देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस्


काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएकाे छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको उच्च कदर गर्दै घिसिङलाई सम्मान गरेको हो ।
के तपाईं यो Website मा मथिदेखाएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

२०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले ब्यहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नुभएकाे थियाे । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्संरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल हुनुभएको छ ।

घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गर्नुभएको छ । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरणलगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उहाँकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेको जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामले पनि तीव्रता पाएको छ ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताउनुभयो । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उहाँले बताउनुभयो ।

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा सुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताउनुभयो ।

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवर्द्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।
देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस् देशभरी उज्यालो पार्ने महान ब्यक्ती कुलमानलाई घिसिङलाई बल्ल भयो यती ठुलो सम्मान तपाई पनि सम्मान स्वरुप शेयर गर्नुहोस् Reviewed by khagendra joshi on Friday, January 18, 2019 Rating: 5

No comments:

Powered by Blogger.