थाइल्याण्डको अनुभवः यौनमा उदार, यौन हिंसामा कठोर
पटायाबाट बैंककका लागि माइक्रोबसमा चढेको केहीबेरपछि पातलो निद्राले आँखालाई झ्याप्प छोप्दै थियो । गाडीभित्र चलेको मसिनो खल्बलीकै बीच–बीचमा हाँसोको पर्रा छुट्थ्यो । निदाउनै लागेका बेला यस्तै हाँसोले ब्यूँझायो मलाई ।
माइक्रोमा पटाया घुमेर फर्केको हाम्रो टोलीसँगै अन्य देशका पनि पर्यटक थिए । बेलाबेला बिथोलिँदै निदाउँदै गर्दा मेरो निद्रा बिथोल्ने साथीहरुको संवाद सुरु भयो । एउटीले भनी– ‘ओई हिजो हामीले के देखेनौं ? बाफ रे ।’
अर्की हिजो राति देखेको दृश्यको वर्णन गर्दै थिई– ‘त्यसले त आफ्नो …भित्रबाट ब्लेडको माला नै खुरुरु निकाली यार ।’
यति भनेपछि ठूलो हुरीले हल्लाएको रुखजसरी नुहिँदै हाँसे उनीहरु । उसले दृश्यको अझ वर्णन गरी– ‘त्यसले गुप्ताङ्गबाट वियरको बिर्काे खोल्दा त केटाहरु आम्मामा झुम्मिएका ! त्यो वियर पिउन केटाहरुको खोसामारी !’
यस्तो दृश्य वर्णन गरेपछि उ झन कोक्किई कोक्किई हाँस्न थाली ।
अर्कीले निकाली पटायाका यौनकर्मीले गुप्ताङ्गबाट निकालेको सियोले अगाडि बस्ने केटोले बोकेको बेलुन फुटाएको कहानी ।
भन्दै थिई– ‘ओ हो, त्यसले त फुत्त सियो फाली, अगाडि केटाको हातमा बेलुन थियो, त्यसैमा गएर सियो गाडियो । फ्यास्सै फुट्यो नि ।’
एउटीले भनी– यस्तो देखेकी भए यो बिनुले के गर्थी होला है ?
उसले सिटबाट पछाडी नै आउँला झैं गर्दै आधा उठेर भनी– राधिले देखेकोे भए झन् ? छिछिछि भन्दै थुक्दै निस्कन्थी होला है ?
गोरी राधी गाला राता बनाएर हाँसी । अनि बोली– ‘छ्या यस्तै भएर हो के केटीहरुलाई हेप्ने केटाले ।’ उसले आगोको लप्कासहितको रीस शब्दबाटै छुटाई । दुई साथी भने उ…उ.. देखिस् कसो गर्छे यो भन्दै हाईफाई गर्थै फेरि हाँसेर हुरुक्कै भए ।
पटायाको सेक्स बजारको लाइभ हेरेर आएका साथीहरु कोक्किएर हाँसेको सुनेपछि मेरो निद्रा पूरै हरायो । अघिल्लो सिटमा बसेका दुई साथी हिजो देखेका कुरा पछाडि फर्केर सुनाउँदै गर्दा पछिल्लो सिटमा बसेका हामी हाँस्दाहाँस्दै आँखा बाहिर निस्केला जस्ता भयौं ।
एकजना साथी भन्दै थिई– ‘यार म त मेरो बुढोलाई अन्य जुन देश घुमे नि घुमोस्, यहाँ त आउन दिन्न । यो देखेर उसै फर्केलान् ? भो बाबा ! कि सँगै आउँछु । कि आउनै दिन्न ।’
हामीभन्दा पछिल्लो सिटमा तीनजना पञ्जावी केटी थिए । हामीमध्येकी एकजना साथी हिन्दी बोल्दी रै’छिन् । उनैले सोधिन्– ‘आप भी फनालो ठाउँमा गयौ क्या ?’
पञ्जावी केटीहरुले अघि त नेपाली नबुझेर पो रहेछ, जब हिन्दीमा कुरा भयो, उनीहरुले बुझे । यो सबै सुनेपछि अचम्मित मात्रै भएनन् लगिदिन आग्रह गरे । र, हामीले पनि ।
MORE POST YOU CAN READ
थाइल्याण्डको अनुभवः यौनमा उदार, यौन हिंसामा कठोर
Reviewed by khagendra joshi
on
Friday, November 02, 2018
Rating:

No comments: