शंकर विष्टले गरे आफ्नै भाई र छोराको हत्या

शंकर विष्टले गरे आफ्नै भाई र छोराको हत्या



घोराही, ३० साउन । पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका शंकर विष्टले आफ्नै भार्इ र छोराको हत्या गरेका छन् ।
बुधबार बिहान करिब साढे ६ बजेतिर करिब ३७ वर्षीय विष्टले एक्कासी आफ्ना भार्इ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनको आक्रमणबाट २० वर्षीय भार्इ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिए ।
छोराहरू १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।
भार्इ र छोराहरूलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी हबल्दार साउदले जानकारी दिए

शंकर विष्टले गरे आफ्नै भाई र छोराको हत्या शंकर विष्टले गरे आफ्नै भाई र छोराको हत्या Reviewed by khagendra joshi on Wednesday, August 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.