युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित

यो खेलमा बहिनी सेरेना विलियम्सले दिदी भेनस विलियम्सलाई पराजित गरेर चौथो चरणमा स्थान पक्का गरेकी छन् । न्युयोर्कमा भएको खेलमा ३६ वर्षकी सेरेनाले ३८ वर्षकी भेनसलाई ६–१ र ६–२ को सेटमा पराजित गरेकी हुन् ।
विलियम्स दिदीबहिनीबिचको यो ३० औँ प्रतिस्पर्धात्मक भेट थियो । २३ पटक ग्राण्ड सलाम उपाधि जितेकी सेरेनाले अन्तिम १६ मा इस्टोनियाकी काइए कानिपीसँग खेल्ने छिन् । ३३ वर्षकी कानिपीले पहिलो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन् ।
सेरेनाले छोरी जन्माएपछि खेलमा फर्किए यताको आफ्नो उत्कृष्ट खेल यहि रहेको बताएकी छन् । सेरेनाले गएको सेप्टेम्बरमा छोरी जन्माएकी थिइन्
युएस ओपन टेनिसमा बहिनीसँग दिदी पराजित
Reviewed by khagendra joshi
on
Friday, August 31, 2018
Rating:
No comments: