चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

यस्तै आजै नेपाल मेडिकल काउन्सिल गइ लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखिएको छ।
संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सिललाई आ(आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरेको छ ।
संघ करिब ५ हजार लाइसेन्स काउन्सिललाई बुझाउने तयारीमा छ।
भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ। चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन् ।
यसैगरी संघले देशभरका जिल्ला शाखाहरुले समेत प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने बताएको छ।
‘काठमाडौं उपत्यकाको हकमा अपरान्ह १० बजे माइतीघर मण्डलामा तथा शाखाहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एप्रोन सहित अनिवार्य उपस्थित भई विरोध कार्यक्रम सञ्चालन गर्नु हुन समेत सम्पूर्ण स्वाथ्यकर्मी तथा चिकित्सकहरुमा हार्दिक अनुरोध गरिन्छ’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ
चिकित्सक आन्दोलन: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
Reviewed by khagendra joshi
on
Monday, September 03, 2018
Rating:
No comments: