निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो

निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो



काठमाडौँ, १२ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ । प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो ।
प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याइएको हो । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ ।
साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो ।
स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन् । प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक बालकको मृत्यु समेत भइसकेको छ । निर्मला काण्डको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।
निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो निर्मला प्रकरण : दिलिपसिंह विष्टलाई काठमाडौँ ल्याइयो Reviewed by khagendra joshi on Tuesday, August 28, 2018 Rating: 5

2 comments:

Powered by Blogger.