काठमाडौं प्रहरी प्रमुख भन्छन्– त्रास देखाउने प्रयास मात्र हो, डराउनु पर्दैन

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल ।
२९ साउन, काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले काठमाडौंको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनेरहेका बेला प्रमुख पोखरेलले निर्धक्क भएर हिँडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।प्रमुख पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान एरिया छानेर शंकास्पद वस्तु राखेकाले त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।
पाेखरेलका अनुसार, उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएकाे छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, पोखरेलले भने, ‘त्रास देखाउने प्रयास मात्र देखिएको छ । डराउनु पर्ने स्थिति छैन ।’
प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने विप्लव समूहका दुई जनालाई पक्रेको छ । प्रमुख एसएसपी पोखरेलले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।
काठमाडौं प्रहरी प्रमुख भन्छन्– त्रास देखाउने प्रयास मात्र हो, डराउनु पर्दैन
Reviewed by khagendra joshi
on
Monday, August 13, 2018
Rating:
No comments: