विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला


१५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा श्रृंखला खतिवडा उत्कृष्ट २० मा परेकी छन् । नेपालकी सुन्दरी श्रृंखला आफ्नो समूहबाट पहिलो हुँदै टप ट्वान्टीमा पर्न सफल भएकी हुन् । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई पछि पारिन् ।
१२१ जना प्रतिस्पर्धीलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्छन् ।
श्रृंखला मल्टिमिडिया अवार्डको बलियो दाबेदार छिन् । मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा उनका लागि फाइनलमा पुग्ने ढोका खुल्छ ।
मल्टिमिडिया अवार्डसँगै ‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्यूटी विथ प्रपोज’ मा श्रृंखलाको बलियो उपस्थिति छ । यी तीनमध्ये कुनै एकमा पहिलो भएको खण्डमा उनी छोटो बाटोबाट फाइनलमा पुग्छिन् । अन्यथा निर्णायकहरुको हातमा हुन्छ ।
श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।
विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला विश्व सुन्दरी प्रतियोगिताः टप २० मा परिन् श्रृंखला Reviewed by khagendra joshi on Friday, November 30, 2018 Rating: 5

No comments:

Powered by Blogger.