नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा


नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पुर्‍याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नताको खुलासा ।
खोज पत्रकारिता केन्द्र
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछि हामीले आईसीआईजेसँग नेपालसँग सम्बन्धित विवरण मागेर अनुसन्धान गर्न थालेपछि खोज पत्रकारिता केन्द्र नेपाल (सीआईजे) को आईसीआईजेसँग औपचारिक सहकार्य शुरू भयो । 
आईसीआईजे, ऊसँग सम्बन्धित विभिन्न देशका खोज पत्रकारहरूको अनुसन्धान, उनीहरूका कागजात र त्यससँग सम्बन्धित नेपालका सरकारी निकायका कागजातहरूको अध्ययन पछि केही रोचक विवरणहरू भेटिएका छन् । प्राप्त विवरण अनुसार, नेपालमा कर छल्ने वा कुनै गैरकानूनी ढंगले कमाइएको रकम सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पु¥याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको भेटिएको छ । 
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य र पूर्व सांसद् वीरेन्द्र महतो, उनका दाजु उपेन्द्र, गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ र व्यापारी अजेयराज सुमार्गी यस्तो काममा संलग्न रहेको भेटियो । यो चक्र पूरा गर्ने मुख्य माध्यम नेपालको ठूलो दूरसञ्चार कम्पनी एनसेललाई बनाइएको भेटियो ।  
नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा नेपालमा छल, विदेशमा फल : नेपाल पैसा भित्र्याउने चक्रको यसरी भयो खुलासा Reviewed by khagendra joshi on Wednesday, January 16, 2019 Rating: 5

No comments:

Powered by Blogger.