यातायातका इन्जिनियर घुससहित पक्राउ
२८ साउन, बुटवल । यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी सेवाग्राहीबाट घुससहित पक्राउ परेका छन् ।
Advertisment
कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो ।
नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
यातायातका इन्जिनियर घुससहित पक्राउ
Reviewed by khagendra joshi
on
Monday, August 13, 2018
Rating:
No comments: