काठमाडौंमा फेला पर्‍यो टाउको चुढिएको शव, शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्यो

काठमाडौंमा फेला पर्‍यो टाउको चुढिएको शव, शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्यो

काठमाडौं, १९ भदौ । काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शवलाई आफन्तले लगाएको कपडा हेरेर खनाखत गरेका छन् ।
भदौ १७ गते स्वयम्भुमा फेला परेको शवको टाउको चुडिएको अवस्थामा फेला परेको हो । शव बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको रहेको उनको मामा मुकुट रायमाझीले जानकारी दिए ।
९ दिनदेखि बेपत्ता भएका जिसीको शव एकाएक टाउको चुडिएको अवस्थामा फेला परेपछि आफन्तहरू मर्माहत भएका छन् । जिसी अध्ययनका लागि काठमाडौंमा बस्दै आएका थिए ।
जिसीको शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा लगिएको छ । जिसीका आफन्तहरू मंगलबार बिहानै शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका छन् । उनीहरूले प्रहरीले समयमा खोज्न नसक्दा जिसीको हत्या भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जिसीका मामा मुकुट रायमाझीले अपहरणपछि हत्या भएको हुन सक्ने आफूहरूले आशंका गरेको बताए । ‘भाञ्जा हराएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं’, उनले भने, ‘भाञ्जालाई कसैले अहपरण गरेर हत्या गरेको आशंका हामीले गरेका छौँ ।’
जिसीका आफन्तले दोषीलाई पक्राउ गरेर हदैसम्मको कारबाहीको माग गरेका छन् । प्रहरीले शव फेला पारेपछि सनाखतका लागि आफन्तलाई दुई दिन अगाडि भदौ १७ गते खबर गरेको थियो ।
काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्तकुमार लामाले सम्हालेसँगै झन् शान्ति सुरक्षा कमजोर भएको आरोप लागेको छ ।
हत्या, अपहरण, बलात्कारका घटनाहरू बढिरहेका बेला काठमाडौंमा युवकको शव फेला परेको थियो । टाउको चुडिएको अवस्थामा फेला परेको शवले धेरैको मनमा शान्ति सुरक्षालाई लिइर चिन्ता बढाइदिएको छ 
काठमाडौंमा फेला पर्‍यो टाउको चुढिएको शव, शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्यो काठमाडौंमा फेला पर्‍यो टाउको चुढिएको शव, शान्ति सुरक्षामा गम्भीर प्रश्न उठ्यो Reviewed by khagendra joshi on Tuesday, September 04, 2018 Rating: 5

No comments:

Powered by Blogger.