रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप



३१ साउन, काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को हार व्यहारेको हो ।
ए ले केक एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिएको थियो । तर, २७ औं मिनेटमा करिम बेञ्जिममा रियल मड्रिडका लागि बराबरी गोल गरे र पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकियो । अतिरिक्त समयको खेलमा सउल र कोकेले गोल गरे । ९८ औं मिनेटमा सउल र १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरको जित निकालेको छ ।दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोलमार्फत रियललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा कोष्टाले नै बराबरी गोल फर्काए

२०७५ साउन ३१ गते
रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप Reviewed by khagendra joshi on Wednesday, August 15, 2018 Rating: 5

No comments:

Powered by Blogger.