लोकसेवा पढ्दै हुनुहुन्छ ? तयारी यसरी गर्नुहोस्

लोकसेवा पढ्दै हुनुहुन्छ ? तयारी यसरी गर्नुहोस्


के तपाईहरु लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने आफूले पढेको र सफलता हासिल गरेको आधारमा केही सुझावहरु दिने प्रयास गरेको छु ।
सरकारी जागिर खाने आफ्नो जीवनको अभिष्टलाई पूरा गर्ने हो भने लोकसेवाको परीक्षामा तपाईले केही मिहेनत र साधना गर्नैपर्ने हुन्छ । त्यसका लागि केही टिप्सहरु यस्ता छन्ः
  • पहिले आफ्नो लक्ष किटान गर्नुहोस । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्षका साथ पढ्न थाल्नुहोस । एकैचोटी धैरै तिर हात नहाल्नुहोस।
  • कसैको दबाबमा नपढ्नुहोस । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस । आफुलाई त पढ्न मन थिएन तर परिवार वा आफन्तको लागि पढिदिएको भन्ने लाग्छ भने यतातिर हात हालेर समय बर्बाद नगर्नुहोस ।
  • सधै सकरात्मक हुनुहोस । असफल हुँदैमा नआत्तिनुहोस । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसात गर्नुहोस ।
  • पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस ।
  • पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा  सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय  सामाग्री चयन गर्नुहोस ।
  • सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ । परीक्षाको समयमा आफ्नै नोट पढ्नुहोस ।
  • समसामयिक बिषयमा अपडेट हुनुहोस । समसामयिक को लागी छुट्टै नोट तयार गर्नुहोस । कम्तीमा पनि दिनको दुईवटा राष्ट्रिय स्तरको पत्रिका पढ्ने , राष्ट्रिय स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस ।
  • कोचिङ सेन्टरको मात्रै भर नपर्नुहोस । कोचिङ सेन्टर गाईडलाईन मात्रै हुन । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस । तर सम्पूर्ण रुपमा भर नपर्नुहोस ।
  • पढ्ने समयतालिका निर्धारण गर्नुहोस । निरन्तर नपढ्नुहोस । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस । पढाईलाई बोझको रुपमा नलिनुहोस ।
  • सबै विषयलाई उत्तिकै महत्व दिनुहोस । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस ।
  • आफ्नो परीक्षा आफै लिनुहोस । पुराना प्रश्नपत्र को हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस ।
  • मिल्छ भने टिम बनाएर कहिलेकाहि छलफल गर्नुहोस ।

  • परीक्षामा कसरी लेख्ने ?
  • समय सिमित तर लेख्ने बिषय धेरै हुने हुँदा परीक्षामा समय व्यवस्थापन चुनौतीको रुपमा रहन्छ । कतिपय परीक्षार्थीहरुले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकि असफल भएको पाईन्छ । त्यसैले समयलाई ध्यान दिनुहोस र परीक्षा केन्द्रमा  पनि समयमै पुग्नुहोस ।
  • परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस । एकबोत्तल पानी पनि लिएर जानुहोस । अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरुले भन्दा १० प्रतिशत राम्रो गर्न सक्छ ।
  • जानेको कुरो सबै लेख्न नथाल्नुहोस । प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्क सहित सिलसिलाबद्ध रुपमा लेख्नुहोस । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस ।
  • परीक्षा हलमा रहदा मनलाई सकरात्मक बनाउनुहोस । नआत्तिनुहोस । परीक्षाको सन्दर्भमा फैलाईका अनावश्यक हल्लाको पछि नलाग्नुहोस ।
  • उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक-फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्यो भन्दापनि प्रश्नले के मागेको हो र आफुले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस । आवश्यकता अनुसार बुँदागत र व्याख्यात्मक दुबै रुपमा लेख्नुहोस ।
  • उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस । र, निष्कर्ष लेख्दा पनि समस्याको पहिचानगर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो त्यसलाई सकरात्मक रुपमा प्रस्तुत गर्नुहोस ।
  • अन्तर्वाताको चरणमा के गर्ने, के नगर्ने ?
अन्तर्वाता, परीक्षार्थी र परीक्षक प्रत्यक्ष रुपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका , पोषाक, उसको व्यवहार इत्यादीले अन्तर्वाता लिनेलाई प्रभावित तुल्लाउने हुँदा अन्तर्वाता दिनेले निम्न विषलाई ध्यान दिनु पर्छ ।
  • औपचारिक र सफा पोषाकमा उपस्थित हुनुहोस । उत्ताउलो र तडकभडक किसिमको पोषाक नलगाउनुहोस ।
  • अन्तर्वाता लिने सबैलाई एकमुष्ट सम्बोधन गर्नुहोस । र, तोकिएको कुर्चीमा अनुशासन पूर्वक बस्नुहोस ।
  • अन्तर्वाता लिनेले परीक्षार्थीको मनोविज्ञान बुझ्न राम्रो विषयलाई पनि नराम्रो रुपमा प्रस्तुत गर्न सक्छ । त्यसैले सकरात्मक उत्तर दिनुहोस ।
  • अन्तर्वाता दिदा नडराउनुहोस । निर्धक्क भएर प्रस्तुत हुनुहोस । आफ्नो विचारलाई निर्भिक रुपमा राख्नुहोस ।
  • कतिपयले अन्तर्वाताको समयमा खुट्टा चलाउने, कपाल कनाउने, दाँत टोक्ने ईत्यादी गर्ने गरेको पाईन्छ । त्यस्तो काम कदापी नगर्नुहोस । अन्तर्वाताको वातावरणलाई रोमाञ्चित बनाउनुहोस । मुस्कुराएर उत्तर दिनुहोस । अन्तरवार्ता लिनेलाई सकरात्मक प्रभाव पार्नुहोस ।
  • आफुले नजानेको विषयलाई जानेजस्तो गरेर नभन्नुहोस । नजानेको प्रश्नलाई निर्धक्क भएर आफूलाई सो प्रश्नको उत्तर नआउने बताउनुहोस । मैले यो विषयमा अध्ययन गरेको रहेनछु । अब म यो विषयमा जानकार रहेनछु भन्नुहोस ।
  • आफूले दिएको उत्तरको आधारमा अन्य प्रश्न पनि जोडिन सक्ने हुँदा आफुलाई सजिलो लाग्ने बिषय तिर अन्तर्वाता लाई मोड्नुहोस । उदाहरणको लागीः तपाईलाई के गर्न मन पर्छ ? भनेर सोधियो र तपाईले मलाई फूटबल खेल्न मन पर्छ भन्नुभयो भने तपाईलाई फूटबल सम्बन्धि अन्य धेरै प्रश्न सोधिन सक्छ । त्यसैले यस्तो विषयमा जानकार भएर जानुहोस ।
  • अन्तर्वाता दिन जादा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयीक घटनाक्रमको बारेमा बुझेर , अध्ययन गरेर जानुहोस ।
  • अन्तर्वाता लिनेलाई अनुचित प्रभाव पार्न नखोज्नुहोस । मैले सोर्सफोर्स लगाएको छु , हजुरहरुले मलाई पास गराईदिनै पर्छ , तपाईहरुले कृपा गर्नु भयो भने सफल भईएला जस्ता कुरा नराख्नुहोस । योग्यता प्रणाली बमोजिम सफल हुनेछु । यदि सफल हुन सकिन भने पनि पुनः मेहनेत गरी सेवामा प्रवेश गर्नेछु भनेर अन्तर्वार्तालाई टुङ्गाउनुहोस ।

     

MORE  POST YOU CAN READ

लोकसेवा पढ्दै हुनुहुन्छ ? तयारी यसरी गर्नुहोस् लोकसेवा पढ्दै हुनुहुन्छ ? तयारी यसरी गर्नुहोस् Reviewed by khagendra joshi on Saturday, November 10, 2018 Rating: 5

No comments:

Powered by Blogger.