अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन


अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी पर्नु भएको थियो । 
त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उहाँको भूमिका महत्वपूर्ण छ ।
उहाँका  छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बन्नुभएको थियो ।
अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुनुहुन्छ । यसअघि जोन आडम्स र उहाँका छोरा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । 
पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भन्नु भएको छ, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ । जर्ज हर्बर्ट वाकर बुशलाई गुमाउँदा हाम्रो मन आज निकै भारी भएको छ ।’ 
अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

No comments:

Powered by Blogger.