• Home
  • Breking news
  • Helth tips
  • Filmy news
  • Intertainment

VIP-News nepal

  • Home
    • Breaking News
    • Entertainment
    • Sport News
    • Filmy News
    • Health Tips

    Does the child not mix with others? के बच्चा अरुसँग मिल्दैन?

    khagendra joshi Monday, December 03, 2018
    के बच्चा अरुसँग मिल्दैन?

    प्रायः बच्चाको प्रकृति जमेको छ। तिनीहरू नयाँ चीजहरू, नयाँ परिवेश, नयाँ मित्रहरूको आनन्द उठाउँछन्...

    However, the nature of a child is quite different. They do not mix with new friends. Not just new friends but also with your classmates or close friends. New people are afraid to speak. In the classrooms, no questions will be answered to answer. Not to raise hands even to answer the easy question. Why are these children pressured by selfishness? Why are you hugged?

    This is usually a problem. Mental problem And, the result remains in the child's long-term. That is, even if they are growing their age, the problem stops. When the child loses confidence. They are mentally weak. Then they can not face any challenge in life. What are the conditions of tomorrow next year when we are growing up remembering our future, so weak?
    Share This:
    Does the child not mix with others? के बच्चा अरुसँग मिल्दैन? Does the child not mix with others? के बच्चा अरुसँग मिल्दैन? Reviewed by khagendra joshi on Monday, December 03, 2018 Rating: 5

    ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’

    khagendra joshi Sunday, December 02, 2018

    मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित हुनुहुन्थ्यो । भाषणमा उहाँले अघिल्ला सरकार र अरु दलका नेताहरुको आलोचनासँगै अहिलेको सरकारले गरेका केही कामको सूची पनि वाचन गर्नुभयो । 

    सरकार देखेको दावी गर्नुभयो । भाषणको क्रममा उत्साहित प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची आउँछ र त्यसले जवाफ दिन्छ सरकार कहाँ छ भनेर, बाटोमा धुलो उड्न कम भैसक्यो यसबाट पनि जवाफ पाउनुपर्ने हो ।’ उहाँले थप्नुभयो, ‘वर्षौंदेखिको सपना थियो, कलंकी –नागढुंगा सडक, कलंकी – नागढुंगा हेर्न जानुस् राम्रो बन्दैछ, बडो तीव्रताका साथ बन्दैछ, हो त्यहाँ छ सरकार ।’ 
    प्रधानमन्त्रीले भाषण गरेको ३ दिनपछि अर्थात मंसिर १४ गते म कलंकी नागढुंगा हुँदै दामन जाँदै थिएँ । वर्षौंदेखि आउजाउ गर्दै आएको बाटोको दुर्दशा केही कम भएको छ कि भन्ने झिनो आशा थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेजस्तो छैन अवस्था भनेर धेरैले उडाएका थिए । प्रधानमन्त्रीलाई उडाउनकै लागि यसो भनिएको होला, पक्कै बाटो राम्रो हुँदैछ भन्ने मलाई लागेको थियो ।
    सडकको अवस्था के रहेछ भनेर बुझ्न म बसका चालक नजिकै बसें । चालकले कलंकीमै भनेका थिए ‘सरकारले यहाँ हामीलाई जिउँदै नर्क पठाएको छ, यस्तो नर्क हेर्न किन अघि बस्नुहुन्छ, पछाडि गएर सिटमा बस्नुहोस् ।’
    तर मेरो मनले मानेन र गुरुजीसँगै इन्जिनमाथिको सिटमा बसेँ । कलंकीको बाबा पेट्रोलपम्प पुग्नेबित्तिकै ‘नर्क जानेजस्तो सडक’ सुरु भयो । सडक हेर्दा लाग्थ्यो हामीले काठमाडौंको दूर–दराजको गाउँको यात्रा सुरु गर्‍यौं । धुलो यतिधेरै थियो कि, पछिल्लो गाडीले अघिल्लो गाडी देख्न मुश्किल । अनि खाल्डाखुल्डी यति धेरै थिए कि गाडी सिधा भएर गुड्नै नपाउने ।
    १०/१२ चक्के गाडीको सबैभन्दा ठूलो बिजोग  थियो । कयौं ट्रक र कन्टेनर सडकमै पल्टिएका थिए । कतिपय ट्रक र कन्टेनरका चालक टाउकोमा हात राखेर सुस्केरा हाल्दै र सरकारलाई धिकार्दै गरेका देखिन्थे । सायद उनीहरुले पनि प्रधानमन्त्रीको भाषण सम्झँदै थिए होला ।

    ५ जना कामदार र एउटा डोजर, यही हो त कामको तीव्रता ?

    नागढुंगा – कलंकी सडक राम्रो हुँदै गएको प्रधानमन्त्रीको बोली झूटो थियो । उहाँले तीव्र गतिले काम भैरहेको भनेकाले काम पूरा नभए पनि तीव्र होला भन्ने लागेको थियो । तर कलंकीदेखि नागढुंगासम्म कतै पनि तीव्र रुपले काम भएकै देखिएन । गाडीहरु बडो सकसका साथ गुडिरहेका थिए । बाटो बन्दैछ र यो सकस चाँडै अन्त्य हुनेछ भन्ने आशा जगाउने गरी कुनै काम नै भएको थिएन । 
    शुक्रबार कलंकीबाट नागढुंगा जाँदा ढुंगेअड्डामा एउटा डोजरले ढल खोस्रँदै थियो । ४/५ जना कामदारले ढुंगा ओसारिरहेका थिए । बाँकी भागमा अरु कामदार र काम गर्ने उपकरण नै देखिएनन् । 
    शनिवार फर्कँदा  पनि मैले ध्यान दिएर सडकमा हेरेँ, पूरै सडकखण्डमा जम्मा एउटा डोजर र ४/५ जना कामदार मात्रै थिए । शायद प्रधानमन्त्रीले भनेको तीव्र गतिको काम यै थियो होला । 

    कसरी श्वास फेर्छन् होला यहाँका बासिन्दा ?

    ९ दशमलव १ किलोमिटर लामो कलंकी नागढुंगा सडक बन्न थालेको साढे ३ वर्ष भयो । साढे ३ वर्षअघि ठेकेदारले सडक जथाभावी भत्काए, बनाउन चासो देखाएनन् । कतिपय ठाउँमा जग्गाको मुआब्जा विवादका कारण घरहरु आधा भत्काएर छाडियो । 
    एकपटक नागढुंगा – कलंकी सडकको यात्रा गर्ने नागरिक त धुरुक्कै रुन्छन् भने त्यहाँका बासिन्दालाई कस्तो भएको होला ? यो सडकखण्ड छेउछाउका केही घरमा मान्छै बस्न छाडिसके । सडकको धुलोले समाज विस्थापित गराएर सायद सरकारले गिनिज बुकमा विश्व रेकर्ड कायम गर्दैछ होला । 



    Share This:
    ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’ ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’ Reviewed by khagendra joshi on Sunday, December 02, 2018 Rating: 5

    मिराजको १२ विकेटसँगै बंगलादेशद्वारा सिरिज क्लिन स्वीप

    khagendra joshi Sunday, December 02, 2018

    १६ मंसिर, काठमाडौं । मेहदी हसन मिराजको १२ विकेटसँगै बंगलादेशले वेष्ट इन्डिजविरुद्ध दोस्रो टेष्टमा एक इनिङ र १८४ रनको फराकिलो जित हात पारेको छ । यससँगै उसले दुई टेष्टको सिरिज क्लिन स्वीप गरेको छ ।
    शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेष्टइण्डिज १११ रनमा अलआउट भयो ।
    बंगलादेशले ५०८ रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो । ३९७ रनले पछि परेको वेष्टइण्डिज दोस्रो पारी थाल्यो तर २१३ रनमा समेटियो । सिम्रोन हिटम्येरले ९३ रन बनाएका थिए ।
    वेष्ट इन्डिजको पहिलो पारीमै सात विकेट लिएर सनशनीपूर्ण प्रदर्शन गरेका मिराजले दोस्रो इनिङ्समा पाँच विकेट लिन सफल भए ।
    यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो ।

    Share This:
    मिराजको १२ विकेटसँगै बंगलादेशद्वारा सिरिज क्लिन स्वीप मिराजको १२ विकेटसँगै बंगलादेशद्वारा सिरिज क्लिन स्वीप Reviewed by khagendra joshi on Sunday, December 02, 2018 Rating: 5

    गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम

    khagendra joshi Sunday, December 02, 2018

    १६ मंसिर, कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् ।
    शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी हात पारेका हुन् । उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाए ।
    त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
    अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिकामा रहेका थिए ।
    मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जना छनोट भएका थिए ।
    Share This:
    गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम Reviewed by khagendra joshi on Sunday, December 02, 2018 Rating: 5

    सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे, नाग देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोला नत्र अनिष्ट होला !

    khagendra joshi Saturday, December 01, 2018

    मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरकतपाई भाग्यमानी कि अभागी ? यो गुफाको तस्बिर छोएर राम्ररी हेर्नुहोस, भाग्यमानीले मात्र भगवान देख्ने बिश्वास छ फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।
    अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ ।
    हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ । यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो ।
    प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।
    हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ ।
    प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ । नागिनले अण्डा पारेको यो भिडियो हेर्नुस:
    Share This:
    सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे, नाग देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोला नत्र अनिष्ट होला ! सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे, नाग देखेको ३ सेकेन्डमा कमेन्टमा ॐ लेखी सेयर गर्नुहोला नत्र अनिष्ट होला ! Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन्

    khagendra joshi Saturday, December 01, 2018

    पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ ।
    जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान-बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ कतिपय दीर्घ रोगमा सबै किसिमको व्यायाम उपयुक्त हुँदैन । कति व्यायामले उल्टो असर गर्न सक्छ । तर, पैदल हिँड्नमा त्यस्तो कुनै छेकबार छैन ।
    शरीरलाई स्वस्थ राख्न हिड्नु पर्छ । दिनमा कम्तीमा तीस मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ । पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप २ मधुमेह नियन्त्रित हुने गर्छ ।
    जोर्नीको दुखाई , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम समेत कम हुन्छ ।
    र, पैदल हिँड्नका लागि व्यक्तिलाई कुनै विशेष प्रकारको तालिमको आवश्यकता पर्दैन । व्यक्ति जुनसुकै समयमा पनि स्वतन्त्रतापूर्वक हिडडुल गर्न सक्छन् ।
    र, हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्त्रिmय जीवन विताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ  । यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ । शरीरलाई फिट राख्न मद्दत गर्छ ।
    क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहरुका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुने गर्छ ।
    हवार्ड मेडिकल स्कुलको एक अध्ययन अनुसार पैदल हिड्नाले मुटु सम्बन्धि रोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुने गर्छ । र, मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुने गर्छ ।
    तर अहिले मानिसहरु सुविधाभोगी भएका छन् । एक पाइलाको बाटोमा पनि सवारी साधन खोज्छन् । सब्जी किन्नका लागि मोटरसाइकल चढ्छन् ।
    व्यस्त जीवनशैली तथा कुर्सीमा बसेर गरिने कामका कारण अहिले मानिसहरु आˆनो समय कम्प्युटरमा बिताउने गर्छन् । उनीहरु धेरै भन्दा धेरै टेबलमा बसेर गरिने काममा बिताउने गर्छन् । जसले गर्दा त्यस्ता व्यक्तिहरुलाई हिँड्ने अनुकुलता कमै प्राप्त हुन्छ ।
    त्यसैले, पैदल हिँड्ने इच्छा भएका व्यक्तिले पैदल हिड्नका लागि राम्रो विकल्प अपनाउन सक्छन् । उनीहरुले निजी बाहनको सट्टा बस वा टेम्पोमा यात्रा गर्न सक्दछन् । यसले व्यक्तिलाई बस स्ट्याण्ड वा टेम्पो स्टेशनसम्म हिँड्न व्यक्तिलाई प्रोत्साहित पनि गर्छ । त्यस्तै, हिडेरै पुगिने ठाउँमा पैदल हिड्ने गर्छन् ।
    सन् २००७ मै गरिएको एक अध्ययनलाई आधार मान्ने हो भनेपनि  सातामा करिब ७५ मिनेट हिड्नाले पनि शरीर स्वस्थ रहने गर्छ । तर त्यसको लागि दैनिक ३० मिनेट हिड्न आवश्यक छ ।
    दैनिक तीस मिनेट हिँड्दाका फाइदा
    दैनिक तीस मिनेटको हिँडाई शरीरका लागि स्वस्थ मानिन्छ । हिँड्दा लामो लामो पाइला चाल्नु पर्दछ । कयौ मानिसलाई एकै पटक छिटो छिटो हिँड्न गार्‍हो हुनसक्छ । त्यो नहोस् भन्नका लागि मानिसले सुरुमा विहान दिउँसो र बेलुकी दश/दश मिनेटको यात्रा तय गर्न सक्दछन् ।
    जब उनीहरुमा हिँड्ने बानीको विकास हुन थाल्छ, तब उनीहरुले यो क्रमलाई क्रमश बढाउन सक्दछन् ।
    यसले शरीरलाई फिट राख्नुका साथै तौल घटाउन समेत सहायता प्रदान गर्छ ।
    शारीरिक  क गतिविधिको विकास गर्ने
    यसरी हिँड्दा अन्य तरीका पनि अपनाउन सकिन्छ । जसले हिँड्ने बानीको विकास अझ प्रभावकारी ढंगले गर्दछ ।
    -लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने
    -सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडी नै ओर्लने बानी बसाल्ने ।
    -नजिकैको पसल जानु परेमा हिड्ने कोशिश गर्ने ।
    -घरमा कुकुर छ भने कुकुरलाई लिएर घर वरिपरि चक्कर लगाउने प्रयत्न गर्ने ।
    हिँड्नुलाई दैनिकी बनाउने
    यसरी हिँड्दा हिड्ने प्रकि्रयालाई नियमित बनाउनु पर्छ । एकै समयमा हिँड्ने बानी बसाउनु पर्छ । र, हिँड्दा उत्तिकै उर्जा खर्च गर्नुपर्छ ।
    त्यसो त कतिपय व्यक्तिलाई हिँड्दा कति उर्जा खर्चने भन्ने राम्रो ज्ञान हुँदैन । यसको लागि निश्चित गन्तव्य तय गर्नु पर्छ । साथै, सोही गन्तव्यमा एकै समयमा पुग्ने प्रयत्न गर्नुपर्छ । यसरी पैदल यात्रा गर्ने क्रममा शरीर फिट भएपछि तपाई आफै त्यो भन्दा लामो दूरी पार गर्न सक्नु हुन्छ ।
    हिँड्दा जति छिटो हिड्न सक्यो, उत्तिनै धेरै क्यालोरी कम हुने गर्छ । तर यसको लागि कुद््ने भन्दा छिटो छिटो पाइला चाल्ने तथा उकालो ओरालो बाटोमा हिँड्ने गर्नुपर्छ ।
    Share This:
    पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन् पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन् Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    आजबाट विप्लवको ७७ वटै जिल्लामा धर्ना जुलुश, बलात्कारी सार्वजनिक गर्न माग

    khagendra joshi Saturday, December 01, 2018

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि देशको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा जुलुश गर्ने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अपराधी सार्वजनिक गर्न नसकेको भन्दै विप्लव माओवादीले विरोध जुलुश निकाल्ने भएको हो ।
    प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सरकारले निर्मलाको लागि न्याय माग्दा उल्टै प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै विरोध जनाए । उनले भने,‘निर्मलाको लागि न्याय मागेर पोष्टर टाँग्दासमेत सरकारले दमन गर्यो ।’
    तस्वीर: गुगलको सहयोग
    Share This:
    आजबाट विप्लवको ७७ वटै जिल्लामा धर्ना जुलुश, बलात्कारी सार्वजनिक गर्न माग आजबाट विप्लवको ७७ वटै जिल्लामा धर्ना जुलुश, बलात्कारी सार्वजनिक गर्न माग Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    हरेक पाँच वर्षमा डाक्टरहरूको परीक्षा, उत्तीर्ण हुन नसके लाइसेन्स खारेज

    khagendra joshi Saturday, December 01, 2018

    काठमाडौं, १६ मंसिर । डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
    यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।
    ‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा.सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ । उनीहरूले तोकेको कोर्स पूरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ । नभए लाइसेन्स खारेज हुन्छ । ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिनेछ ।’
    पेसामा विकासको निरन्तरता (सिपिडी) कार्यक्रममार्फत काउन्सिलले डाक्टरहरूको परीक्षा लिनेछ । कार्यक्रममा सबै डाक्टरलाई सहभागी हुन बाध्यात्मक व्यवस्था बनाएको छ । काउन्सिलमा २२ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् ।
    उनीहरूले पूरा गर्नुपर्ने तालिम र कार्यक्रमका लागि नम्बर छुट्याइएको छ । तालिमको ३० र कार्यक्रमको ७० अंक राखिएको छ । कुन तालिम र कार्यक्रमको कति नम्बर दिने भन्ने मापदण्ड पनि काउन्सिलले बनाउनेछ ।
    पाँच वर्षको अवधिभित्र तोकिएको तालिम र कार्यक्रममा सहभागी भएर सय नम्बर प्राप्त गर्नुपर्छ । काउन्सिलले तोकेको तालिम र कार्यक्रममा सहभागी भएर पूरा अवधिभर बस्नैपर्ने बाध्यता डाक्टरहरूलाई हुने आचार्यले बताए । डाक्टरले लिखित परीक्षा भने दिनुपर्दैन ।
    चिकित्सकको सहजताका लागि काउन्सिलले सातवटै प्रदेशका हरेक अस्पताल, मेडिकल कलेजहरूमा सिपिडी युनिट गठन गर्नेछ । केन्द्रमा कम्तीमा पाँचजना विज्ञ चिकित्सकलाई तालिम दिनेछ । उनीहरूले प्रत्येक प्रदेशमा आवश्यकता हेरेर चिकित्सकलाई तालिम दिनेछन् ।
    ती चिकित्सकले फेरि आफ्नो प्रदेशमा रहेका सबै चिकित्सकलाई तालिम र कार्यक्रम गराउनेछन् । चिकित्सकको काममा असहज हुने गरी तालिम नहुने काउन्सिलका सदस्य डा.आचार्यले बताए । समय अवधिभर चिकित्सकले तालिम तथा कार्यक्रममा सहभागिता जनाएनन् भने उनीहरूको नम्बर घट्छ ।
    Share This:
    हरेक पाँच वर्षमा डाक्टरहरूको परीक्षा, उत्तीर्ण हुन नसके लाइसेन्स खारेज हरेक पाँच वर्षमा डाक्टरहरूको परीक्षा, उत्तीर्ण हुन नसके लाइसेन्स खारेज Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको !

    khagendra joshi Saturday, December 01, 2018

    काठमाडौं घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक ग¥यो ।
    इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गर्नुभएको छ ।
    अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको स्थानीय गाईको अध्ययनमा लाग्नुभएका गोव्रती योगी सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।
    गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गाईको घ्यूको महत्व छ ।
    राष्ट्रिय जनावर गाईमाथिको आक्रमण बढिरहेका बेला स्थानीय जातका गाईको संरक्षणका लागि नेपालमा बृहत् अभियान शुरु गरिएको छ । सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि उपयुक्त नभएको वैज्ञानिक अनुसन्धानबाट देखिएको ती अभियानकर्ताले बताए ।
    शास्त्रमा भनिएको पनि छ “शास्नादी मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई, गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् भन्ने तथ्य वैज्ञानिक अनुसन्धानले निक्र्योल गरेको छ ।
    स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई सोस्ने गर्छ । जुरोलाई सूर्य केतु नाडी भनिन्छ जसले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएको शक्तिले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको योगी सोमराजले बताउनुभयो ।
    स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन अर्बुदरोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले अर्बुद रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ ।
    इटालीमा प्राजिइ विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी यसमा क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने तथ्य पत्ता लगाउनुभयो । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गाैला आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।
    बच्चामा एलर्जी भएपछि तारकेश्वर नगरपालिका–७ की सम्झना न्यौपानेले कोहलपुरको गाई फार्मबाट उत्पादन भएको गो अर्क प्रयोग गरेर स्नान गराउँदा निको भएको अनुभव सुनाउनुभयो ।
    गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन हुँदैन । अहिले युरोप र अमेरिकाका शहरमा समेत अग्र्यानिक (जैविक) खेती गर्ने क्रम बढेको छ ।
    प्राचीन ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै स्थानीय गाईको गोरसलाई पवित्र मानेको बताउनुहुन्छ धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ।
    “यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले कर्ता पनि पवित्र हुन्छ, यसैले हाम्रा धार्मिक कृत्यमा गाई दानको विधि रहेको हो” उहाँले भन्नुभयो । गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक किसिमका षडयन्त्र हुँदै आएकाले यसविरुद्धको अभियानमा लागेको पूर्व सांसद शंकर पाण्डे बताउनुहुन्छ ।
    “बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, यी सब हुन दिइरहने ?”–पूर्व सांसद पाण्डेले भन्नुभयो । गोरखनाथ र पशुपतिनाथको देशमा गाई राष्ट्रिय धरोहरका रुपमा स्थापित छ । धेरै गोवंश पालेकैले शिवजीलाई पशुका स्वामी अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे छ । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ भएको हो ।
    नेपाल भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाले समेत यहाँ शासन चलाए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखनाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको हो । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको विश्वास गरिन्छ ।
    शास्त्रमा भनिएको पनि छ – “यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।” अर्थात् जसले गाईमा, धर्ममा विद्वेष गर्छ त्यो नेपालमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।
    Share This:
    रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको ! रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको ! Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण 👉 सम्मान स्वरुप एक एक शेयर गराै !

    khagendra joshi Saturday, December 01, 2018

    मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने ।
    यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो ।
    हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल प्रयोग अहिले विश्वभरि फैलिइसकेको छ भने धिताल कार्यरत अस्पतालमा मात्रै अहिलेसम्म २४ जना विरामीलाई मुटु प्रत्यारोपण गरेर पुनर्जीवन दिइएको छ ।
    अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका प्राध्यापक धितालले चार वर्षअघि सोही अस्पतालमा मृत मान्छेको मुटु झिकेर बिरामीलाई प्रत्यारोपण गरेका थिए ।
    धितालले हासिल गरेको सफलतालाई ३० वर्ष नाघेका व्यक्तिको मुटु प्रत्यारोपण क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ । भन्छन्, “अब त मैले तालिम मात्र दिने हो, मेरा विद्यार्थीहरूले नै यो काम गरिरहेका छन् । र, अहिले संसारभरि नै यो फैलिइरहेको छ ।”
    साउनको पहिलो साता पनि धिताल मुटु प्रत्यारोपण सम्बन्धी कार्यशालामा भाग लिन बेलायत गएका थिए । धितालको प्रयोग बेलायतमा पनि विस्तार भइसकेको छ ।
    मृत्यु भएको आधा घन्टाभन्दा बढी समयमा पनि मुटु निकालेर कसरी सफल प्रत्यारोपण गर्न सकिन्छ भन्नेमा अहिले धितालको शोध केन्द्रित छ । भन्छन्– “अहिलेचाहिँ हामी आधा घन्टाको समयलाई लम्ब्याउन सकिन्छ कि सकिन्न भन्नेमा अनुसन्धान गर्दैछौँ । यसमा पनि सकारात्मक सफलता मिल्ने आशा छ ।”
    मृत मान्छेको मुटु निकालेर प्रत्यारोपण गर्नुअघि धितालले सुँगुर र छुचुन्द्रोमा त्यसको परीक्षण गरेका थिए । उनी आफैँले सुरुमा चार मुटु रोगीमा मृत मान्छेको मुटु प्रत्यारोपण गरेका थिए । विभिन्न कारणले मुटु काम नलाग्ने भएकाहरूका लागि धितालले सुरु गरेको मुटु प्रत्यारोपण पद्धति रामबाण सावित भएको छ ।
    कुमुद धितालको पुख्र्यौली घर गोरखा हो । उनी इटालीको रोममा जन्मेका हुन् भने उनले विद्यालय शिक्षा सेन्टजेभियर्स स्कुल ललितपुरबाट पूरा गरेका हुन् ।
    अक्सफोर्डबाट चिकित्सा विज्ञानमा स्नातकोत्तर गरेका धितालले लन्डन विश्वविद्यालयबाट एनाटोमीमा विद्यावारिधि गरेका हुन् । उनी मुटु रोगमा विश्वकै उम्दा चिकित्सक मानिन्छन् । भन्छन्, “गतिलो शिक्षादीक्षा र वातावरण पाएकै कारण चिकित्सा क्षेत्रमा नयाँ काम गर्न सकिएको हो ।”
    मुटु प्रत्यारोपणमा धितालले अहिले अमेरिका, स्वीडेन, बेलायतलगायतका अस्पताल र विश्वविद्यालयहरूमा प्राज्ञिक र अन्वेषणका माध्यमबाट सहयोग गर्दै आएका छन् ।
    नेपालसितको धितालको नाता भने ग्लोबल पोलिसी फर नेपालमार्फत जोडिएको छ । उनी त्यसका उपाध्यक्ष हुन् । नेपालमा मुटु प्रत्यारोपणको सम्भावना भए पनि त्यसका लागि तत्परता र चासो भने कम देखिएको धितालको कथन छ । भन्छन्, “राम्रो अस्पताल, चिकित्सकको टिम र प्रत्यारोपणपछिको केयरको उचित व्यवस्था भए नेपालमा पनि यो काम अघि बढाउन सकिन्छ ।”
    नेपाल साप्ताहिकबाट
    Share This:
    नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण 👉 सम्मान स्वरुप एक एक शेयर गराै ! नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण 👉 सम्मान स्वरुप एक एक शेयर गराै ! Reviewed by khagendra joshi on Saturday, December 01, 2018 Rating: 5

    अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

    khagendra joshi Friday, November 30, 2018

    अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
    उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी पर्नु भएको थियो । 
    त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उहाँको भूमिका महत्वपूर्ण छ ।
    उहाँका  छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बन्नुभएको थियो ।
    अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुनुहुन्छ । यसअघि जोन आडम्स र उहाँका छोरा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । 
    पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भन्नु भएको छ, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ । जर्ज हर्बर्ट वाकर बुशलाई गुमाउँदा हाम्रो मन आज निकै भारी भएको छ ।’ 
    Share This:
    अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    ICC panel discussing steps to end Nepal cricket stalemate

    khagendra joshi Friday, November 30, 2018

    Kathmandu, November 30
    A meeting of the monitoring committee constituted by the International Cricket Council to find a solution to a dispute seen in the Cricket Association of Nepal (CAN) is taking place on December 8.
    According to suspended CAN chair Chatur Bahadur Chand, ICC representatives, and representatives from the National Sports Council (NSC) and CAN will be participating in the meeting, which will also see formal discussions about the CAN’s district elections.
    The first meeting held in mid-July in Kathmandu had agreed to study documents regarding district elections and give authenticity to the elections completing the due processes.
    The same meeting had urged the bodies concerned to take back the case registered in the court and dissolve the CAN ad-hoc committees.
    But the stand of the suspended CAN is that the case could not be pulled back from the court until a road map was created for the resolution of problems.
    It may be noted that the October 27 meeting of the executive committee of suspended CAN had agreed in principle to take back the writ registered some two years ago, naming the NSC as defendant.
    Share This:
    ICC panel discussing steps to end Nepal cricket stalemate ICC panel discussing steps to end Nepal cricket stalemate Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला

    khagendra joshi Friday, November 30, 2018

    १५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा श्रृंखला खतिवडा उत्कृष्ट २० मा परेकी छन् । नेपालकी सुन्दरी श्रृंखला आफ्नो समूहबाट पहिलो हुँदै टप ट्वान्टीमा पर्न सफल भएकी हुन् । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन् ।
    १२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।
    श्रृंखला मल्टिमिडिया अवार्डको बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा उनका लागि फाइनलमा पुग्ने ढोका खुल्छ ।
    मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति छ । यी तीनमध्ये कुनै एकमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट फाइनलमा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।
    श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।
    Share This:
    विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला।

    khagendra joshi Friday, November 30, 2018

    छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।
    उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए । 
    जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।
    २०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सपाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । 
    आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’ 
    परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।
    दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठीन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ । दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।
    ‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्‍यो । त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।
    सजिलो थिएन यहाँसम्मको यात्रा
    सानो छँदा पहाडमा उकाली–ओराली गर्न उहाँलाई सहज थिएन । आमा बुवाले नै काँधमा बोकेर विद्यालय पुर्‍याउने, ल्याउने काम गर्नुभयो । बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ उच्च शिक्षा हासिल गर्न कैलाली झर्नुभयो । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उहाँलाई सहज भयो । तर शारीरिक अवस्थाले अध्ययनमा कठीनाइ त छँदै थियो । धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उहाँले कठिनाइ झेल्नु पर्‍यो । अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगत अहिले पनि उहाँको स्मरणमा ताजा छ ।
    Share This:
    मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला। मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस।

    khagendra joshi Friday, November 30, 2018

    काठमाडौं । चिकित्सकहरूका अनुसार शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर मानिन्छ । विश्वमा नै क्यान्सर प्रकोपका रूपमा फैलँदो छ ।
    क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्छ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन ।
    शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ ।
    हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए । आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।
    शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।
    स्तन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज हुन सक्छ ।
    उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ । लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।
    दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।
    अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ । विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ ।
    Share This:
    क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्षण share गरि जानकारी सबैमा पुर्याउनुहोस। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस्

    khagendra joshi Friday, November 30, 2018

    जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ ।
    त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भन्ने गरिन्छ । यो अवधिका शिशु संक्रमण अत्याधिक जोखिममा हुन्छन् । त्यसैले शिशुको उचित स्याहार नभएमा ठूलो दुर्घटना पनि निम्तन सक्छ ।
    यस अवधिमा गरिने शिशुको स्याहारले पुरै जीवनलाई नै प्रत्यक्ष प्रभाव राख्छ । त्यसैले यस्तो समसयमा देखिने खतराका संकेतप्रति अति नै सम्बेदनशील हुनुपर्छ । बच्चाको सबैभन्दा बढी जानकार आमा भएकाले यस विषयमा आमाले अझ बढी ध्यान दिनुपर्छ ।  यी हुन् शिशुमा देखिने खतराका संकेत :
    श्वास बढ्नु
    शिशुको स्वासदरप्रति सधै सजग रहनुपर्छ । यस अवधिका शिशुको श्वासदर सामान्यतया प्रतिमिनेट ३० देखि ६० सम्म हुने गर्छ । यस्तो दर ६० भन्दा बढी भएमा त्यो खतराको संकेत हो । यसरी स्वासदर बढेको अवस्थामा शिशुलाई कुनै न कुनै संक्रमणले आक्रमण गरेको हुन्छ ।
    नाभीको संक्रमण
    नवजात शिशुलाई नाभीको संक्रमण हुने अत्यािधक सम्भावना हुन्छ । नाभी पाक्ने, नाभीबाट पीप बग्ने जस्ता समस्या भपएमो त्यो शिशुको लागि पछिसम्म खतरा हुन सक्छ ।
    किनकी यसमा हुने समस्याले शरिरका अन्य भागमा पनि विभिन्न प्रकारको संक्रमण हुन सक्छ । त्यसैले यस्ता खतराको संकेतबाट सावधान रहन जरुरी हुन्छ ।
    सितांग हुन
    बच्चा आमाको पेटमा हुँदा एक प्रकारको तापक्रममा रहेको हुन्छ । बच्चा आमाको पेटको तापबाट वाहिर निस्कीसकेपछि उसले नयाँ तापक्रममा प्रवेश गर्छ । र, उ त्यही बाहिरी तापक्रममा एडजस्ट हुनुपर्छ ।
    यद्यपी आमाको पेटको भन्दा वाहिरी तापक्रम कम हुन्छ । त्यसैले, नवजात शिशुलाई न्यानो पारेर राख्नु अतिआवश्यक हुन्छ । किनभने नवजात शिशुलाई कम चिसोले पनि समात्न सक्छ वा विरामी पार्न सक्छ ।
    त्यसैले नवजात शिशु निमोनियाकोसमेत उच्च जोखिममा हुन्छन् । यस्ता बच्चाको शरिरको तापक्रम ३६ डिग्री सेन्टिग्रेडभन्दा कम भएमा त्यसलाई सितांग भएको मानिन्छ । जुन नवजात शिशुको लागि खतराको संकेत हो ।
    दुध चुस्न नसक्नु
    खासगरि जन्मनेवित्तिकै नवजात शिशुले दुई काम-रुन र दुध चुस्न सक्छ । यदि नवजात शिशुले दुध चुस्न सकेन भने त्यो पनि अर्को खतराको संकेत हो ।
    नसा सम्बन्धी समस्याको कारण शिशुले आमाको दुध चुस्न नसक्ने समस्या हुन्छ । यद्यपी कहिलेकाँही स्वासप्रश्वासमा बाधा उत्पन्न हुँद पनि शिशुले दुध चुस्न सक्दैन । यस्तो समस्याले बच्चालाई कमजोर त बनाउँछ नै विभिन्न संक्रमणले पनि सजिलै आक्रमण गर्छन् ।
    अन्य संकेत
    – काम्नु वा शरिरमा कम्पन आउनु पनि नवजात शिशुको लागि अर्को खतराको संकेत हो ।
    – त्यस्तै नवजात शिशुमा कोखा हान्ने समस्या पनि आउन सक्छ । यसलाई पनि खतराको संकेतको रुपमा लिइन्छ ।
    – त्यसैले यसबारे आमा वा बच्चाको संरक्षक यसबारे जानकार हुन जरुरी हुन्छ । र, शिशुलाई यस्तो खतराबाट बचाउनको लागि सचेतता अपनाउनु पर्छ । यस्ता संकेत देखिएको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ ।
    लेखक उपक्षेत्रीय अस्पताल, डडेल्धुराकी स्टाफ नर्स हुन्

    Share This:
    नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् नवजात शिशुमा यस्तो लक्षण देखि सचेत रहनुहोस् Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस।

    khagendra joshi Friday, November 30, 2018

    १४ मंसिर, मोरङ । जनता नमुना स्कुल विराटनगरको विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावकलाई हातपात गरेकी छन् । व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावक प्रतिनिधिमाथि हातपात गरेकी हुन् ।
    स्कुलमा गत असार ३२ गते विद्यालय व्यवस्थापन समिति गठन भए पनि बैठक बस्न सकेको थिएन । शुक्रबार बिहान ८ बजेदेखि बसेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद हुदा शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरेकी हुन् ममताको हातमा चोट लागेको छ ।
    विराटनगर महानगरपालिका– २ का वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको छलफलमा बैठकको निर्णय लेख्ने बिषयमा विवाद भएको थियो । विवादपछि निर्णय पुस्तिका खोस्ने क्रममा नेपालीले कर्णमाथि हातपात गरेकी हुन् । विवादपछि निर्णय पुस्तिका (माइन्युट) प्राध्यानाध्यापक बिजय रौनियारले दराजमा राखेका थिए । बैठकमा विवाद भएपछि नेपालीले दराजको चाबी बोकेर हिँडेकी थिइन् ।
    समितिमा दुई जना सदस्य मनोनीत गर्ने विषयमा विवाद भएको थियो । ४ जना अभिभावक प्रतिनिधि र वडा अध्यक्षसहित पाच जनाले सदस्य मनोनित गर्ने निर्णय लेख्नुपर्छ भनेपछि नेपालीले माइन्युट राखेको दराजको चाबी लिएर हिडेकी थिइन् ।
    बैठकमा आफूमाथि कुटपिट भएको ममताले गुनासो गरिन् । ‘असारदेखि मिटिङ बसेको थिएन् ’ ममताले भनिन् ‘माइन्यूट गर्नुपर्छ भन्दा शिला नेपालीले दराजको चाबी लिएर जान खोजिन रोक्न खोज्दा हातपात गरिन् ।’
    शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधिबीच विवाद हुँदा वडाअध्यक्ष कुमार पोखरेल साक्षी थिए । ‘विद्यालय सुधार गरौं भनेर निर्वाचित भएदेखि नै लागि परेको छु’ पोखरेलले भने ‘सबै सहयोग गर्छु भन्दा पनि मान्दैनन् ।’
    विद्यालयका प्राध्यानाध्यापक विजय रौनियार भने सामान्य विवाद भएको बताउछन् । माइन्यूट लेख्ने बिषयमा सामान्य विवाद भएको बताउदै उनले आफूले मिलाउने प्रयत्न गरेको बताए ।
    Share This:
    विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस। विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।

    khagendra joshi Friday, November 30, 2018

    मंसिर १४,आज सुदुर का सान रबि ओड ले सर्बधिक 
    मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
    अझै नेपाल आइडलको यात्रा अघाडी बढदै जाओस।
    एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २’ अन्तर्गत आज (शुक्रबार) पवन गिरी बाहिरिएका छन् । उनी दर्शकले दिएको भोटका आधारमा आइडलबाट बाहिरिएका हुन् । 


    यो सँगै नेपाल आइडलको ‘टप फाइभ’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक, अमित बराल र अस्मिता अधिकारी ‘टप फाइभ’ मा पुग्न सफल भएका छन् ।आज सुदूरपश्चिमको धनगढी अडिसनबाट आइडलमा बाँकी रहेका रविले सर्वाधिक भोट प्राप्त गरे । 
    Share This:
    सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ। सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ। Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

    कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग

    khagendra joshi Friday, November 30, 2018

    काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ ।
    पार्टीको विधान मस्यौदा समितिले पेश गरेकोे विधान संशोधन मस्यौदामाथि दोस्रो दिन शुक्रबार पनि छलफल भइरहेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरु बालकृष्ण खाँड, चन्द्र भण्डारी, रामकृष्ण यादव, कमला पन्तलगायतका आठजना नेताहरुले विधानको मस्यौदामाथिको छलफलमा भाग लिनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
    विधान जस्तो गम्भीर विषय टुंगो लगाउनु पर्ने भएकाले यो बैठक एक सातासम्म चल्ने पनि उहाँले जानकारी दिनुभयो । महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ ।
    बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।
    प्रस्तावित विधान मस्यौदामा ‘एक व्यक्ति, एक पद’को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म आठवटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको चुनावमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा तीन जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।
    प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताउनुभयो । विधानअनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ ।
    सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ । प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रीय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तरगत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ ।
    Share This:
    कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग कांग्रेस केन्द्रीय समिति बैठक : पदाधिकारी संख्या बढाउनुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने माग Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5
    Newer Posts Older Posts Home
    Subscribe to: Posts ( Atom )

    हाम्रो फेसबुक ग्रुपमा जोडिनुहोस

     
    VIP-info
    Public group · 2,113 members
    Join Group
    A group about local information. If you have any latest information you can allow to post here..�
     
    के तपाईं यो Website मा बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२

    LIKE US ON FACEBOOK

    Latest-नेपाली-News

    Popular Posts

    • दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !
      दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !
    •  बिधालयमा शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते,पूरा पढ्नुहोस।
      बिधालयमा शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते,पूरा पढ्नुहोस।
    • एशिया कप छनोटः भोलि हङकङसँग खेल्दैछ नेपाल
    • अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने
      अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने
    • सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
      सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
    • यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य
      यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य
    • निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
      निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
    • भृकुटीमण्डपमा विप्लवको सभा, ऋषि कट्टेलदेखि सीपी मैनालीसम्मलाई निम्तो
      भृकुटीमण्डपमा विप्लवको सभा, ऋषि कट्टेलदेखि सीपी मैनालीसम्मलाई निम्तो

    Archives

    • ►  2018 (303)
      • ►  August (61)
      • ►  September (58)
      • ►  October (87)
      • ►  November (59)
      • ►  December (38)
    • ▼  2019 (29)
      • ►  January (28)
      • ▼  February (1)
        • कालिन्चोक भगवतीको दर्शन गरी माघ २८ गते सोमबारको रा...

    Categories

    • breaking News (15)
    • Health (1)
    • international information (1)
    • Others (4)
    • खेलकुद (23)
    • फिल्मी खबर (5)
    • मनोरञ्जन (3)
    • स्वस्थ्य (13)

    Report Abuse

    Contact us with leave a message below

    Name

    Email *

    Message *

    Recent posts you can read here

    China's President visits Nepal, start preparing

    Follow us for regular updates

    यहाँ Search गर्नुहोस्

    • Home
    • Helth tips
    • Sport news
    • Filmy news
    • intertainments
    Created By SoraTemplates | Distributed By Free Blogger Templates
    Powered by Blogger.