तनहुँमा बस र ट्रक ठोक्किए, १६ जना घाइते

३० साउन, तनहुँ । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँमा १६ जना घाइते भएका छन् ।
दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँमा बस र ट्रक ठोक्किए, १६ जना घाइते
Reviewed by khagendra joshi
on
Tuesday, August 14, 2018
Rating:
No comments: