बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा








भारत - दिल्लीको शकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा एकाएक बन्दुक पड्केको आवाज आयो र भागदौड मच्चियो । 
वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेकाे बेला नचिनेका मान्छेहरुङ्काे एउटा समूहले बेहुलीमाथि गोली चलाएर त्यहाँबाट फरार भयो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।
भारतकाे मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीबार राति शकरपुरको एउटा पुरानाे शिव मन्दिर धर्मशालामा भइरहेको थियो । 
बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो । 
त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिए । 
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२

दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे बताएकाे छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो ।
प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनकाे धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । 
बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा बिहेको मण्डपमै बेहुलीमाथि गोली प्रहार: घाइते अवस्थामै लिइन् सात फेरा Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

No comments:

Powered by Blogger.