यसरी करोडपति बन्छन् नेपाली बार डान्सर युवतीहरू
काठमाडौं, २७ कात्तिक । बर्षमा तीन पटक खाडीक्षेत्रका विभिन्न मुलुकमा डान्स गर्ने सावित्री (नाम परिवर्तन)ले ललितपुरको भैसेंपाटीमा एक रोपनी जग्गा किनेकी छन् । झन्डै ५ करोड बढि मुल्य पर्ने जग्गामा बंगला बनाएर बस्ने उनको रहर छ । तर, उनी व्यापारी होइनन् । ‘मेरो काम डान्स गर्ने हो । तर, नेपालमा डान्स गरेर यति पैसा कमाउन सकिँदैन, यसका लागि पैसावाल भएको मुलुक पुग्नुपर्छ’, उनी भन्छिन् ।
मकवानपुरदेखि कामको खोजीमा काठमाडौं आउँदा दशकअघि उनी सुन्धाराको एउटा डान्सबारमा वेटरको काम गर्थिन् । विस्तारै डान्स गर्न थालिन् । त्यहि संगतले उनको डान्स क्यासिनोसम्म हुन थाल्यो । त्यसपछि खुल्यो भाग्यको ढोका, पैसा कमाउने द्वार । ‘एक जना भारतीय नागरिकले मलाई दुबईमा यसरी नै डान्स देखाउन सके धेरै भन्दा धेरै टिप्स र रकम कमाउन सकिने बताए । मैले धेरै सोचेर जाने निर्णय गरें’, उनले सुनाइन् ।
सावित्रिसँग अहिले कम्तिमा ७ करोडभन्दा बढिको सम्पत्ति छ । पहिलो पटक दुुबई जाँदा उनले लगिदिने ति भारतीय नागरिकलाई केही कमिशन पनि दिएकी थिइन् । अहिले कतिपय उनकै सम्पर्कमा उता जाने गरेका छन् । भन्छिन्,‘यहाँ पनि डान्सबारमा गर्ने काम उही हो । मातेर आउनेहरू टाँसिने, छुने र अन्य प्रस्ताव गर्ने नै हुन्छन् । त्यहाँ गर्दा के भयो र ? बरु बढि पैसा आउने भयो । समाजको डर पनि भएन ।’
सावित्रिमात्र होइन, यसरी लाखौं आम्दानी गरेर सुखसयलको जीवन बिताउन थालेका धेरै छन् । दैनिक नेपालले एक जना पात्रबाट चार जना यसरी धनाड्य जीवन विताइरहेका सम्पर्कसुत्र भेट्यो । कतिपयले अहिले पेसा परिवर्तन गरिसकेका छन् ।
दुबई, कतार तथा मलेसीयालगायतका बारमा डान्स गर्न पुगेका नेपाली युवतीले टिप्स पनि धेरै पाउने गरेका छन् । भिजिट भिसामा पुगेका उनीहरू मध्ये केहीले ति देशका शेखसँग सम्झौतामा रात समेत काट्छन् जहाँबाट लाखौं रकम आम्दानी हुन्छ । यसरी नै घरजग्गा जोडी अहिले नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेकी करिना (नाम परिवर्तन) भन्छिन्,‘मैले चाहीँ बारमा सर्भिस र डान्समात्र गरें । तीन महिना दुबई बस्दा टिप्स नै लाखौं आउँछ । त्यसैले नेपाल र दुबई लगायतका क्षेत्र नेपाली कलाकारका लागि उर्बर भुमी नै मान्नुपर्छ ।’
यसरी बन्छ सम्पर्क ?
नेपालका बारमा डान्स गर्नेको सिधा सम्पर्क हुँदैन । सम्पर्कसुत्रका विभिन्न आधार रहेका छन् । प्रायः भारतीय नागरिकको डिमान्डका आधारमा नै उनीहरू खाडी मुलुकका बारसम्म पुग्ने गर्छन् ।
नेपालका बारमा डान्स गर्नेको सिधा सम्पर्क हुँदैन । सम्पर्कसुत्रका विभिन्न आधार रहेका छन् । प्रायः भारतीय नागरिकको डिमान्डका आधारमा नै उनीहरू खाडी मुलुकका बारसम्म पुग्ने गर्छन् ।
नेपालका क्यासिनो, बार र दोहोरीलगायतमा भारतीय नागरिक, पर्यटकको नजरमा उनीहरू पर्छन् । त्यसरी बनेको सम्पर्कका आधारमा नै उनीहरूले विदेशयात्रा तय गर्छन् । एक युवक भन्छन्,‘म क्यसिनोमा टोली लिएर नचाउने काम गर्छु । मेरो टोली देखेका भारतीय नागरिकले दुबईमा यहि काम गरे लाखौं आम्दानी हुने बाटो देखाए ।’
अहिले उनी र उनको समूह नेपालमा भन्दा विदेशमा बढि सक्रिय रहने गरेको छ । ‘नेपालको काम चटक्क छाडेर हिँड्यो भने अनेक प्रकारका शंका हुन्छन् । त्यसैले तीन–चार महिनामा नेपालमा पनि विभिन्न ठाउँमा हाम्रो काम जारी रहन्छ ।’
कतिपयलाई भने दुबईलगायतका देशबाट क्यासिनो खेल्न आउने अर्बपतिले सिधै सम्पर्क राख्छन् । उनीहरूको मागका आधारमा कतार, दुबई, ओमानलगायतका मुलुकमा नेपाली युवा युवतीले मौका पाउँछन् ।
‘पैसा कमाउने उद्देश्य राखेपछि उनीहरूको मुलुक पुगेपछि कतिपय विषयमा सम्झौता पनि हुन्छन् । मनोरञ्जनको उद्योगमा छिरेपछि पैसा धेरै चाहिएपछि उनीहरूको इच्छाका आधारमा हिँड्न पर्छ’, अनुभव सुनाउँदै रबिना (नाम परिवर्तन) भन्छिन्,‘नत्र त्यसै पैसा कहाँ कमाउन सकिन्छ र ?’
यो बाटोलाई नेपाली फिल्म क्षेत्रमा लागेका धेरैले समातेका छन् । अश्लील भिडियो बजारमा आएका कारण डिप्रेशनमा पुगी आत्महत्या गरेकी अभिनेत्री जेनिशा (ज्योति) खड्का पैसा कमाउने उद्देश्यले बार डान्सका लागि मलेसीयासम्म पुगेकी थिइन् । फर्केर केही फिल्ममा अभिनय गरे पनि उनले लामो समय बाँच्ने निर्णय लिन सकिनन् । विदेशमा पनि यस्तै समस्या धेरै रहेको उनले साथीहरूसँग गुनासो गर्थिन् ।
तर काठमाडौंमा गुनासो सुनाउने भन्दा विल्डिङ ठड्याउने धेरै भेटिन्छन् । ‘उताबाट पैसा कमाएपछि काठमाडौंमा नयाँ प्रकारका व्यापारमा हात हालेकी छु । पहिला त डान्स गरेरै पैसा कमाएकी हुँ’, एक अर्धबैंसे महिला भन्छिन्,‘अब घरजम गरेर बस्ने रहर पनि छ । त्यसका लागि प्रेमी पनि भेटेकी छुु ।’
अफ्रिकासम्म पुराइन्छ
सहमतिका आधारमा पुग्ने कतिपय युवतीले राम्रो आम्दानी गरिरहेका छन् । नेपाली डान्सबार सञ्चालक पनि सो क्षेत्रमा सक्रिय रहँदै आएका घटना सार्वजनिक भएकै हुन् । खाडीबाहेक तान्जिनियाँ, केन्यालगायतका अफ्रिकन मुलुकमा पनि नेपाली युवती डान्सबारमा पुग्ने गरेका छन् ।
सहमतिका आधारमा पुग्ने कतिपय युवतीले राम्रो आम्दानी गरिरहेका छन् । नेपाली डान्सबार सञ्चालक पनि सो क्षेत्रमा सक्रिय रहँदै आएका घटना सार्वजनिक भएकै हुन् । खाडीबाहेक तान्जिनियाँ, केन्यालगायतका अफ्रिकन मुलुकमा पनि नेपाली युवती डान्सबारमा पुग्ने गरेका छन् ।
‘सक्ने र सहमतिमा जे पनि मान्न सक्ने युवती करोडपति भएर फर्किन्छन् नसक्नेले केही गर्दैनन्’, यस्तो समूहलाई विदेश पुराउने एक युवा भन्छन्,‘पैसाको उद्देश्य राखेर जस्तो पनि कठिन काम गर्छु भन्ने डान्सर धेरै छन् ।’
तान्जिनियाँ, केन्याका बारमा केही बर्ष अघि नेपाली युवती भेटिएको समाचारले ठूलो स्थान पाएको थियो । यीनिहरू नेपाली र भारतीय बिचौलियामार्फत इच्छाका आधारमा तेस्रो, चौथो मुलुक पुग्ने गरेका उदाहरण पर्याप्त छ ।
कसरी लगिन्छ ?
भिजिट भिसामा नै युवतीलाई विभिन्न मुलुकमा पुराइन्छ । जसलाई कलाकारको नाम दिइने गरिएको छ । तर नेपाली विमानस्थलबाट नभई भारतीय विमानस्थलको प्रयोग गरेर तेस्रो चौथो मुलुकमा पुराइने गरिएको स्रोतहरूले जनाएका छन् ।
भिजिट भिसामा नै युवतीलाई विभिन्न मुलुकमा पुराइन्छ । जसलाई कलाकारको नाम दिइने गरिएको छ । तर नेपाली विमानस्थलबाट नभई भारतीय विमानस्थलको प्रयोग गरेर तेस्रो चौथो मुलुकमा पुराइने गरिएको स्रोतहरूले जनाएका छन् ।
MORE POST YOU CAN READ
यसरी करोडपति बन्छन् नेपाली बार डान्सर युवतीहरू
Reviewed by khagendra joshi
on
Tuesday, November 13, 2018
Rating:
Reviewed by khagendra joshi
on
Tuesday, November 13, 2018
Rating:


No comments: