काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि लड्दै आएका डा. गोविन्द केसी कञ्चनपुरकी चेली निर्मला पन्तलाई न्याय दिलाउन अनशन बस्ने भएका छन्।
डा. केसीले सोमवार पत्रकार सम्मेलन गरी हत्यारालाई पक्राउ गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन्। नभए पुस ३ गतेदेखि आमरण अनशन बस्ने उनले घोषणा गरेका छन्।
सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे ।
‘निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् ।
साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्’, उनले माग गरेका छन्। निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना भन्दा बढी भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन्।
While getting angry for justice for nirmala, Oli's chair was shaken in Dr. KC, Baluwatar
Reviewed by khagendra joshi
on
Monday, December 03, 2018
Rating:

No comments: