आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित Share


वीरगञ्ज, १२ मंसिर । ठगी र जालसाजी गरेको अभियोगमा पर्सा प्रहरीले सन्तोषकुमार पाण्डेलाई पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो । धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय पाण्डेले अनुसन्धानमा जागिर लगाइदिने भन्दै सात लाख २० हजार ठगी गरेका थिए । पाण्डे वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।
ठगी गर्नका लागि पाण्डेले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरूलाई दिएका थिए ।
उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भनेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोइरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।
आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित Share आइजीपीको नक्कली हस्ताक्षर गर्ने वाइसिएलका यी पूर्व केन्द्रीय सदस्यको चर्तिकलाले प्रहरी अचम्मित  Share Reviewed by khagendra joshi on Tuesday, November 27, 2018 Rating: 5

No comments:

Powered by Blogger.