‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood

Tigershrap,sara





Bollywood नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यस चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यश चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । त्यसैले पनि यो चलचित्रका लागि नायक श्राफले धेरै मिहिनेत गरिरहेका छन् । चलचित्रमा टाइगरको एक्सनले दर्शकको मन जितेको थियो ।
के तपाईं यो Website मा माथी देखएजस्तै बिज्ञापन राख्न चाहानुहुन्छ,यदि चाहानुहुन्छ भने यहाँ CLICK गर्नुहोस्।fee-2,000/month मो-9814695072 e-mail:joshikhagen3@gmail.com,mobile no ९८१४६९५०७२
पहिलो सिरिजमा चलचित्रमा श्रद्धा कपुर देखिएकी थिइन् भने त्यसैगरी दोश्रो सिरिजमा नायिका दिशा पटानीलाई दर्शकले हेर्न पाएका थिए । अब, यस चलचित्रको तेश्रो सिरिजमा नायिका साराअली खानले काम गर्न लागेको खबर भारतीय मिडियामा छाएको छ ।
सारा पहिलो चलचित्र ‘केदारनाथ’बाट पाएको प्रतिक्रियाले उत्साहित छिन् । त्यसैले पनि उनलाई लिएर चलचित्र बनाउन अहिले निर्माताहरु पनि लागिपरेका छन् । साराअलीलाई चलचित्रका लागि फाइनल गरिएको खबर भारतीय मिडियामा आएपनि यसको बारेमा यसको निर्माणपक्षले केहि पनि बताएको छैन ।
यो Bollywood News कस्तो लग्यो comment गर्नुहोला।
‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood ‘बागी ३’मा टाइगरको साथमा सारा ?||Bollywood Reviewed by khagendra joshi on Sunday, December 16, 2018 Rating: 5

No comments:

Powered by Blogger.