मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला।
छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।
उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए ।

२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सपाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ ।

परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।
दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठीन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ । दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।
‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्यो । त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।
सजिलो थिएन यहाँसम्मको यात्रा
सानो छँदा पहाडमा उकाली–ओराली गर्न उहाँलाई सहज थिएन । आमा बुवाले नै काँधमा बोकेर विद्यालय पुर्याउने, ल्याउने काम गर्नुभयो । बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ उच्च शिक्षा हासिल गर्न कैलाली झर्नुभयो । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उहाँलाई सहज भयो । तर शारीरिक अवस्थाले अध्ययनमा कठीनाइ त छँदै थियो । धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उहाँले कठिनाइ झेल्नु पर्यो । अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगत अहिले पनि उहाँको स्मरणमा ताजा छ ।
मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो सम्मान स्वरुप एक एक share अवस्य गर्नुहोला।
Reviewed by khagendra joshi
on
Friday, November 30, 2018
Rating:

No comments: