१४ मंसिर, मोरङ । जनता नमुना स्कुल विराटनगरको विद्यालय व्यवस्थापन समितिको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावकलाई हातपात गरेकी छन् । व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकमा शिक्षक प्रतिनिधिले अभिभावक प्रतिनिधिमाथि हातपात गरेकी हुन् ।
स्कुलमा गत असार ३२ गते विद्यालय व्यवस्थापन समिति गठन भए पनि बैठक बस्न सकेको थिएन । शुक्रबार बिहान ८ बजेदेखि बसेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद हुदा शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरेकी हुन् ममताको हातमा चोट लागेको छ ।
विराटनगर महानगरपालिका– २ का वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको छलफलमा बैठकको निर्णय लेख्ने बिषयमा विवाद भएको थियो । विवादपछि निर्णय पुस्तिका खोस्ने क्रममा नेपालीले कर्णमाथि हातपात गरेकी हुन् । विवादपछि निर्णय पुस्तिका (माइन्युट) प्राध्यानाध्यापक बिजय रौनियारले दराजमा राखेका थिए । बैठकमा विवाद भएपछि नेपालीले दराजको चाबी बोकेर हिँडेकी थिइन् ।
समितिमा दुई जना सदस्य मनोनीत गर्ने विषयमा विवाद भएको थियो । ४ जना अभिभावक प्रतिनिधि र वडा अध्यक्षसहित पाच जनाले सदस्य मनोनित गर्ने निर्णय लेख्नुपर्छ भनेपछि नेपालीले माइन्युट राखेको दराजको चाबी लिएर हिडेकी थिइन् ।
बैठकमा आफूमाथि कुटपिट भएको ममताले गुनासो गरिन् । ‘असारदेखि मिटिङ बसेको थिएन् ’ ममताले भनिन् ‘माइन्यूट गर्नुपर्छ भन्दा शिला नेपालीले दराजको चाबी लिएर जान खोजिन रोक्न खोज्दा हातपात गरिन् ।’
शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधिबीच विवाद हुँदा वडाअध्यक्ष कुमार पोखरेल साक्षी थिए । ‘विद्यालय सुधार गरौं भनेर निर्वाचित भएदेखि नै लागि परेको छु’ पोखरेलले भने ‘सबै सहयोग गर्छु भन्दा पनि मान्दैनन् ।’
विद्यालयका प्राध्यानाध्यापक विजय रौनियार भने सामान्य विवाद भएको बताउछन् । माइन्यूट लेख्ने बिषयमा सामान्य विवाद भएको बताउदै उनले आफूले मिलाउने प्रयत्न गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावक कुटिए पढ्नुहोस।
Reviewed by khagendra joshi
on
Friday, November 30, 2018
Rating:

No comments: