एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन

काठमाडौँ, ११ पुस । दोस्रो नेपाल आइडल रवि ओडलाई 
मातृशोक परेको छ । बुधबार बिहान पानी तान्ने क्रममा करेन्ट लागेर ओडकी आमा ४५ वर्षिया विष्णाको मृत्यु भएको हो ।
करेन्टर लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार त्यहाँ पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।
विष्णा रविकी कान्छी आमा हुन् । विभिन्न अन्तरवार्तामा रविले उल्लेख गरे अनुसार विष्णाले आमाको मायामा कुनै कमी दिएकी थिइनन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि विष्णाले आफ्नै छोरा जस्तो गरेर हुर्काएकी थिइन् ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।
रवि गएको छ गते नेपाल आइडल बनेका थिए ।

एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन एक हप्ता पनि टिकेन नेपाल आइडल रविको खुसी, आमाको निधन Reviewed by khagendra joshi on Tuesday, December 25, 2018 Rating: 5

No comments:

Powered by Blogger.