टीभी किन्न घुस माग्ने डीएसपी राईलाई छाड्न अदालतको आदेश
२९ कात्तिक, काठमाडौं । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ ।
विशेष अदालतले बिहीबार राईलाई घुस बराबरको रकम धरौटीमा लिएर छाड्ने आदेश दिएको हो ।
महानगरीय प्रहरी वृत्त, बौद्धका तत्कालिन प्रमुख राईले २० असोजमा बालुवा व्यवसायीसँग व्यापार चौपट पारिदिने धम्की दिएर सेवाग्राहीसँग रकम असुली गर्दै गर्दा कार्यालयबाटै पक्राउ परेका थिए ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।
प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् ।
उनी पक्राउ पर्नु अघिल्लो दिन मात्रै मुलपानीमा राईको संरक्षणमा चल्दै आएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।
टीभी किन्न घुस माग्ने डीएसपी राईलाई छाड्न अदालतको आदेश
Reviewed by khagendra joshi
on
Thursday, November 15, 2018
Rating:

No comments: