प्रहरीको गोप्य धन्दा ! जुवा र मिटर ब्याजमा मिलापत्र !
२८ कात्तिक, काठमाडौं । एकपछि अर्को अनुसन्धानमा प्रश्न उठेपछि काठमाडौं प्रहरी परिसर, टेकुले आर्थिक प्रलोभन दिएर पीडित पक्षलाई चुप लगाउने गरेको खुलेको छ ।
पछिल्लो दुई महिनामा काठमाडौं प्रहरी परिसरको कारबाहीका क्रममा भएको ३ जनाको ‘रहस्यमय’ मृत्यु भएको छ । दुबै घटनालाई गुपचुप राख्न प्रहरीकै सक्रियतामा आर्थिक लेनदेन गराइएर पीडित पक्षलाई मौन राखिएको खुलासा भएको हो ।
२० असोजमा मुलपानीमा प्रहरीले विना पूर्वतयारी अपरेशन चलाउँदा सरोज घले र सानुलाल तामाङको ज्यान गयो । जुवा अपरेशनका क्रममा भागदौड मच्चिएको र छतबाट खसेर दुबैको मृत्यु भएको प्रहरीको दाबी थियो । तर, कोठाभित्र रगतका टाटाहरु देखिएपछि पीडित परिवारले शव उठाउन मानेनन् ।
मृतकको शव बुझ्न प्रहरीकै सक्रियतामा १२ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको पाइएको छ ।
मृतक सानुलालका दाजु प्रेम तामाङ पनि यो स्वीकार गरे । ‘त्यसवेला डीएसपी सा’बहरुले हामीलाई त्यति भए पनि पैसा लिन भन्नुभो’, उनले अनलाइनखबरसँग भने, ‘मृत्यु भवितव्य भएको भन्दै रकम लिन दबाव दिनु भएको थियो ।’
स्रोतका अनुसार त्यो रकम पनि घटनामा पक्राउ परेका घरधनी तेन्दु शेर्पालाई तिराइएको छ । घटनापछि पक्राउ परेका उनी पीडितलाई रकम तिर्ने शर्तमा छुटेका छन् भने पीडित पक्षलाई चुपचाप बस्न भनिएको पाइएको छ ।
प्रहरीले वारदातमा समातिएका व्यक्तिलाई १२ लाखसम्म तिर्न लगाएर आर्थिक लेनदेनमा घटनाको मिलापत्र गराएको यो घटना कानूनी शासनमा एउटा उदेकलाग्दो दृश्य हो ।
प्रहरीको गोप्य धन्दा ! जुवा र मिटर ब्याजमा मिलापत्र !हेर्नुहोस
Reviewed by khagendra joshi
on
Wednesday, November 14, 2018
Rating:

No comments: