अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?
काठमाडौं । अभिनयभन्दा बढी अनुहारबाट फ्यान कमाएका अभिनेता हुन् अनमोल केसी । विशेषगरी उनका तन्नेरी फ्यान बढी छन् । बलिउडमा सलमानलाई जस्तै कलिउडमा पनि अनमोललाई नयाँ हिरोइन भित्र्याउने अभिनेताको रुपमा लिइन्छ । फिल्म ‘ड्रिम्स’मा अनमोलले साम्राज्ञीसँग रोमान्स गरे । त्यस्तै ‘जेरी’, ‘गाजलु’ र ‘कृ’मा पनि नयाँ अभिनेत्री भित्र्याए ।

सामाज्ञी अहिलेको माग बढी भएकी अभिनेत्री हुन् । ‘ड्रिम्स’बाट एकाएक चर्चामा आएकी थिइन् उनी । त्यसपछि उनको चलचित्रले खासै राम्रो व्यापार गर्न सकेन । ‘तिमीसँग’ त चलेको पनि थाहा पाएनन् दर्शकले । ‘ए मेरो हजुर २’ले भने औसत व्यापार गर्यो ।
अनमोल केसीको नयाँ फिल्म ‘क्याप्टेन’ रिलिजको तयारीमा छ । यसमा उनी एक फुटबलरको भूमिकामा हुनेछन् । फिल्ममा अनमोलले एमभी प्रियंकासँग रोमान्स गर्ने बताइएको छ । उनले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् ।
उनी अनमोलको क्यूटनेससँग फिदा भएकी छन् । हालै उनले सामाजिक सञ्जालमा अनमोलसँग एक फोटो अपलोड गरेकी थिइन् ।
अनमोललाई लाग्ने गरेको आरोपमा झन् एक ईटा थपिएको छ । नयाँ अभिनेत्री भित्र्याउन आफ्नो अभिनयमा स्तरीय नबनाउने आरोप भने अब पनि नलाग्ला भन्न सकिन्न । उनले अभिनयमा कुनै पनि निखार नल्याएको दर्शकहरुको गुनासो छ
अभिनेत्री मात्र भित्र्याउने कि अभिनय निखार्ने ?
Reviewed by khagendra joshi
on
Friday, August 31, 2018
Rating:
No comments: