जनकले ल्याए डोटेली स्वादको गीत ‘लौ लौ सररर…’ (भिडियोसहित)

जनकले ल्याए डोटेली स्वादको गीत ‘लौ लौ सररर…’ (भिडियोसहित)

काठमाडौँ, २९ असार, प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारको नयाँ गीत ‘लौ लौ सररर…’ हालै सार्वजनिक भएको छ । यो गीतमा जनक ताम्राकारको स्वर तथा महेश ताम्राकारको शब्द संगीत रहेको छ ।
यो गीतमा डोटेली र नेपाली भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । पहिलो प्रेमको आभासलार्इ रमाइलो ढंगले पोक्त गरिएको यस गीतमा भने “लौ लौ सररर पिरिमको आकाशैमा, लौ लौ फररर सिमल झैँ बतासैमा” जस्ता शब्दको प्रयोग भएको छ।
यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक ढाँचाको रहेको उनीहरुको दाबी छ । यस गीतको म्युजिक भिडियोमा भने अहिलेका चर्चित नायक तथा मोडल आकाश श्रेष्ठ र चर्चित मोडल एलिसा राईको अभिनय रहेको छ । यस गीतको भिडियोलाई सागर प्रधानले निर्देशन गरेका छन् भने रेकर्ड हाउस प्रोडक्सनले निर्माण गरेको हो ।
ताम्राकार दाजुभाइले पछिल्लो समय नेपाली संगीत बजारमा नयाँ स्वाद पस्किरहेका छन्। महेश र जनकको ‘जुनकिरी…’ र ‘काफल खान्या कुइयाँ…’ पछिल्लो समय निकै रुचाइएका गीत हुन् । दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफूले नेपाली संगीतमा फरकपन ल्याउने प्रयास गर्ने गायक ताम्राकार बताउँछन् ।
भिडियो यहाँ हेर्नुहोस:
https://youtu.be/h9YHiI-MoXc
(मनपरेभने अवस्य सेयर गर्दिनु होला)
(Suscribe गर्न नछुटाउनु होला)
जनकले ल्याए डोटेली स्वादको गीत ‘लौ लौ सररर…’ (भिडियोसहित) जनकले ल्याए डोटेली स्वादको गीत ‘लौ लौ सररर…’ (भिडियोसहित) Reviewed by khagendra joshi on Monday, August 13, 2018 Rating: 5

No comments:

Powered by Blogger.