नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा

नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा



नायिका निरुता सिंहलाई नेपाली चलचित्रका दर्शकले खोजिरहेका छन् । कुनै समयकी चर्चित यी नायिका मुम्बइमा बस्न थालेपछि नेपाली चलचित्रबाट टाढा भएकी हुन् । तर, अब भने निरुता सिंहलाई दर्शकको साथ र माया मिल्ने देखिएको छ । भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’को केमियो भूमिकापछि निरुतालाई फलिफाप हुने देखिएको हो ।
यो चलचित्रमा केमियो भूमिका गरेवापत निरुताले १ लाख पारिश्रमिक लिएकी थिइन् । यो चलचित्रमा निरुताको सानो भूमिका मात्र छ । तर, यही चलचित्रमा काम गरेपछि उनलाई किरण केसी र मह संचारको चलचित्र ‘दाल भात तरकारी’मा लिड रोल मिलेको छ । यो चलचित्रमा उनी हरिवंश आचार्यको श्रीमतिको भूमिकामा देखिदैछिन् ।
चलचित्रका निर्देशक दिपेश सापकोटाले मौखिक रुपमा सबै कुरा निरुतासँग मिलेको बताएका छन् । यसरी हेर्दा निरुताले अब चलचित्र क्षेत्रमा फेरि दमदार उपस्थिती जनाउने तयारी गरेकी छिन् । कुनै समयकी नम्बर १ नायिकाले आफूलाई फेरि कस्तो रुपमा प्रस्तुत गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।यसपछि, निरुताले शिव श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा पनि काम गर्ने वुझिएको छ । यो मल्टिस्टारर चलचित्रका लागि शिवले निरुतालाई अफर गरेका थिए । निरुता चलचित्र खेल्नका लागि राजी भएकी छिन् । तर, उनी मुम्बइमा भएकाले संझौता भने भएको छैन

२०७५ साउन ३१ गते ११

नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा Reviewed by khagendra joshi on Wednesday, August 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.