उत्तर कोरियाको भ्रमण रोकेर भारत जाँदै प्रचण्ड

उत्तर कोरियाको भ्रमण रोकेर भारत जाँदै प्रचण्ड

प्रचण्ड । फाइल तस्वीर

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनले यसपटक आउन नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा दिएको स्रोतले बतायो ।३० साउन, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरेर उनी भारत भ्रमणमा जाँदनिम्तो आएको थियो । जाने भनेर तयारी पनि गरिएको थियो । तर अहिले सकिएन, अर्को कुनै अवसरमा आउँला भनेर भनिएको छ ।’
प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने ती नेताले बताए ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी उक्त भेटमा प्रचण्डले राजदूतलाई उत्तर कोरिया जाने बताएका थिए । तर, पछि उनले व्यस्तताको कारण देखाउँदै उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरे ।
यसअघि नेकपाका नेता माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए ।
प्रचण्डको भ्रमण स्थगित हुनुमा विदेशको राजनीतिले प्रभाव पारेको स्रोतको दाबी छ । नेकपाका एक नेताले भने, ‘उत्तर कोरियालाई हेर्ने दृष्टिकोणलाई लिएर विश्व विभाजित छ । त्यसको प्रभाव नेपालमा  पनि पर्ने नै भयो । अहिले प्रचण्डको भ्रमण स्थगित हुनुमा पनि ग्लोबल पोलिटिक्स जिम्मेवार छ ।’
प्रचण्डनिकट स्रोतले भने अन्य केही कारणले नभई समय अभावमात्रै भ्रमण स्थगनको कारकतत्व रहेको बताएको छ ।
२०७५ साउन ३० गते

उत्तर कोरियाको भ्रमण रोकेर भारत जाँदै प्रचण्ड उत्तर कोरियाको भ्रमण रोकेर भारत जाँदै प्रचण्ड Reviewed by khagendra joshi on Tuesday, August 14, 2018 Rating: 5

No comments:

Powered by Blogger.