• Home
  • Breking news
  • Helth tips
  • Filmy news
  • Intertainment

VIP-News nepal

  • Home
    • Breaking News
    • Entertainment
    • Sport News
    • Filmy News
    • Health Tips
    Home / Unlabelled / ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’

    ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’

    khagendra joshi Sunday, December 02, 2018

    मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित हुनुहुन्थ्यो । भाषणमा उहाँले अघिल्ला सरकार र अरु दलका नेताहरुको आलोचनासँगै अहिलेको सरकारले गरेका केही कामको सूची पनि वाचन गर्नुभयो । 

    सरकार देखेको दावी गर्नुभयो । भाषणको क्रममा उत्साहित प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची आउँछ र त्यसले जवाफ दिन्छ सरकार कहाँ छ भनेर, बाटोमा धुलो उड्न कम भैसक्यो यसबाट पनि जवाफ पाउनुपर्ने हो ।’ उहाँले थप्नुभयो, ‘वर्षौंदेखिको सपना थियो, कलंकी –नागढुंगा सडक, कलंकी – नागढुंगा हेर्न जानुस् राम्रो बन्दैछ, बडो तीव्रताका साथ बन्दैछ, हो त्यहाँ छ सरकार ।’ 
    प्रधानमन्त्रीले भाषण गरेको ३ दिनपछि अर्थात मंसिर १४ गते म कलंकी नागढुंगा हुँदै दामन जाँदै थिएँ । वर्षौंदेखि आउजाउ गर्दै आएको बाटोको दुर्दशा केही कम भएको छ कि भन्ने झिनो आशा थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेजस्तो छैन अवस्था भनेर धेरैले उडाएका थिए । प्रधानमन्त्रीलाई उडाउनकै लागि यसो भनिएको होला, पक्कै बाटो राम्रो हुँदैछ भन्ने मलाई लागेको थियो ।
    सडकको अवस्था के रहेछ भनेर बुझ्न म बसका चालक नजिकै बसें । चालकले कलंकीमै भनेका थिए ‘सरकारले यहाँ हामीलाई जिउँदै नर्क पठाएको छ, यस्तो नर्क हेर्न किन अघि बस्नुहुन्छ, पछाडि गएर सिटमा बस्नुहोस् ।’
    तर मेरो मनले मानेन र गुरुजीसँगै इन्जिनमाथिको सिटमा बसेँ । कलंकीको बाबा पेट्रोलपम्प पुग्नेबित्तिकै ‘नर्क जानेजस्तो सडक’ सुरु भयो । सडक हेर्दा लाग्थ्यो हामीले काठमाडौंको दूर–दराजको गाउँको यात्रा सुरु गर्‍यौं । धुलो यतिधेरै थियो कि, पछिल्लो गाडीले अघिल्लो गाडी देख्न मुश्किल । अनि खाल्डाखुल्डी यति धेरै थिए कि गाडी सिधा भएर गुड्नै नपाउने ।
    १०/१२ चक्के गाडीको सबैभन्दा ठूलो बिजोग  थियो । कयौं ट्रक र कन्टेनर सडकमै पल्टिएका थिए । कतिपय ट्रक र कन्टेनरका चालक टाउकोमा हात राखेर सुस्केरा हाल्दै र सरकारलाई धिकार्दै गरेका देखिन्थे । सायद उनीहरुले पनि प्रधानमन्त्रीको भाषण सम्झँदै थिए होला ।

    ५ जना कामदार र एउटा डोजर, यही हो त कामको तीव्रता ?

    नागढुंगा – कलंकी सडक राम्रो हुँदै गएको प्रधानमन्त्रीको बोली झूटो थियो । उहाँले तीव्र गतिले काम भैरहेको भनेकाले काम पूरा नभए पनि तीव्र होला भन्ने लागेको थियो । तर कलंकीदेखि नागढुंगासम्म कतै पनि तीव्र रुपले काम भएकै देखिएन । गाडीहरु बडो सकसका साथ गुडिरहेका थिए । बाटो बन्दैछ र यो सकस चाँडै अन्त्य हुनेछ भन्ने आशा जगाउने गरी कुनै काम नै भएको थिएन । 
    शुक्रबार कलंकीबाट नागढुंगा जाँदा ढुंगेअड्डामा एउटा डोजरले ढल खोस्रँदै थियो । ४/५ जना कामदारले ढुंगा ओसारिरहेका थिए । बाँकी भागमा अरु कामदार र काम गर्ने उपकरण नै देखिएनन् । 
    शनिवार फर्कँदा  पनि मैले ध्यान दिएर सडकमा हेरेँ, पूरै सडकखण्डमा जम्मा एउटा डोजर र ४/५ जना कामदार मात्रै थिए । शायद प्रधानमन्त्रीले भनेको तीव्र गतिको काम यै थियो होला । 

    कसरी श्वास फेर्छन् होला यहाँका बासिन्दा ?

    ९ दशमलव १ किलोमिटर लामो कलंकी नागढुंगा सडक बन्न थालेको साढे ३ वर्ष भयो । साढे ३ वर्षअघि ठेकेदारले सडक जथाभावी भत्काए, बनाउन चासो देखाएनन् । कतिपय ठाउँमा जग्गाको मुआब्जा विवादका कारण घरहरु आधा भत्काएर छाडियो । 
    एकपटक नागढुंगा – कलंकी सडकको यात्रा गर्ने नागरिक त धुरुक्कै रुन्छन् भने त्यहाँका बासिन्दालाई कस्तो भएको होला ? यो सडकखण्ड छेउछाउका केही घरमा मान्छै बस्न छाडिसके । सडकको धुलोले समाज विस्थापित गराएर सायद सरकारले गिनिज बुकमा विश्व रेकर्ड कायम गर्दैछ होला । 



    ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’ ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’ Reviewed by khagendra joshi on Sunday, December 02, 2018 Rating: 5
    Share This:
    Facebook Twitter Google+ Pinterest Linkedin Whatsapp

    No comments:

    Subscribe to: Post Comments ( Atom )

    हाम्रो फेसबुक ग्रुपमा जोडिनुहोस

     
    VIP-info
    Public group · 2,113 members
    Join Group
    A group about local information. If you have any latest information you can allow to post here..�
     
    के तपाईं यो Website मा बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२

    LIKE US ON FACEBOOK

    Latest-नेपाली-News

    Popular Posts

    • दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !
      दुई महिलामाथि खुकुरी प्रहार गरेर सोही खुकुरीले आफ्नै घाटी रेटी आत्महत्या !
    •  बिधालयमा शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते,पूरा पढ्नुहोस।
      बिधालयमा शिक्षकको कुटाइबाट जाजरकोटमा विद्यार्थी घाइते,पूरा पढ्नुहोस।
    • एशिया कप छनोटः भोलि हङकङसँग खेल्दैछ नेपाल
    • अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने
      अस्ट्रेलियामा बलिङ गर्न गाह्रो : सन्दीप लामिछाने
    • सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
      सुदुर का सान रवि वडले सबै भन्दा बढि मत ल्याइ आफ्नो स्थान सुरछित गर्नुभयको छ।
    • यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य
      यू-१९ एसिया कपः भारतले नेपाललाई दियो ३०५ रनको लक्ष्य
    • निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
      निद्रा हरायो ? यसरी लिने गहिरो र मिठो निद्रा
    • भृकुटीमण्डपमा विप्लवको सभा, ऋषि कट्टेलदेखि सीपी मैनालीसम्मलाई निम्तो
      भृकुटीमण्डपमा विप्लवको सभा, ऋषि कट्टेलदेखि सीपी मैनालीसम्मलाई निम्तो

    Archives

    • ▼  2018 (303)
      • ►  August (61)
      • ►  September (58)
      • ►  October (87)
      • ►  November (59)
      • ▼  December (38)
        • नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिक...
        • रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १...
        • हरेक पाँच वर्षमा डाक्टरहरूको परीक्षा, उत्तीर्ण हुन...
        • आजबाट विप्लवको ७७ वटै जिल्लामा धर्ना जुलुश, बलात्क...
        • पैदल हिँड्नुहोस्, यी रोगहरु सजिलै निदान हुनेछन्
        • सुन रङ्गको नाग देख्नेको भाग्य खुल्छ रे, नाग देखेको...
        • गौतम र जोशी बने मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल ट...
        • मिराजको १२ विकेटसँगै बंगलादेशद्वारा सिरिज क्लिन स्वीप
        • ‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’
        • Does the child not mix with others? के बच्चा अरुसँ...
        • The series came to Khatvada, looking at the most i...
        • शुभ समाचार: मेक्सिको र केन्यापछि पार्दै श्रृंखला,...
        • नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी ब्यूटी विद ...
        • While getting angry for justice for nirmala, Oli's...
        • धनगढीमा लगायत ठाउँ-ठाउँ मा रवि जिताउ अभियान सक्दो ...
        • The gang rape was rape, one in Kathmandu and three...
        • Srinkhala's Family and relatives in Beijing toget...
        • Good news: Now the 'trial' service from the govern...
        • EPL: Challenges of 167 runs to Lalitpur by Pokhara
        • तरकारी बेचेर पढेको छोरा, आज नेपाल र भारतको आकाशमा ...
        • यस्तो छ दैनिक सेक्स गर्नुका फाइदाहरू,एकपटक अवस्य प...
        • China's President visits Nepal, start preparing
        • 6 killed as a guest of a married couple in Dang||...
        • Three children burnt in fire in Dang
        • Latest Filmy News Nepal||चलचित्र निर्माणका लागि भु...
        • Emotionally, Messi said, 'Who does not miss Ronald...
        • Who is the world's expensive mobile carrier woman?
        • ईपीएलमा अाज ललितपुर र भैरहवा खेल्दै|| Playing Lali...
        • police arrested ||आफ्नै श्रीमती र छोरीको हत्या गरी...
        • ‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood
        • पोखरामा पूर्वराजपरिवारको ‘सेलिब्रेसन’||Selebration...
        • चकलेट दिने बहानागरि ७ वर्षीया बालिकामाथि बलात्कार ...
        • खुसिको खबर आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक ...
        • आफ्नो प्रेम साँचो हो की झुटो कसरी थाहा पाउने?|| Ho...
        • एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन
        • टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनालाइ आवेदन,हेर...
        • Engineer couple burnt by a heater saving one and a...
        • नक्सा पास गरिदिने भन्दै ८० हजार घुस लिने इञ्जिनीयर...
    • ►  2019 (29)
      • ►  January (28)
      • ►  February (1)

    Categories

    • breaking News (15)
    • Health (1)
    • international information (1)
    • Others (4)
    • खेलकुद (23)
    • फिल्मी खबर (5)
    • मनोरञ्जन (3)
    • स्वस्थ्य (13)

    Report Abuse

    Contact us with leave a message below

    Name

    Email *

    Message *

    Recent posts you can read here

    China's President visits Nepal, start preparing

    Follow us for regular updates

    यहाँ Search गर्नुहोस्

    • Home
    • Helth tips
    • Sport news
    • Filmy news
    • intertainments
    Created By SoraTemplates | Distributed By Free Blogger Templates
    Powered by Blogger.