भियतनामसँग पनि हार्‍यो नेपाल

भियतनामसँग पनि हार्‍यो नेपाल

३१ साउन, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ ।
पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन ।इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।
खेलमा ६ प्रहार मात्रै गरेको नेपालले पोस्टको दिशामा एउटै राम्रो प्रहार गर्न सकेन । भियतनामले नेपालको पोस्टको दिशामा गरेका २० प्रहारमा ६ प्रहार उत्कृष्ट रहेको थियो ।
२०७५ साउन ३१ गते
भियतनामसँग पनि हार्‍यो नेपाल भियतनामसँग पनि हार्‍यो नेपाल Reviewed by khagendra joshi on Thursday, August 16, 2018 Rating: 5

No comments:

Powered by Blogger.