स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता?



कठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको व्यवस्था अनुरुप खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान गरिएको हो। 
सोमबार सूचना प्रकाशित गरी मागिएको दरखास्त अवधि ७ दिनको हुनेछ । दरखास्त दिँदा शैक्षिक योग्यताको प्रतिलिपी, बायोडाटा, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र र उक्त पदमा नियुक्त भएमा आफूले गर्ने प्रस्तावित कार्ययोजना र प्रतिवद्धता समेत संलग्न गर्नुपर्नेछ।
बीमा ऐन अनुसार बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्न पूर्णकालीन पदाधिकारीको रूपमा कार्यकारी निर्देशक रहनेछ । जसको पदावधि चार वर्षको हुनेछ र बढीमा एक पटकको लागि पुनः नियुक्ति गर्न सकिने व्यवस्था ऐनमा छ।
योग्यता कति ? 
कार्यकारी निर्देशकको पदमा नियुक्त हुनको लागि योग्यता तोकिएको छ। जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनपर्छ । उमेर ६५ वर्ष ननाघेको हुनुपर्छ ।
कसरी गरिन्छ नियुक्त  ?
कार्यकारी निर्देशकका लागि सिफारिस समितिको व्यवस्था गरिएको छ ।  लोक सेवा आयोगको अध्यक्ष वा उनले तोकेको आयोगको सदस्य संयोजक हुनेछन् । अर्थशास्त्र, व्यवस्थापन, वित्त, कानून, स्वास्थ्य अर्थशास्त्र तथा बीमा विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त व्यक्तिहरू मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना सदस्य र स्वास्थ्य मन्त्रालयको सचिव सदस्य–सचिव हुनेछन् । 
यो समितीले योग्यता पुगेको व्यक्तिमध्येबाट तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ । बमोजिम सिफारिस भएका व्यक्तिहरू मध्येबाट एक जनालाई नेपाल सरकारले कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नेछ ।

स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकका लागि खुला दरखास्त, कति चाहिन्छ योग्यता Reviewed by khagendra joshi on Monday, August 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.