गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम


१६ मंसिर, कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् ।
शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी हात पारेका हुन् । उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाए ।
त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिकामा रहेका थिए ।
मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जना छनोट भएका थिए ।
गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम Reviewed by khagendra joshi on Sunday, December 02, 2018 Rating: 5

No comments:

Powered by Blogger.