शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने !

काठमाडौं, १३ भदौ । ‘शंकाले लङ्का जलाउँछ’ भन्ने त नेपालीमा उखान नै छ । अहिले नेपाली समाजमा विचित्रका यस्ता घटना उदाङ्गिन थालेका छन् ।
बुधबारमात्र पक्राउ गरिएका एक व्यक्तिले आफ्नी पत्नीसँग सम्बन्ध राखेको शंकाको आधारमा युवकको हत्या गरेको स्वीकार गरेका छन् ।
बुधबारमात्र पक्राउ गरिएका एक व्यक्तिले आफ्नी पत्नीसँग सम्बन्ध राखेको शंकाको आधारमा युवकको हत्या गरेको स्वीकार गरेका छन् ।
ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीलाई ५ भदौमा छुरा प्रहार गरी हत्या गरियो । दाङको लालमटिया, भालुबाङका सञ्जिव थापाले हत्या गरेको स्वीकार गरेका छन् । र, उनले कारण बताएका छन्– आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेको शंका ।
इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीसँगको बयानका क्रममा थापाले पत्नीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् ।
कार्कीको हत्या हुनु केही दिनअघि मात्र नेपाल आएका थापाको उद्देश्य नै हत्या हुनसक्ने प्रहरी बताउँछ । कार्कीको शरीरमा १५ ठाउँमा चोट छ । प्रहरीलाई दिएको बयान अनुसार हत्यापछि थापा ३ दिनसम्म हिँडेर दाङ पुगेका थिए । ‘सन्तोष कार्कीले मलाई वर्षैंदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरुप उसलाई दण्ड दिएको हुँ ।’
त्यसो त भदौ २ गते मात्र विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका थिए । विराटनगर महानगरपालिका– १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका थिए ।
प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिएका थिए ।
मृतक घिमिरेकोे अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो । उनी अर्कैसँग बिहे गरेर अस्ट्रेलिया जान लागेको भन्दै प्रेमीले हत्या गरेका थिए ।
भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका थिए ।
०७२ भूकम्पमा श्रीमान्को मृत्यु भएपछि विदुर नगरपालिका ११ साँघुकी ४५ बर्षीया प्रतिमा अमात्यसँग रसुवाको ठूलोगाउँ–६ बस्ने १९ वर्षीया रमेश तामाङ नजिकिएका थिए ।
०७२ भूकम्पमा श्रीमान्को मृत्यु भएपछि विदुर नगरपालिका ११ साँघुकी ४५ बर्षीया प्रतिमा अमात्यसँग रसुवाको ठूलोगाउँ–६ बस्ने १९ वर्षीया रमेश तामाङ नजिकिएका थिए ।
प्रतिमा भन्दा २६ वर्ष कम उमेरका रमेशले प्रतिभालाई प्रेम गरेको बहाना बनाएर पैसा हात परेपछि हत्या गरेको ढिला गरी खुलासा भएको हो । २०७३ साल जेठ ३ गतेदेखि हराएकी आफ्नी दिदी प्रतिमाको खोजीका लागि बहिनी निरा श्रेष्ठले मंसिर १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
अनुसन्धानकै क्रममा प्रहरीले प्रतिमा कंकाल विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको फिकुरी गाविस ८ को गोगने जंगलमा फेला पारेपछि घटनाबारे थप तथ्य सार्वजनिक भएको हो ।
त्रिशूली बजारमा मजदुरी गर्दै आएका रमेशले महिलासँग धेरै रकम भएको जानकारी पाएपछि प्रेमको नाटक गरेर नजिकिएको र रकम हात पारेपछि हत्या गरेको प्रहरीले पत्ता लगाएको थियो ।
नौ महिनादेखि नजिकिएका प्रतिमा र रमेश एक महिनासम्म विदुरमा लिभिङ टुगेदरको रुपमासँगै बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको थियो ।
प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको थियो ।
प्रतिमा र रमेशबीच प्रेम सम्बन्ध रहेको रमेशको बयानबाट खुलासा भएको थियो । भूकम्पमा प्रतिमाका पति र सासु बितेका थिए । उनका कुनै सन्तान छैनन् ।
रमेशले प्रतिमाको हत्या गरी फिकुरी–८ को गोगने जंगलमा लगेर गाडेको बयान दिएपछि प्रहरीले उक्त स्थानमा उत्खनन् गरेर कंकाल निकालेको थियो ।
रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।
रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।
एक बर्ष अघि काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ । वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनीबीच नियमित फोन सम्पर्क हुन थाल्यो। फोनबाट उनीहरूबीच मायापिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।
साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोनप्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो। यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए । तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।
उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्याका अभियुक्त फोनप्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका थिए ।
पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो। प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखिन् । यसबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक–पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।
पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिएका थिए ।
पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिएका थिए ।
दुई वर्षअघि राजधानीमा अचम्मको घटना देखियो । धुम्बाराहीको प्रगति टोलको सडकमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । स्थानीयबाटै प्रहरीले थाहा पायो, त्यसरी मृत्यु हुने युवती छेउको घरमा डेरा गरी बस्ने ३५ वर्षीया ज्योत्सना तामाङ थिइन् । प्रहरी उनको डेरामा पुग्यो । उनका दुईवटा कोठा थिए । एउटा कोठामा एक युवती पवित्रा लिम्बू बच्चासहित सुतिरहेकी थिइन् भने अर्काे कोठामा थिए प्रितम मानन्धर । उनीहरू निद्रामै थिए ।
प्रहरीले सडकमा ज्योत्सनाको शव भेटिएको बताएपछि उनीहरू आश्चर्यमा परे । बेलुका सँगै मदिरा पिएर सुतेको तर अरू केही कुरा थाहा नभएको उनीहरूले बताए । प्रहरीले सोधपुछका लागि दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज लगेको थियो ।
अनुसन्धानका क्रममा यौनसम्बन्धी विवादमा बाथरुममा झगडा हुँदा उनी झ्यालबाट खसेर मृत्यु भएको खुल्यो । प्रेमी प्रितम मानन्धरसँग झगडा हँुदा उनी खसेकी थिइन् ।
प्रहरीका अनुसार आफूलाई यौन सन्तुष्टि दिन नसकेको भन्दै उनले मानन्धरसँग झगडा गरेकी थिइन् । त्यही क्रममा उनी बाथरुमको झ्यालबाट खसेकी थिइन् । बरन्डामा खसेको हुनसक्ने भन्दै आफू कोठामा गएर सुतेको मानन्धरले बताएका छन् ।
प्रहरीका अनुसार दोस्रोपटक शारीरिक सम्पर्कका लागि बिहान करिब दुई बजे युवतीले नै मानन्धरलाई बाथरुममा बोलाएकी थिइन् । अर्काे केटी भएकाले आफूलाई सन्तुष्टि दिन नसकेको भन्दै झगडा गरेकै वेला उनी बाथरुमको झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।
तामाङको भाटभटेनीमा फेन्सी पसल थियो भने मानन्धरको टंगालमा रेस्टुरेन्ट । मानन्धरको रेस्टुरेन्टमा खाजा खान जाने क्रममा उनीहरू नजिकिएका थिए । त्यही क्रममा दुई महिनादेखि मानन्धर निरन्तर रूपमा उनको डेरामा जाने गर्थे ।
नेपाली समाजमा यस्ता घटना बर्षेनी बढ्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । समाजमा चेतना भन्दा पनि सामाजिक विकृतिले चाँडो जरा गाड्ने गरेका कारण यस्ता घटना हुने गरेका छन् । यसको ग्राफ घट्नुको साटो उकालो लाग्नुमा अपराधलाई सूक्ष्म हिसाबले नबुझ्नु, समाजमा आफु असुरक्षित हुनसक्ने विषयलाई हेक्का नराख्नु रहेको पनि देखिन्छ ।
आजभोली बलात्कार र हत्याका घटना बढी हुने गरेका छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याको श्रृङ्खलाको आन्दोलन चलिरहेका बेला पोखरा, सिरहा, काठमाडौंलगायतका क्षेत्रमा पनि बलात्कार र हत्याका आशंकाका घटना सार्वजनिक हुने क्रम जारी छन् । यसले प्रहरी र सुरक्षा निकायको आलोचना बढाएको छ ।
शंकाले जलाएको लङ्का : कोही पत्नीप्रेमी मार्ने, कोही प्रेमिका काट्ने !
Reviewed by khagendra joshi
on
Wednesday, August 29, 2018
Rating:
No comments: