क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा

धनगढी भदौ १४
कैलाली र कञ्चनपुरका चार शहरमा लागु भएको क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत भवन, सडक र नालीको विस्तृत परियोजन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । विस्तृत परियोजना प्रतिथवेदन तयार पार्ने जिम्मा पाएको विडिए परामर्शदाता कम्पनीले काम अन्तिम चरणमा पुगेको जनाएको हो ।
दुई नगरपालिका गोदावरी र शुक्लाफाटाको भवन निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन आईतवार प्रस्तुत गर्ने तयारी भईरहेको विडिएका निर्देशक अनिल नेपालले बताए । सडक र नालीको डिपिआर पनि अन्तिम चरणमा पुगेको उनले बताए ।
तर फोहोरमैला व्यवस्थापन केन्द्र र फोहर पानी व्यवस्थापन केन्द्रका लागि भने जग्गाको टुङगो नलागेकाले डिपिआर बनाउने प्रक्रिया अगाडी बढाउन नसकिएको निर्देशक नेपालले जनाए । भवनको विस्तृत परियोजना प्रतिवेदनको विषयमा छलफल भएपछि भदौमै टेण्डरमा लैजाने तयारी भईरहेको क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख रविन्द्र बोहराले बताए ।
एसियाली विकास बैंकले ऋण लगानी गर्दा फोहरमैला व्यवस्थापन केन्द्रलाई अनिवार्य भनेको छ तर फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्तीमै ढिलाई भएकाले सुरुमा नगरपालिकाको भवन निर्माणको प्रक्रिया अगाडी बढाएको उनले बताए । क्षेत्रीय सहरी विकास आयोजना धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाटा नगरपालिकामा लाग’ भएको एक बर्ष पुगिसकेको छ तर सम्वन्धीत नगरहरुले आन्तरिक तयारी पुरा गर्न नसक्दा आयोजनाको काममा ढिलाई भईरहेको आयोजना कार्यालयले जनाएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका योजनाको डिपिआर अन्तिम चरणमा Reviewed by khagendra joshi on Thursday, August 30, 2018 Rating: 5

No comments:

Powered by Blogger.