छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !
१४ असोज, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर फरक फरक विषय परेका छन् । एकता नटुंगिँदै नेकपामा विवाद बढेकोदेखि सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटाइएको, प्रबुद्ध समूह भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गरेकोलगायत समाचारलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।
पहिलो पृष्ठमै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन शुरु भएको, नेपाली कामदारको सबै खर्च व्यहोर्न मलेसिया तयार भएको, सामुदायिक विद्यालयमा एकै वर्ष सात प्रतिशत विद्यार्थी घटेको, कर्मचारी समायोजन अझै अन्योलमा परेकोलगायत खबर छन् ।
कान्तिपुरले ‘पार्टीभित्र चर्काचर्की’ शीर्षक दिएर नेकपाभित्र देखिएको पछिल्लो असन्तुष्टिबारे मुख्य समाचार लेखेको छ । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि जायर गरेपछि त्यसको हलचल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्रीलाई समेत छोएको कान्तिपुरको समाचारमा उल्लेख छ ।
सामुदायिक विद्यालयमा एकै वर्षमा सात विद्यार्थी घटेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । सरकारले विद्यार्थी भर्नालगायत अभियान सञ्चालन गरे पनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घटेको हो ।
सीमा र सन्धिका असमझदारी हटाउन नेपाल र भारतले दुई वर्षअघि गठन गरेको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन बुझाउन भारतीय प्रधानमन्त्रीसँग समय मागे पनि उनले तीन महिनादेखि आलटाल गरेको नयाँ पत्रिकाले लेखेको छ ।
नयाँ पत्रिकामै प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेकोकञ्चनपुरमा फेरि आन्दोलन चर्किएको समाचार पनि छन् ।
नयाँ पत्रिकामै प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेकोकञ्चनपुरमा फेरि आन्दोलन चर्किएको समाचार पनि छन् ।
दाङमा हुने आयुर्वेद पढाइको प्रयोगात्मक परीक्षा भने भारतमा हुने गरेकोलाई नयाँ पत्रिकाले एंकर बनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेदिक विद्यापीठमा ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी(बीएमएमएस) अध्ययन गर्ने विद्यार्थी प्रयोगात्मकका लागि भारत जाने गरेका छन् । प्रयोगात्मक परीक्षाका लागि अस्पताल नहुँदा विद्यार्थी भारत जान बाध्य भएका हुन् ।
अन्नपूर्णले सरकारी दस्तावेजमै देशको क्षेत्रफल घटेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार १० हजार वर्ग किमि भूमि सरकारी दस्तावेजबाटै गायव छ ।
अन्नपूर्ण लेख्छ– नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलव ०३५ वर्ग किमि मात्र पाइएको छ ।
अन्नपूर्ण अगाडि थप लेख्छ– कहाँ हरायो १० हजार १८ दशमलव ९ सय ६५ वर्ग किमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ ।
समाचार अनुसार मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज ०७४ मा प्रकाशित गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय पुस्तिकामा देशको कुल क्षेत्रफल १ लाख ३७ हजार १ सय ६२ दशमलव ०३५ वर्गा किमि छ ।
नागरिकको पहिलो पृष्ठमा नेपाली कामदारको सबै खर्च व्यहोर्न मलेसिया तयार भएको, राजधानीका संरचना छिन्नभिन्न पार्न लागिएको, नेकपामा एकता नटुंगिँदै विवाद बढेको लगायत शीर्षकका समाचार छन् ।
छिमेकीबाट यौन दुव्र्यवहार खेपेकी सप्तरीकी एक महिलाले न्याय नपाएकोलाई राजधानीले मुख्य समाचार बनाएर छापेको छ । बाढीले भत्काएको घरमा १ छोरा र ३ छोरीसँग बस्दै आएकी सुरुंगा नगरपालिका १ चहका टोलकी ३१ वर्षीया उर्मिला सदाले न्याय पाउन नसकेकी हुन् ।
१५ मन्त्रालयले विदेश भ्रमण गर्ने कर्मचारीको विवरण सार्वजनिक नगरेकोलाई राजधानीले एंकर बनाएको छ ।
नेपाल समाचारपत्रले कर्मचारी समायोजनामा आलटाल भएको, सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा व्यवस्था कडा पारिएकोलगायत समाचार लेखेको छ ।
गोरखापत्रले सार्कमा विवाद नरहेको भनेर परराष्ट्रमन्त्रीले दिएको प्रष्टोक्ति र नेपाली स्थायी नियोगको कामबारबाहीबारे प्रधानमन्त्रीले जानकारी लिएकोलाई मुख्य समाचार बनाएको छ ।
आइतबार प्रकाशित हुने नेपाल राष्ट्रिय साप्ताहिकले जलवायु परिवर्तनले हिमालका पारेको प्रभावबारे कभर स्टोरी लेखेको छ । समाचार अनुसार जलवायु परिवर्तनले खुम्बु क्षेत्रका चुचुराहरु काला बहाडमा बदलिएका छन् ।
साप्ताहिक खबर पत्रिका हिमाल खबरले विपन्न वर्गको जीवनस्तर उकास्ने सरकारी कार्यक्रमको लाभ लिने सूचीमा पूर्वमन्त्री र नेतादेखि हुनेखानेहरुकै हालीमुहाली गरेको लेखेको छ ।
MORE POST YOU CAN READ
छापामा आजः १४ वटा सिंगापुर बराबरको नेपाली भूमि गायब !
Reviewed by khagendra joshi
on
Saturday, September 29, 2018
Rating:

No comments: