यी हुन् ओली नेतृत्वको सरकारले पाँच महिनामा गरेका ९२ काम

यी हुन् ओली नेतृत्वको सरकारले पाँच महिनामा गरेका ९२ काम




काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सरकार गठन भएको पाँच महिनामा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । जसमा यो अवधीका विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल भएको दावी प्रस्तुत गरिएको छ ।
‘प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै २० क्षेत्रमा विभिन्न उपलब्धि भएको दावी गर्दै तिनको सूचीसमेत दिइएको छ । ७२ पृष्ठको कार्यप्रगति विवरणमा सिन्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, विकास निर्माणका काममा दु्रतता, औचित्यहीन भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्य लगायतका विषयलाई सरकारले आफ्नो प्रगतिमा हाइलाइट्स गरेको छ । सामाजिक सुरक्षा भत्तामा पारदर्शीता र राजदूत नियुक्तीमा मापदण्ड तय गरिएको विषयलाई पनि सरकारले मुख्य कामको सुचीमा राखेको छ ।
‘सुशाासनका लागि मानक थालनी’ अन्तर्गत विभिन्न १३ खालका उपलब्धि हासिल भएको सरकारको दावी छ । ‘हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन’ शीर्षक अन्तर्गत ६ वटा उपलब्धि समेटिएका छन् भने ‘नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध’ अन्तर्गत ११ उपलब्धि हासिल भएको दावी गरिएको छ ।
सरकारले प्रधानमन्त्री ओलीको २३–२५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमण र ५–१० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमणलाई पनि उपलब्धिका रुपमा व्याख्या गरेको छ । ‘अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ’ शीर्षक अन्तर्गत १० वटा उपलब्धि भएको दावी गरेको सरकारले आफ्नो मुख्य नाराको रुपमा रहेको ‘सडक÷रेल पूर्वाधार निर्माणः तीब्र गतिमा काम’ शीर्षकमा ६ उपलब्धि हासिल भएको पुस्तिकामा उल्लेख गरेको छ ।
‘शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन प्रमुख काम’ भन्दै ती कामहरुको सूची दिइएको छ । ‘सुरक्षाको क्षेत्रमा भएका मूख्य पाँच काम’ भन्दै ४ वटा कामको सूची उल्लेख गरिएको छ । ‘पुनर्निर्माणमा नतिजामुखी काम’ ४ वटा काम भएको सरकारले दावी गरेको छ ।यसैगरी ‘पूर्वाधार विकासमा छोटो समयका केही नतिजा’ भन्दै ६ वटा उपलब्धि भएको दावी सरकारको छ भने ‘ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन’ शीर्षकमा २ उपलब्धि हासिल भएको भनिएको छ ।
‘कृषिको व्यवसायिकरण’ ४ वटा, ‘सामाजिक सुरक्षामा नयाँ थालनी’ अन्तर्गत ३ वटा, ‘प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध’ अन्तर्गत ४ वटा, ‘मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै’ शीर्षक अन्तर्गत ५ वटा उपलब्धि हासिल भएको चर्चा गरिएको छ ।
‘नमुना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार’ अन्तर्गत ३ वटा, स्वास्थ्य क्षेत्रमा उपलब्धिः औषधीको मुल्य निर्धारण’ अन्तर्गत ३ वटा, ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ अन्तर्गत ३ वटा उपलब्धि भएको बताउँदै सरकारले ‘अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माणको तयारी’ अन्तर्गत २ वटा उपलब्धि भएको दावी गरेको छ ।

मनपरे लाइक गर्दिनुहोला,धन्यवाद ।
@Latest-नेपाली-News.

यी हुन् ओली नेतृत्वको सरकारले पाँच महिनामा गरेका ९२ काम यी हुन् ओली नेतृत्वको सरकारले पाँच महिनामा गरेका ९२ काम Reviewed by khagendra joshi on Monday, August 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.