब्याट्सम्यान प्रदीप ऐरी लामो समयपछि नेपालको राष्ट्रिय टिममा फर्किएका छन् ।
आईसीसी टी-२० विश्वकप एसिया छनोट ‘बी’का लागि घोषित १४ सदस्यीय नेपाली टोलीमा ऐरी पनि परेका हुन् । उनी लामो समयदेखि राष्ट्रिय टिममा पर्न संघर्षरत थिए ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केेसी छन् ।
यस्तै र ललितनारायण राजवंशी, आरिफ शेख, सन्दिप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि टिममा परेका छन् ।
प्रदीपले यसअघि राष्ट्रिय टिमबाट अन्तिम पटक सन् २०१५ को विश्वकप छनोट खेलेका थिए ।

     

MORE  POST YOU CAN READ

टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन टी-२० विश्वकप छनोटः नेपाली टोलीको घोषणा, प्रदीप ऐरीको पुनरागमन Reviewed by khagendra joshi on Sunday, September 30, 2018 Rating: 5

‘म नहुँदा त्यत्रो छटपटी ?

Saturday, September 29, 2018

‘म नहुँदा त्यत्रो छटपटी ?

काठमाडौं, १४ असोज । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
हलचलले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई समेत छोएको छ । ‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो । म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ ।’
नेपालले सात महिना बित्दा पनि सरकारको प्रभावकारिता नदेखिएको र पार्टी एकलौटी चलाएको विषयलाई लिएर ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न…’ भन्ने गीत बिहीबार संसद्मा गाएका थिए । सतहमा उनको अभिव्यक्ति सरकार र पार्टी सञ्चालनमा ओलीको कार्यशैलीप्रति लक्षित छ। नेकपाकै कतिपय नेताले भने उनको अभिव्यक्तिलाई सरकार असफल बनाउने योजनाका रूपमा लिएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले शनिबार तम्घासमा यस्तै संकेत गर्दै भने, ‘सरकारलाई घेराबन्दी गर्ने र गिराउनेसम्मको षड्यन्त्र भइरहेको छ ।’ संसद्मा नेपालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यारा पत्ता नलागेको र रौतहटलगायत ठाउँमा किशोरीमाथि एसिड प्रहार भएको घटना उप्काउँदै गृहमन्त्री खोइ भन्ने प्रश्न गरेका थिए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने नेपालको असन्तुष्टिलाई सरकार ढाल्ने ‘षड्यन्त्र’ मान्न नहुने बताए । ‘आलोचना सरकारलाई सफल बनाउनकै लागि गर्ने हो,’ उनले भने, ‘विकल्प खोज्ने कुरा अहिले कल्पना गर्न सकिन्न । सरकारको आलोचनालाई लिएर अरू कुरा सोच्न पनि मिल्दैन ।’

     

MORE  POST YOU CAN READ

‘म नहुँदा त्यत्रो छटपटी ?  ‘म नहुँदा त्यत्रो छटपटी ? Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !

Saturday, September 29, 2018

छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !


१४ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर फरक फरक विषय परेका छन् । एकता नटुंगिँदै नेकपामा विवाद बढेकोदेखि सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटाइएको, प्रबुद्ध समूह भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गरेकोलगायत समाचारलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।
पहिलो पृष्ठमै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन शुरु भएको, नेपाली कामदारको सबै खर्च व्यहोर्न मलेसिया तयार भएको, सामुदायिक विद्यालयमा एकै वर्ष सात प्रतिशत विद्यार्थी घटेको, कर्मचारी समायोजन अझै अन्योलमा परेकोलगायत खबर छन् ।
कान्तिपुरले ‘पार्टीभित्र चर्काचर्की’ शीर्षक दिएर नेकपाभित्र देखिएको पछिल्लो असन्तुष्टिबारे मुख्य समाचार लेखेको छ । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि जायर गरेपछि त्यसको हलचल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्रीलाई समेत छोएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
सामुदायिक विद्यालयमा एकै वर्षमा सात विद्यार्थी घटेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । सरकारले विद्यार्थी भर्नालगायत अभियान सञ्चालन गरे पनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको हो ।
सीमा र सन्धिका असमझदारी हटाउन नेपाल र भारतले दुई वर्षअघि गठन गरेको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन बुझाउन भारतीय प्रधानमन्त्रीसँग समय मागे पनि उनले तीन महिनादेखि आलटाल गरेको नयाँ पत्रिकाले लेखेको छ ।
नयाँ पत्रिकामै प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेकोकञ्चनपुरमा फेरि आन्दोलन चर्किएको समाचार पनि छन् ।
दाङमा हुने आयुर्वेद पढाइको प्रयोगात्मक परीक्षा भने भारतमा हुने गरेकोलाई नयाँ पत्रिकाले एंकर बनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेदिक विद्यापीठमा ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी(बीएमएमएस) अध्ययन गर्ने विद्यार्थी प्रयोगात्मकका लागि भारत जाने गरेका छन् । प्रयोगात्मक परीक्षाका लागि अस्पताल नहुँदा विद्यार्थी भारत जान बाध्य भएका हुन् ।
अन्नपूर्णले सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार १० हजार वर्ग किमि भूमि सरकारी दस्तावेजबाटै गायव छ ।
अन्नपूर्ण लेख्छ– नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलव ०३५ वर्ग किमि मात्र पाइएको छ ।
अन्नपूर्ण अगाडि थप लेख्छ– कहाँ हरायो १० हजार १८ दशमलव ९ सय ६५ वर्ग किमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ ।
समाचार अनुसार मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज ०७४ मा प्रकाशित गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिकामा देशको कुल क्षेत्रफल १ लाख ३७ हजार १ सय ६२ दशमलव ०३५ वर्गा किमि छ ।
नागरिकको पहिलो पृष्ठमा नेपाली कामदारको सबै खर्च व्यहोर्न मलेसिया तयार भएको, राजधानीका संरचना छिन्नभिन्न पार्न लागिएको, नेकपामा एकता नटुंगिँदै विवाद बढेको लगायत शीर्षकका समाचार छन् ।
छिमेकीबाट यौन दुव्र्यवहार खेपेकी सप्तरीकी एक महिलाले न्याय नपाएकोलाई राजधानीले मुख्य समाचार बनाएर छापेको छ । बाढीले भत्काएको घरमा १ छोरा र ३ छोरीसँग बस्दै आएकी सुरुंगा नगरपालिका १ चहका टोलकी ३१ वर्षीया उर्मिला सदाले न्याय पाउन नसकेकी हुन् ।
१५ मन्त्रालयले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण सार्वजनिक नगरेकोलाई राजधानीले एंकर बनाएको छ ।
नेपाल समाचारपत्रले कर्मचारी समायोजनामा आलटाल भएको, सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा व्यवस्था कडा पारिएकोलगायत समाचार लेखेको छ ।
गोरखापत्रले सार्कमा विवाद नरहेको भनेर परराष्ट्रमन्त्रीले दिएको प्रष्टोक्ति र नेपाली स्थायी नियोगको कामबारबाहीबारे प्रधानमन्त्रीले जानकारी लिएकोलाई मुख्य समाचार बनाएको छ ।
आइतबार प्रकाशित हुने नेपाल राष्ट्रिय साप्ताहिकले जलवायु परिवर्तनले हिमालका पारेको प्रभावबारे कभर स्टोरी लेखेको छ । समाचार अनुसार जलवायु परिवर्तनले खुम्बु क्षेत्रका चुचुराहरु काला बहाडमा बदलिएका छन् ।
साप्ताहिक खबर पत्रिका हिमाल खबरले विपन्न वर्गको जीवनस्तर उकास्ने सरकारी कार्यक्रमको लाभ लिने सूचीमा पूर्वमन्त्री र नेतादेखि हुनेखानेहरुकै हालीमुहाली गरेको लेखेको छ ।

     

MORE  POST YOU CAN READ

छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब ! छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब ! Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा

Saturday, September 29, 2018

मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा


बनेपा, असोज १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छापा सञ्चारमाध्यमलाई नयाँ मिडियाका कारण धेरै चुनौती रहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा शनिबार प्रतिभा सम्मान गुठीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ प्रविधिको सञ्चारले क्षण भरमा नै धेरै कुराको जानकारी दिने भएकाले छापा सञ्चार माध्यमलाई चुनौती थपिएको बताउनुभयो । नयाँ मिडिया (हातहातको मिडिया) शक्तिशाली भएर आएकाले अब छापा सञ्चारमाध्यम केही समयपछि विवरण राख्ने तथा विचार प्रस्तुत गर्ने माध्यम मात्रै हुने अवस्था आउन सक्ने बताउनुभयो ।
प्रविधिले सहजता ल्याएपछि प्रतिस्पर्धा बढेको र त्यसभित्र आफूलाई विश्वसनीय बनाउन जरुरी रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । उहाँले भन्नुभयो, “विश्वसनीय नभई लोकप्रिय हुँदैन, लोकप्रिय नभइ ‘मिडिया हाउस’ चल्न गाह्रो हुन्छ ।” पत्रकारिता भोक, तिर्खा, पानी, जाडोलगायतको पर्वाह नगरी गर्ने चुनौतीको पेशा भएको उहाँको भनाइ थियो । कतिपय अवस्थामा पत्रकारिता कर्म र धर्म कुन अवस्थाको हो भन्ने कुरा पत्रकार आफैले छुट्याएर अगाडि बढ्नुपर्ने अवस्थासमेत आएको उहाँले बताउनुभयो । “कर्म गरे अवश्य फल प्राप्त हुन्छ, तर धर्मले शान्ति मात्रै दिने भएकाले कुन अवस्थाको कर्म हो भन्ने आफैँले छुट्याएर अघि बढ्न आवश्यक छ”–उहाँले भन्नुभयो ।
सरकारले दीर्घकालीन विकासको कामलाई अगाडि बढाइसकेको हुनाले समाजमा स्थिरता छाएको उल्लेख गर्दै उहाँले विस्तारै सामाजिक, राजनीतिक, सांस्कृतिक, कला, साहित्य र पत्रकारिता क्षेत्रको विकासमा फड्को मार्दै जाने बताउनुभयो ।
गुठीका अध्यक्ष मोहन दुवालले सामाजिक काम गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको र यस वर्ष पत्रकारिता जगत्बाट समाजको लागि योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा रेडियो नेपालका पत्रकार कष्णा ताम्राकार, नेपाल समाचारपत्र दैनिकका भगवती तिमल्सिना र नारी पत्रिकाका सिर्जना दुवाल श्रेष्ठलाई सम्मान गरिएको थियो । तीनैजनालाई जनही रु १५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

     

MORE  POST YOU CAN READ

मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा मिडियाका कारण चुनौती : मन्त्री बाँस्कोटा Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

माटोको ढिस्कोले पुरिएर एकैघरका तीन जनाको मृत्यु

Saturday, September 29, 2018

माटोको ढिस्कोले पुरिएर एकैघरका तीन जनाको मृत्यु


काठमाडौं, १३ असार । माटोको ढिस्कोले पुरिएर दाङमा एकैघरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका दोलइ खोलामा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका ४ मौरीघाटका ३० वर्षकी श्यामाकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी र १२ वर्षकी रोजिना चौधरी रहेका छन् ।

     

MORE  POST YOU CAN READ

माटोको ढिस्कोले पुरिएर एकैघरका तीन जनाको मृत्यु माटोको ढिस्कोले पुरिएर एकैघरका तीन जनाको मृत्यु Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य

Saturday, September 29, 2018
यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा भारतले नेपाललाई ३०५ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनायो । उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रनमा आउट भए ।
तर, सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जैसवाल १०४ रनमा आउट भए । यश राठोड मात्र ३ रनमा आउट भए ।
तर, आयुष बडोनीले सिमरनसँग ५४ रनको साझेदारी गरे । पाँचौं विकेटका रुपमा आउट भएका सिमरनले ८२ रन बनाए । बडोनीले ३३ रन जोडे ।
नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।

     

MORE  POST YOU CAN READ

यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

ए डिभिजन लिग आजबाट शुरु हुँदै

Saturday, September 29, 2018

ए डिभिजन लिग आजबाट शुरु हुँदै

काठमाडौँ, १३ असोज । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारदेखि शुरु हुन लागेको हो ।
रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

     

MORE  POST YOU CAN READ

ए डिभिजन लिग आजबाट शुरु हुँदै ए डिभिजन लिग आजबाट शुरु हुँदै Reviewed by khagendra joshi on Saturday, September 29, 2018 Rating: 5

विप्लवद्धारा हतियार किन्न बंगलादेशमा सम्पर्क, पैसा विदेश पठाउँदै

Friday, September 28, 2018

विप्लवद्धारा हतियार किन्न बंगलादेशमा सम्पर्क, पैसा विदेश पठाउँदै


काठमाडौं, १३ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हतियार खरिदका लागि चन्दाको रकम प्रयोग गरेको खुलासा भएको छ । विप्लवले लाखौँ रुकम विदेश पठाएको रहस्य बाहिर आएको छ ।
प्रहरीद्वारा बरामद विभिन्न दस्तावेजअनुसार बंगलादेशबाट सैन्यतर्फको विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको स्रोतले जनाएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार तथा प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ ।
प्रकाण्डले प्रविधि भनेको पक्कै पनि बम, बिष्फोटक पदार्थ हुनुपर्छ । यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ ।
जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च रहेको प्रकाण्डको डायरीबाट खुलेको स्रोतले जनाएको छ ।
विप्लवको मासिक खर्च ५० हजार देखिएको छ । पिएलएलाई उत्पादनका लागि असार महिनामा ९७ हजार ५ सय दिइएको खुलासा भएको छ । विप्लवले हतियारहरु समेत बनाउने गरेको खुलासा भएको छ ।
विप्लवका अंगरक्षक चन्द्रबहादुर केसी असल पनि पक्राउ परेपछि झन् ठूला रहस्यहरु बाहिरिएको छ । उनलाई असारको खर्च भनेर ५१ हजार दिइएको छ । चन्द्रबहादुर केसी साउनमा पक्राउ परेका हुन् ।
प्रज्वलन भनिने वसन्त श्रेष्ठको टिमलाई ०७४ फागुन १० मा ४८ हजार, चैतमा एक लाख, फेरि १० हजार, वैशाखमा ९७ हजार पाँच सय, ०७५ जेठमा ९७ हजार पाँच सय, असारमा पनि त्यति नै पैसा दिइएको प्रकाण्डको डायरीले उल्लेख गरेको छ ।
तलबै बाँडेजसरी पैसा दिइएबाट मध्यकमाण्डमा राम्रै सैन्य तयारी भएको स्रोतले जनाएको छ । असारमै उत्पादनका निम्ति भनेर छुट्टै एक लाख ९२ हजार दिइएको छ । केन्द्रीय सदस्य असलले विद्यार्थीका अध्यक्ष चिरञ्जीवी ढकालमार्फत ०७४ कात्तिकमा ७ हजार, माघमा ३० र ३३ हजार अलग अलग शीर्षकमा लगेको विवरण भेटिएको छ ।
फागुनमा ३१ हजार पाँच सय, फेरि १० हजार, असलको टिमको कमाण्डर र भाइस कमाण्डरलाई ११ हजार, चैतमा फेरि ८४ हजार, १० हजार र तीन हजारका दरले अलग अलग रकम दिइएको छ । विप्लवका कार्यालय सचिव भेषराज भुषालमार्फत जेठमा ५० र असारमा ५१ हजार गएको हिसाब पनि सरकारी वकिलको कार्यालयमा रेकर्ड रहेको प्रकाण्डको डायरीमा उल्लेख छ । जुत्तातर्फ एक लाख १२ हजार खर्च भएको छ । ड्रेसतर्फ दुई लाख ७५ हजार, चारजना कालिकोट जाँदा ८ हजार, स्लिपिङ ब्यागका लागि १० हजार, योद्धालाई कामको तयारीबापत ८ हजार, ज्याकेटको लागि २७ हजार पाँच सय, विप्लवका दाई वीरसिंहलाई २१ सय दिइएको हिसाब पनि सोही डायरीमा छ ।
दुई पिएलएलाई मुगु पठाउन आठ हजार खर्च भएको छ । १५ जनालाई दुई–दुई हजारका दरले ज्याकेट किन्न ३० हजार, तालिम विभागलाई २८ हजार सिसिएम दीपकले लिएको डायरीमा प्रकाण्डले उल्लेख गरेका छन् ।
मधेसी मुक्तिमोर्चाका अध्यक्ष गौरी मण्डलले २७ हजार, दीपकले ३२ हजार, वीरबहादुरले सात हजार पाएको अभिलेख छ । चिरञ्जीवीमार्फत कृतिले लिएको दुई लाख र छुट्टै २० हजार, रक्तिमले प्राविधिक कामको लागि ५० हजार, असलले दुई लाख, प्रेमले प्रविधिकै लागि पाँच लाख, रणवीर (भरत बम) ले एक लाख ५० हजार, सिसिएम निर्मललाई एकलाख ५० हजार दिइएको विवरण छ । ‘मामालाई ५० हजार’ भनिएको छ ।
मामा भनेका तनहुँका पुराना कम्युनिष्ट, रुपलाल विश्वकर्माका सहयोद्धा र अहिले विप्लव समूहको दलित मोर्चाका अध्यक्ष हुन् । ०७४ कात्तिक ५ गते कीर्तिले बम पड्काएर उम्मेदवार तर्साउने अभियानका लागि पाँच लाख रुपैयाँ लगेका छन् ।
सिसिएम निर्मलले एक लाख, रणवीरले एक लाख, माइला लामाले एक लाख, रमेश नेपालीले एक लाख, एटम बिसीले २५ हजार, निर्मलले प्रेममार्फत दुई लाख ५० हजार, ०७४ माघ ११ गते फेरि निर्मलले आठ लाख, दीपकले परिचालनको निम्ति २८ हजार, निर्मलले फेरि माघ २३ गते सात लाख, ०७४ फागुन १८ गते आठ लाख ५० हजार, प्रविधिको लागि नइनालाई दुई लाख, कीर्तिलाई एक लाख ६५ हजार, निर्मललाई चैत २३ गते आठ लाख ५० हजार निकाशा भएको हिसाब देखिएको छ । नरेन्द्रलाई एक लाख ५० हजार दिइएको छ । नरेन्द्र दुई जना छन् । एक प्रकाण्डका छोरा, अर्का हुन् पश्चिम रुकुमका इञ्चार्ज ।
तीमध्ये पैसा लाने नरेन्द्र कुन हुन् खुलेको छैन । दीपकलाई एक लाख २५ हजार, नरेन्द्रलाई थप १७ हजार, निर्मललाई ०७५ जेठ १५ गते विशेष कामका लागि भनेर पाँच लाख, ११ गते थप एक लाख, कञ्चन (धर्मेन्द्र बास्तोला) ले असार २८ गते १० लाख रुपैयाँ लिएको विवरण प्राप्त भएको छ । निर्मल (थमनसिंह राई) मेची, कोशी र सगरमाथा व्युरो इञ्चार्ज हुन् । उनले सबभन्दा बढी पैसा लिएको देखिन्छ । यति ठूलो सैनिकतर्फको हिसाब छ ।
भक्तपुर कार्यक्षेत्र भएका बाग्लुङका केन्द्रीय सदस्य टेकबहादुर केसी (आजाद) बिहान ९ बजे पक्राउ परे । १० घण्टापछि प्रकाण्ड समातिए । अर्थात, टेलिफोन कनेक्सनका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको रहेछ । आजाद चाहिँ उमा भुजेलसँगै रिहा भएका छन् ।
केही विप्लवसम्बद्ध युवाले विदेश जानका लागि परराष्ट्र मन्त्रालयमा पासपोर्ट बनाइरहँदा समस्या आइलाग्यो । बरु, तीमध्येका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी केही दिन हिरासतमा राखेको छ । उनीहरूबाट प्रहरीले केही गोप्य सूचना संकलन गरी प्रचण्डकहाँ बुझाएको विप्लव समूहको आशंका छ ।
विप्लवकै निर्देशनमा प्रचण्डलाई भेट्न केन्द्रीयस्तरका कोही नेता बिहानै खुमलटार पुगेका थिए । भेट्नासाथ प्रचण्डले ठट्यौलीपारामा ‘कुरा यस्तो–यस्तो रहेछ नि’ भनेर प्रहरीले लिइएको सूचना सुनाए । राहदानी बनाउन जाँदा पनि शंका हुन थालेपछि अब विदेश भारतको बाटो भएर जाने र भारतीय प्रक्रियाअनुसार राहदानी लिनेजस्ता काममा उनीहरू लागेकोस्रोतले जनाएको छ ।

     

MORE  POST YOU CAN READ

विप्लवद्धारा हतियार किन्न बंगलादेशमा सम्पर्क, पैसा विदेश पठाउँदै विप्लवद्धारा हतियार किन्न बंगलादेशमा सम्पर्क, पैसा विदेश पठाउँदै Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री

Friday, September 28, 2018

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री


१३ असोज, काठमाडौं । आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभामा गरेको सम्बोधन, नेकपामा माधव नेपाल समूहको असन्तुष्टि, प्रदेश ७ को नाम र राजधानी तोकिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
त्यसबाहेक, गृहमन्त्री रामबहादुर थापा बादलले पनि बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने अभिव्यक्ति दिएको समाचार पनि आजको पत्रिकाको प्रमुख हेडलाइन बनेको छ ।
अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले आफ्नो शिर निहुरिएको भन्दै बलात्कारीलाई फाँसीको सजायँ ठीक हुने बताएका छन् ।
नेकपाका प्रदेश ३ इञ्चार्ज अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा गृहमन्त्रीले बलात्कार जस्ता जघन्य अपराधीलाई फाँसीसम्मको सजायँ व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिका दैनिकले ‘देशका अब्बल महिला’ शिर्षकमा प्रमुख समाचार छापेको छ । समाचारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, बैंकको पहिलो महिला सीईओ अनुपमा खुन्जेली लगायतलाई अब्बल महिलाको सूचीमा राखेको छ ।
यसैगरी एलडीओ, सीता परियार, प्रशासक यामकुमारी खतिवडा, तेक्वान्दो खेलाडी संगीना वैद्य, अल्ट्रा धावक मीरा राई, बडिबिल्डर ननिता महर्जनलाई नयाँ पत्रिकाले अब्बल महिलाको सूचीमा राखेको छ ।
कान्तिपुर दैनिकले पनि महिला मुद्दालाई नै प्राथमिकता दिँदै ‘उपप्रमुखको उत्साह’ शीर्षकको समाचार प्राथमिकताका साथ छापेको छ । स्थानीय तहका अधिकांश उपप्रमुख महिला छन् जो नेतृत्वमा स्थापित हुन के गर्नुपर्छ भन्ने बुझ्दै सिक्दै छन् । उनीहरु भन्छन्- महिलालाई अधिकार नदिने अनि काम गनर्ैै सक्दैनन भन्ने पुरुषवादी सोच चिर्न लागिपरेका छौं ।
नागरिक दैनिकमा जोखिममा परिवार टुटेका बालिकाको विषय मुख्य समाचार बनेको छ । संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला बलात्कारको बढी जोखिममा परिरहेको समाचारको सार हो । उदाहरणसहित पुष्टि गर्ने प्रयास स्वरुप नागरिकले कञ्चनपुरकी निर्मला र कास्कीकी श्रेयाको बलात्कारपछि हत्या भएको घटनाको चर्चा छ जसमा दुवै बालिकाको पारिवारिक अवस्था उस्तै उस्तै छ । अर्थात् दुवै बालिकाका आमा पतिसँग अलग्गिएका थिए ।
समाचारमा समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्रीले भनेकी छन्- अपराधीले कमजोरमाथि निसाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुन्छ ।
नेपाल समाचारपत्र दैनिकमा नागरिक दैनिकको माथिको समाचारको सारसँग मिल्दोजुल्दो समाचार छ । ‘आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !’ शीर्षकको समाचारमा श्रीमानसँग अलग्गिएर ललितपुरको धोबिघाटमा बस्दै आएकी एक महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका तेह्रथुमका २० वर्षीय पाएलोस कुरुम्वाङले उनकै छोरीलाई बलात्कार गरेको प्रसंग छ । कुरुम्वाङले आफ्नो कर्तुत स्वीकार गरेका छन् र उनलाई ललितपुर जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
राजधानी दैनिकले भारतसँग ग्यास पाइपलाइन बिस्तार गर्ने सहमति भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा यस्तो सहमति भएको थियो । दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास पाइपलाइन बिस्तार गर्ने आवश्यक तयारी गर्ने समझदारी भएको मन्त्री यादवले जानकारी दिएका छन् ।
मन्त्रीस्तरीय बैठकमा नेपालका ग्यास बुलेटलाई खाना पकाउने ग्यास आयात गर्न पाउने सहमति पनि भएको समाचारमा उल्लेख छ ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय भएको बताएका छन् । उनले शीतयुद्धको अन्त्यपछि पनि विश्व अनिश्चिततामा बाँचिरहेको देखापरेको, ब्यापारको तनाव बढिरहेको बहुपक्षीयता न्याय र समानतामाथि प्रश्न उठिरहेको पनि बताएका छन् ।

     

MORE  POST YOU CAN READ

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

धनगढी अनिश्चितकालीन बन्द

Friday, September 28, 2018

          धनगढी अनिश्चितकालीन बन्द



१३ असोज, धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ ।
बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको छ । दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको सममा चलेका छैनन् । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ ।
मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् ।
उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।
बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ-ठाउँमा परिचालन गरिएको छ ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।
आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’
प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् ।
त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।

     

MORE  POST YOU CAN READ

धनगढी अनिश्चितकालीन बन्द धनगढी अनिश्चितकालीन बन्द Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३२ घाइते

Friday, September 28, 2018

ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३२ घाइते


कावासोती , १३ असोज । नवलपुरको कावासोतीमा ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । कावासोती–१६ डण्डामा शनिबार बिहान साढे २ बजे भएको दुर्घटनामा अन्य ३२ जना घाईते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बसलाई बिपरीत दिशाबाट गएको ना ६ ख ७७१९ नम्बरको ट्रकले ठक्कर दिदा सो दुर्घटना जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा परि बस चालक बा“के कोहलपुर नगरपालिका ४ बस्ने २३ बर्षका सुरज विक र कपिलबस्तु बाणगंगा गाउपालिका २ बस्ने २४ बर्षका लक्ष्ँम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्य ११ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाईते भएकाहरुमध्य ११ जनाकलाई उपचारका लागि चितवनको भरतपुर पठाईएको छ भने ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र १६ जनाको कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ । अहिले सवारी एकतर्फि रुपमा सञ्चालन भैरहेको छ ।

     

MORE  POST YOU CAN READ

ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३२ घाइते ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३२ घाइते Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

sample

Friday, September 28, 2018

     

MORE  POST YOU CAN READ

sample sample Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही

Friday, September 28, 2018

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही


काठमाडौँ, १२ असोज । शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताउनुभयो ।
लिग संयोजक विज्ञानराज शर्माले भन्नुभयो, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छाैँ ।” लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान र हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।
साङ्गीतिक प्रस्तुतिका साथ लिगको उद्घाटन हुने जानकारी एन्फाले दिएको छ । नेपालका चर्चित कलाकारको प्रस्तुति रहने उक्त साङ्गीतिक प्रस्तुति ४५ मिनेटको हुनेछ ।
उद्घाटनका अवसरमा विश्व फुटबल महासङ्घ (फिफा)का दक्षिण एशिया ‘रिजनल डेभलपमेन्ट अफिसर’ प्रिन्स रफस समेत नेपाल आउने एन्फाले जनाएको छ ।
टिकट मूल्य ५०० र २०० 
एन्फा महासचिव इन्द्रमान तुलाधरले हल्चोकमा हुने लिगका खेलहरुको टिकट मूल्य रु २०० र एन्फा कम्प्लेक्समा हुने खेलका लागि रु २०० र ५०० राखिएको जानकारी दिनुभयो ।
प्रिम्याच कन्फ्रेन्स 
‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले लिगअघि शुक्रबार सबै १४ क्लबका प्रशिक्षकलाई राखेर ‘प्रि म्याच कन्फ्रेन्स’ आयोजना गरिने बताउनुभयो ।
उहाँले यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले जानकारी दिनुभयो ।
लिगको मार्केटिङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ‘ए’ डिभिजन लिगको लागि टाइटल स्पोनसरको सम्झौता गरिसकेको छ । सम्झौतापछि लिग पल्सर शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ ।
चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएपछि केही समयका लागि लिग स्थगित हुनेछ ।
रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म हुनेछ । लिगमा १४ ’ए’ डिभिजन क्लबले खेल्ने छन् । जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब रहेका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ ।
लिगको विजेताले रु ५० लाख पाउनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ ।
लिगको चौँथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिने छन् ।
लिगको तयारीका लागि एन्फाले क्लबहरुलाई रु २० लाख उपलब्ध गराइसकेको छ ।
’ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विसं २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।
‘रेलिगेशनबिना’को लिग 
एन्फाका अनुसार नियमित ‘रेलिगेशनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फुटबलको माहोल ल्याउन रेलिगेशनबिनाको लिग गर्न लागेको बताएको छ ।
एसियाली फुटलब सङ्घ (एफसी) र विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेशन’ लिग गर्न यसअघि नै अनुमति दिइएको छ ।

     

MORE  POST YOU CAN READ

ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही ए डिभिजन लिग : खेल मिलेमतो गरे कडा कारवाही Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

अमेरिका पुगेर प्रधानमन्त्री ओलीले भने–नेपालको कसैसँग पनि शत्रुता छैन

Friday, September 28, 2018

अमेरिका पुगेर प्रधानमन्त्री ओलीले भने–नेपालको कसैसँग पनि शत्रुता छैन


-सुरेन्द्रबहादुर नेपाली 
न्यूयोर्क, १० असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमीन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदुषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेको समेत देखेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताउनुभयो ।
यस व्याख्यानको सञ्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गर्नुभएको थियो ।
विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो । कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तर्दृष्टि प्रदान गर्छ, विचार सिर्जना गर्छ तथा वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवद्र्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ ।
यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् ।

     

MORE  POST YOU CAN READ

अमेरिका पुगेर प्रधानमन्त्री ओलीले भने–नेपालको कसैसँग पनि शत्रुता छैन अमेरिका पुगेर प्रधानमन्त्री ओलीले भने–नेपालको कसैसँग पनि शत्रुता छैन Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ?

Friday, September 28, 2018

ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ?


केपी ओली हाम्रो जन्मभूमि नेपालका प्रधानमन्त्री हुन्, उनका धेरै कार्य शैली प्रति म बिमति राख्छु,सोसल मिडियामा उनले गरेका राम्रा कामको तारिफ र कमजोरीको म खुलेर बिरोध गर्छु, तर पनि बिमतिमा मैले गर्ने बिरोधमा शालीनता हुनैपर्छ नत्र त्यो बिरोध बिध्वंस जस्तै खतरा हुन्छ, त्यसले द्वन्दको बिजारोपण गर्छ भने अराजकता फलाउँछ।
दुई साता अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाउने तथा ‘गो ब्याक मर्डरर’ भन्ने नारा लगाईएकोमा मैले लेख मार्फ़त बिरोध गर्दा केहीले मलाई बाबुराम भक्त पनि भनेका थिए भने धेरैले समर्थन समेत ब्यक्त गरेका थिए। मैले आफू बाबुराम भट्टराईको भक्त नभई देशको कुनै बेलाको कार्यकारी प्रधानमन्त्रीको समर्थनमा बोलेको थिएँ, जुन बाबुराम वा अरु जो सुकै पनि हुन सक्थ्यो।
दुई दिन अघिको मेरा एक मित्रले लेखेको स्टाटसलाई केही सम्पादित गरेर मैले शेयर गर्दा केही साथीहरुले मलाई देशको प्रधानमन्त्री ओलीको बिरोध गर्यो भनेर कडा प्रतिक्रिया दिने मात्र हैन अनफ्रेन्ड गर्ने समेत भेटिए। जसमा ओली र ट्रम्पको भेंटवार्ता बारे बिभिन्न बिम्बहरुको प्रयोग गरेर नेपाली राजनीतिको बिसंगति उल्लेख गरिएको थियो जसमा न कुनै असभ्य टिप्पणी थिए न त कुनै असान्दर्भिक। ती टिप्पणी कर्ता मध्ये केही त केही हप्ता अघि माधव नेपाल न्यूयोर्क आउँदा आयोजित एउटा अन्तरकृया कार्यक्रममा मलाई केही कडा पो बोल्ने हो कि भनेर निषेध नै गर्नेहरु थिए।
अर्को एउटा टिप्पणीमा प्रधानमन्त्रीको काम भन्दा कुरा बढी गर्ने बानीलाई ब्यंग गर्दै ‘सम्माननीय प्रधानमन्त्रीज्यू, ‘केही थान उखानहरु अंग्रेजीमा सिकेर आउनुहोला’ भन्दा केही साथीहरुले देशको प्रधानमन्त्रीको अपमान भो भन्ने देखि वाह वाह सही लेख्यौ भनेर भन्नु पनि भो। तर यो लेख पढ़े पछि मलाई ओली भक्त भन्न पनि बेर छैन।
हुन त म ओली भक्त नै हुन चाहन्थेँ तर उहाँका अभिव्यक्ति र कार्यशैली प्रति म पनि आम मान्छे जस्तै खुशी छैन।नाकाबन्दीका बेलाका सतीसाल बनेका ओलीज्यू दुई तिहाई मतादेश च्याँपेर पनि अहिले उत्तीसको रुख जस्तै कमजोर हुनुभएको छ तर म परदेशमा भएकोले मेरो देशको कार्यकारी प्रमुखको सम्मान र ईज्जत गर्नु मेरो दायित्व हो भन्ने कुरामा म सचेत छु।सोसल मिडियामा शालीन रुपमा आफ्ना असहमति प्रकाशन गर्नु मेरो बाध्यता थियो भने, त्यसबाट सिक्नुपर्ने काम प्रधानमन्त्रीकै थियो।तर जे भए पनि अरुको भूमिमा आफ्नै देशको प्रधानमन्त्रीको बिरोध कालो झण्डा देखाएर हैन फराकिलो मन गराएर गर्नुपर्छ भन्ने मेरो मान्यता हो किनकी अमेरिकनहरुले केपी ओलीलाई कुन पार्टीको प्रधानमन्त्री हो भनेर बुझ्ने छैनन्, कुन देशको कार्यकारीको बिरोध गरेको भनेर बुझ्छन्। जुन तपाईँ हामी सबैको प्रतिष्ठा संग जोडिएको हुन्छ।
ओली दुई तिहाई प्राप्त मतादेशका प्रधानमन्त्री हुन्, उनलाई यो गर्न सकिन, बिरोधीहरुले गर्न दिएनन्, मैले बिगारेको हैन, काम गर्न गाह्रो भयो भन्ने नैतिक अधिकार र बहाना छैन। शुरुबाती दिनहरुमा उद्घोष गरेका धेरै घोषणाहरु अहिले बिचमै हराउनु, निर्मला हत्याकाण्डमा राजनैतिक चलखेल भएर २ महिना भन्दा बढी समयसम्म अपराधी सार्वजनिक गर्न खुट्टा कमाउनु, नेता तथा कार्यकर्तामा पुरानै चुम्मा चाट र चाप्लुसी जारी रहनु लगायत केही मन्त्रीहरुका ग़ैरज़िम्मेवार कृयाकलाप जारी रहनु ओली सरकारका अकर्मण्यताहरु हुन्।
तर वर्तमान बिसंगतिका एक्लो कारक ओली होईनन्, बहुदलीय ब्यवस्था पछि पटक पटक सत्तामा बसेको नेपाली काङ्ग्रेस यसमा उत्तिकै ज़िम्मेवार छ।ओलीज्यू ब्यक्तिगत रुपमा लोभ, मोह र स्वार्थबाट टाढा होलान् तर उनका कार्यकर्ताको ठूलो जमात स्वार्थको राजनीति गर्छ।ती स्वार्थ समूहले कसरी प्रभाव पारेका छन् भन्ने ताज़ा उदाहरण डा. गोविन्द के.सी. को आन्दोलनमा लामो समय पछि देखाएको उदासीनता थियो, जसमा कांग्रेसको समर्थन राजनैतिक लाभका लागि र सरकारको उदासीनता स्वार्थ समूहको प्रभाव थियो।
ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ? ओलीलाई अमेरिकामा कालो झण्डा किन देखाउने ! भाईरल बन्न ? Reviewed by khagendra joshi on Friday, September 28, 2018 Rating: 5

League kicks off with NRT-Army showdown

Wednesday, September 19, 2018
League kicks off with NRT-Army showd
Sep 20, 2018-
Promoted New Road Team (NRT) will take on Tribhuvan Army Club (TAC) in the opening match of the Martyrs Memorial A Division League at the ANFA Complex grounds in Satdobato on September 29.
In the tiesheet draw held on Wednesday, Manang Marshyangdi Club (MMC) will be up against promoted Brigade Boys Club in Satdobato and Machhindra Club will play against newboys Chyasal Youth Club at the APF grounds, Halchowk, on September 30. The league resumes after five years primarily due to infighting in the All Nepal Football Association (ANFA). As per the draw, the single round robin league will conclude in January.
Altogether 14 teams—Three Star Club, Manang Marshyangdi Club, Nepal Police Club, Nepal Armed Police Force Club, Tribhuvan Army Club, Jawalakhel Youth Club, Friends’ Club, Sankata Club, Machhindra Club, Saraswati Youth Club, Chyasal Youth Club, New Road Team, Brigade Boys and Himalayan Sherpa Club—are set to compete in the league.
Unlike, the standard practice there won’t be relegation this time though. The football governing body ANFA has said the relegation system will be implemented only in the season. ANFA says the provision of relegation was removed after discussions with stakeholders so as to create “positive environment” in football.   
The league carries a total purse of Rs 13.7 million out of which the eventual champions will walk away with Rs five million. The runners-up will get Rs 3.5 million and second runners-up will earn Rs 2.5 million. Others finishing in Top Six will also get cash prizes in addition to preparations amount of Rs two million to all the teams.
League kicks off with NRT-Army showdown League kicks off with NRT-Army showdown Reviewed by khagendra joshi on Wednesday, September 19, 2018 Rating: 5

Collapse of deal calls for serious soul-searching

Wednesday, September 19, 2018

Collapse of deal calls for serious soul-searching


Sep 20, 2018- The formation of a three-member task force to prepare a modality for the development of West Seti Hydroelectric Project on Tuesday formally closed the chapter of China Three Gorges International with the multi-billion project.   
While the task force that includes the finance minister, energy minister, and chief executive of the Investment Board Nepal still has a month to come up with the modality, six years of continuous and unsuccessful negotiation with the Chinese company has called for some serious soul-searching on part of the Nepal government.   
As the administration moves forward to explore a new modality, multiple questions have surfaced regarding the future of the 750MW project. How will the multi-billion project move forward? Will there be international bidding again or will the government itself take the responsibility for developing it?    
The West Seti has been in the news since the early 1990s but without a breakthrough. First, it was Australia’s Snowy Mountain Engineering Corporation (SMEC) that held the survey licence for almost two decades without any significant progress.
When the Chinese company entered the scene in 2011, there was much hope that the project would be eventually built. Such expectation was natural as the developer of the world’s largest hydropower dam—Three Gorges Project—had signed the memorandum of understanding for West Seti.
When all-important talks between the IBN and the CTGI collapsed in the last week of August, IBN CEO Maha Prasad Adhikari said that it had taught some important lessons to Nepal.
“We’re yet to make a large reservoir project viable for private developers,” said Adhikari, adding that the government now must have a clear policy on the issues of land acquisition and resettlement.
According to Adhikari, since Nepal does not have large reservoir hydropower projects, any project of this kind of magnitude that involves private financing needs to be treated carefully. “The failed negotiation with the Chinese company taught us that we need a new policy when it comes to resettlement and rehabilitation issues of a storage-type project,” he said.
As private developers see risks on resettlement and rehabilitation, who will take responsibility for these aspects has become a major issue, especially in the storage-type projects. In case of Budhi Gandaki Hydroelectric Project, the government is providing compensation to the locals whose land is affected by the project.
As West Seti has been lingering for last three decades, its cost has spiralled. Among the large reservoir projects, the West Seti is in danger of becoming the second costliest project after Budhi Gandaki. “If this situation prevails longer, then it may lose its priority too,” Adhikari said.
Since the development of West Seti under the public-private partnership (PPP) model has collapsed for now, IBN officials say that a high-level task force has a difficult decision to make: whether to develop the project under the PPP model or suggest the government to launch the project on its own.
Some officials within the government think the project should be built using domestic partners. In fact, the government had stated in its current fiscal year budget that West Seti would be developed by mobilising internal resources.
In Tuesday’s board meeting, the IBN decided to forward the proposal of inviting international developer for the project development under PPP model. As per the IBN proposal, a new expression of interest (EOI) can be called with an arrangement whereby foreign developers will have a majority stake and certain stake will go to the Nepali side. However, the board of directors were of the view that there should be a comprehensive discussion on the modality.
Hydropower experts say the project cannot be lingered for long. Khadga Bahadur Bisht, former president of the Independent Power Producers Association Nepal, said the government should act swiftly now.
“We have lost almost thirty years,” Bisht said. “Since all studies regarding the project are in place, the government should call international bidding giving foreign developers 51 percent stake in the project. The remaining 49 percent can be allocated to local stakeholders.”
While the issue of power purchase agreements in dollar has been a major concern for foreign developers, Bisht suggests the government should say there will be PPA in dollar for the loan portion of the project financing.  
According to him, three projects—West Seti, Budhi Gandaki, and Nalsingh Gad—are ready for construction. “These projects can be developed under the same modality, giving ownership and equity to provincial governments under which the projects fall,” he said.
Collapse of deal calls for serious soul-searching Collapse of deal calls for serious soul-searching Reviewed by khagendra joshi on Wednesday, September 19, 2018 Rating: 5
Powered by Blogger.