फिल्म निर्माणमा हास्य कलाकारका ३ गुट, कुन गुटमा को-को ?

नेपाल टेलिभिजनमा केही समयअघिसम्म हाँस्य टेलिसिरियलको दबदबा थियो । यी सिरियलमा काम गर्ने हास्कलाकार नेपाली चलचित्रका सेलिब्रिटीभन्दा चर्चित बने । शहरदेखि गाउँका कुना-काप्चामा पुगेका उनीहरुलाई नै दर्शकले बढि चिन्छन् ।
कमेडी सिरियलले यी कलाकारलाई नाम त दिलायो, तर दाम भने खासै दिलाउन सकेन । त्यसैले दर्शकमा आफ्नो क्रेज स्थापित भइसकेपछि उनीहरु सिरियलबाट टाढिएर फिल्म तर्फ आकषिर्त बनेका छन् ।
तर, यो समूह लामो समयसम्म एकजुट रहन सकेन । यीमध्येबाट सिताराम कट्टेल र उनकी पत्नी कुञ्जना घिमिरे अलग भए र समाजसेवामा लागे ।टेलिभिजनमा फरक-फरक हाँस्य सिरियल बनाउने कलाकार एक ठाउँमा आए र ६ एकान ६ बनाएका थिए । दिपकराज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, किरण केसी लगायतका कलाकार यसमा संलग्न थिए ।
यही विचमा टेलिभिजनमा अर्को सिरियल आयो र हिट भयो, ‘भद्रगोल’ । यो सिरियलबाट ‘जिग्री, ‘पाँडे’ ‘कंक्रोच’ लगायतका क्यारेक्टर हिट भए । अहिले यो शो पनि बन्द भएको छ । र, यो टिम पनि फिल्मतिर आकषिर्त बनेको छ । फिल्म निर्माणमा यतिबेला हाँस्य कलाकारहरुको ३ समुह बनेको छ । ती यस्ता छन्:
दिपक-दीपा-केदार-जितु
‘६ एकान ६’ देखि एकसाथ देखिएका कलाकार हुन्, दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल । अहिले यो टिम एक ढिक्का छ । जसको नेतृत्व दिपकराज गिरीले गरिरहेका छन् । ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, छक्का पन्जा ३’ सम्म आइपुग्दा यो टिम सबैभन्दा पावरफूल देखिएको छ । यो टिममा सबैले फाइनल निर्णय नगरेसम्म अन्यत्र काम गर्न पाइदैन । चलचित्र ‘रामकहानी’मा जितु र केदारले काम गर्दा टिमले नै अनुमती दिएको थियो ।

मह जोडी र किरण केसी
हाँस्य कलाकारहरुकै अर्को समुह, जो चलचित्र निर्माणमा सक्रिय छ, त्यो हो मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको टिम । यो टिमले बनाएको चलचित्र ‘शत्रु गते’ ले गत वर्ष बम्पर कमाई गरेको थियो । यो चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौलाले पनि अभिनय गरेका थिए । यसैगरी शिवहरी पौडेल र राजाराम पौडेल पनि यो फिल्ममा थिए । तर, अहिले यो टिमले बनाउन लागेको चलचित्र ‘दाल भात तरकारी’ मा दिपक र दिपा छैनन् ।

सिताराम-मनोज
चलचित्र र सिरियलबाट अलग रहेर समाजसेवामा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल पनि अब चलचित्र निर्माणमा जुटेका छन् । यो टिममा सितारामको साथमा उनका भाई कुमार कट्टेल, हास्यव्यंग्यकर्मी मनोज गजुरेल लगायत छन् । उनीहरुले ‘एन्टिभाइरस’ नाममा चलचित्र दर्ता गरे पनि नाम परिवर्तन हुने बताउँदै आएका छन् ।

त्यसो त भद्रगोल सिरियलको टिमले पनि चलचित्र बनाउने घोषणा गरेको छ । उनीहरुले निश्चल बस्नेतको निर्देशनमा ‘फनफनी’ बनाउने गत वर्ष नै घोषणा गरेका थिए । तर, काम भने अघि बढ्न सकेको छैन ।
अहिले चलचित्र क्षेत्रमा कमेडीको बाढी नै लागेको छ । कमेडी चलचित्रबाट राम्रो कमाई गर्न सकिन्छ भन्ने सोच पलाएको छ । जसले गर्दा, एकसाथ काम गरेका कलाकारहरु अहिले आ-आफ्नै समुह बनाएर चलचित्र निर्माणमा लागेका छन् ।
भाग्यमानी विल्सन
हाँस्य कलाकारहरुको समुह बनिरहँदा हास्यकलाकार विल्सन विक्रम राई भने भाग्यमानी देखिएका छन् । उनी हरेक समुहका चलचित्रमा अटाएका छन् । दिपक-दीपाको ‘छक्का पन्जा ३’मा खेलेका विल्सन मह जोडीको ‘दाल भात तरकारी’मा पनि छन् । उनलाई अरु ब्यानरका चलचित्र खेल्नका लागि कसैको अनुमती चाहिदैन ।
हाँस्य कलाकारहरुको समुह बनिरहँदा हास्यकलाकार विल्सन विक्रम राई भने भाग्यमानी देखिएका छन् । उनी हरेक समुहका चलचित्रमा अटाएका छन् । दिपक-दीपाको ‘छक्का पन्जा ३’मा खेलेका विल्सन मह जोडीको ‘दाल भात तरकारी’मा पनि छन् । उनलाई अरु ब्यानरका चलचित्र खेल्नका लागि कसैको अनुमती चाहिदैन ।
फिल्म निर्माणमा हास्य कलाकारका ३ गुट, कुन गुटमा को-को ?
Reviewed by khagendra joshi
on
Monday, August 13, 2018
Rating:
No comments: