रोनाल्डो वा मेस्सी होइनन्, २० वर्षे बोल्किया हुन् विश्वकै धनी फुटबलर

रोनाल्डो वा मेस्सी होइनन्, २० वर्षे बोल्किया हुन् विश्वकै धनी फुटबलर


१८ भदौ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो भन्दा २७ गुणा धनी, लिओनल मेस्सीभन्दा ३३ गुणा धनी र नेइमार भन्दा ५० गुणा धनी फुटबलर ? त्यो पनि भर्खर २० वर्ष फुटबलर ? हो, उनको नाम फइक जेफ्रि बोल्किया हो ।
बोल्किया फुटबल खेलेर धनी भएका भने होइनन् । ब्रुनाइका बोल्किया ब्रुनाईको सुलतान परिवारका हुन् । जसको पारिवारिक सम्पत्ति २० बिलियन डलर रहेको बताइन्छ 
उनका बुबा जेफ्रि बोल्किया २३०० कार, ८ बोइङ विमान, ५ हजार घर, थुप्रै प्यालेजका का मालिक भएको बेलायती सञ्चार माध्यमले जनाएका छन्, जसले आˆनो ५० औं जन्मदिनमा १४ मिलियन युरो खर्च गरेका थिए ।
बोल्किया २००९ मा साउथहृयामटनको एकेडेमीमा थिए । तर, क्लबसँग कुनै सम्झौता भने भएन । २०१३ मा आर्सनल युवा टिममा गएका उनी लायन सिटी कप पनि खेलेका थिए । दुई वर्षको सम्झौतामा २०१४ मा उनी चेल्सी गएका थिए । २०१६ देखि तीन वर्षे सम्झौतामा उनी लिसेस्टरमा छन् । तर, उनले पि्रमियर लिग खेलेका छैनन् । उनी त्यो अवसरको पर्खाइमा छन् ।
२०१३ मा नै ब्रुनाइको यू-१९ टिममा खेलेका उनी २०१८ मा यू-२१, यू २३ हुँदै राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् । धनाड्य परिवारमा जन्मिएका बाबु जस्तो विलाशी जीवनको पक्षमा छैनन्, एक सफल फुटबलर बन्ने प्रयासमा छन् । ‘मैले बुझ्ने भएदेखि फुटबलमै माइरहेको छु ।
हरेक पटक बाहिर निस्किएर फुटबल खेल्न मलाई रमाइलो लाग्छ’ एक अन्तर्वार्तामा बोल्कियाले भनेका छन्, ‘परिवारले पनि फुटबलर बन्न सहयोग गरिरहेको छ ।
रोनाल्डो वा मेस्सी होइनन्, २० वर्षे बोल्किया हुन् विश्वकै धनी फुटबलर रोनाल्डो वा मेस्सी होइनन्, २० वर्षे बोल्किया हुन् विश्वकै धनी फुटबलर Reviewed by khagendra joshi on Monday, September 03, 2018 Rating: 5

No comments:

Powered by Blogger.